Saturday, August 15

समाज

बाघको आक्रमणबाट महिलाको मृत्यु
समाचार, समाज

बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालअखबार,बर्दिया। बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छन्। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन्। उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए। रासस...
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
समाचार, समाज

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

नेपालअखबार, लुम्बिनी । आज २५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए । विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी आउने कार्यक्रम रहेको उनले जानकारी दिए । कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार ...
भूमेस्थानमा पूजा गर्दै उँभौली पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

भूमेस्थानमा पूजा गर्दै उँभौली पर्व मनाइँदै

नेपालअखबार,काठमाडौं । किराँत राई समुदायको महत्वपूर्ण पर्व उँभौली अर्थात् चण्डी पूर्णिमा आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाउने र चण्डी नाच्ने प्रचलन छ । बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी गाउँ–गाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको बताइन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अ...
काठमाडौं महानगरका सबै पेट्रोल पम्पमा निःशुल्क शौचालय
समाचार, समाज

काठमाडौं महानगरका सबै पेट्रोल पम्पमा निःशुल्क शौचालय

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाले पेट्रोलपम्पलाई एकै किसिमको बनाउँदै आवश्यक मापदण्डमा ल्याउने प्रयास गरेको छ । महानगरभित्र रहेका पेट्रोल पम्पहरूमा पहेँलो रङ लगाएर पहिचान सहित सुधारको काम गरिरहेको हो । महानगरका अनुसार तत्काल, मध्यकाल र दीर्घकाल गरी तीन चरणमा गरी पेट्रोल पम्पलाई सुधारका काम भइरहेको छ । तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधिसहित टोलीले प्रतिवेदन दिएको थियो । प्रतिवेदनका सुझावका आधारमा अहिले महानगरले आफ्नो क्षेत्रभित्रका सबै पेट्रोल पम्पको पहिचान गर्न पहेँलो रङको बनाएको छ । महानगरका मेयर बालेन्द्र (बालेन) साहका अनुसार पम्पहरूले सबैका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराइसकेका छन...
६२ वर्षपछि पाए अपांगता परिचयपत्र
प्रशासन, समाचार, समाज

६२ वर्षपछि पाए अपांगता परिचयपत्र

नेपालअखबार, काठमाडौँ । दैलेखको ठाँटीकाँध गाउँपालिका–२ सेरीपाटाका सर्प शाहीले ६२ वर्षपछि अपांगता परिचयपत्र पाएका छन्। जन्मजात अपांगता भएका उनले केही दिनअघि अपांगता परिचय पत्र पाएका हुन्। उनलाई गाउँपालिकाले ‘ख’ वर्गको अपांगता परिचयपत्र दिएको हो। दैलेखमा सञ्चालित सेभ द चिल्ड्रेनको पहुँच परियोजनामार्फत् उनलाई अपांगता परिचय पत्र दिलाउन पहल गरिएको थियो। सुन्न र बोल्न नसक्ने शाहीलाई राष्ट्रिय परिचयपत्र र अपांगता परिचयपत्र दिलाउन परियोजनाबाट सहयोग गरिएको परियोजनाका दिनेश थापाले जानकारी दिए। उनका अनुसार शाहीले २०४४ सालमा नागरिकता प्राप्त गरेका थिए। आफैले बोल्न, सुन्न नसक्ने भएकाले अहिलेसम्म राज्यबाट सुविधाका रूपमा दिइएको अपांगता परिचयपत्र उनले पाउन नसकेको थापाले बताए। परिचयपत्र पाएसँगै शाहीले अब अपांगता भएका व्यक्तिलाई वर्गअनुसार दिइने सेवासुविधा पनि पाउनेछन्।...
टिप्ताला नाका खुलाउने तयारी
प्रशासन, समाचार, समाज

टिप्ताला नाका खुलाउने तयारी

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा २५ वैशाखमा नाका खुलाउने सहमति भएको थियो । चीनका तर्फबाट तयारी पूरा नभएकाले २५ वैशाखमा नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले भने, ‘चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमतिअनुसार नाका खुलेन । यही महिनाभित्र खुल्ने गरी तयारी भइरहेको छ ।’ नेपालबाट व्यापारसम्बन्धी अध्ययन गर्नका लागि पहिलो चरणमा ५० जना व्यापारीलाई तिब्बको रिउ प्रवेश गर्न दिने र तिब्बतकाला...
इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला
विश्व, समाचार, समाज

इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला

नेपालअखबार, तेहरान । गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको तेहरान विश्वविद्यालय र वरपर राईसीका प्रशंसकहरूले उनको तस्वीर बोकेर भेला भएका इरानी सञ्चारमाध्यमले देखाएका छन् । अजरबैजानसँगको सीमामा बाँध परियोजनाको उद्घाटन समारोहमा सहभागी भएपछि उत्तरी इरानको ताब्रीज शहर जाने क्रममा आइतबार उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा राईसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । सरकारी टेलिभिजनले सोमबार बिहानै रायसीको निधन भएको घोषणा...
प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र
राजनीति, समाचार, समाज

प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र

नेपालअखबार, काठमाडौं । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्‍यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् । सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्नसमेत उठाएका छन् । ‘जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं’, सम्पादकहरुको वक्तव्यमा उल्लेख छ, ‘नेपाली सञ्चा...
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
समाचार, समाज

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

नेपालअखबार ,म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न विस २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पन्नीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिए। “२ किलोमिटरमा प्राइमकोट राखिसकेका छौ,” उनले भने “पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौँ । सबबेस र बेस राख्ने काम सकिएको छ । चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा...
चितवनको बस्ती पसेको बाघ नियन्त्रणमा
समाचार, समाज

चितवनको बस्ती पसेको बाघ नियन्त्रणमा

नेपालअखबार ,चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी दुई वर्ष ६ महिनाको पोथी बाघलाई खोरमा पारेर नियन्त्रणमा लिइएको हो । बाघले निकुञ्जबाट बाहिर निस्किएर दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको हो । डार्टको प्रयास असफल भएपछि खोरमा बाख्रा राखी बाघलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जका पशु चिकित्सक, पाँच हात्ती, नेपाली सेना, कर्मचारी र स्थानीयको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो । बाघलाई अहिले सौराहामा राखिएको छ ।रासस...