Monday, July 27

समाज

भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति
समाचार, समाज, स्वास्थ्य

भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति

नेपालअखबार, काठमाडौं । भारतले डेंगी विरूद्धको खोपलाई पहिलो पटक स्वीकृति दिएको छ। जापानस्थित ताकेदा बायो-फार्मास्युटिकल्सले उत्पादन गरेको डेंगी विरूद्धको खोपलाई भारतको औषधि नियामक निकायले स्वीकृति दिएको हो। कम्पनीले 'क्युडेंगा' (QDENGA) नामको उक्त खोपलाई बजार अनुमति दिइएको सोमबार घोषणा गरेको भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' ले लेखेको छ। हिन्दुस्तान टाइम्सका अनुसार क्युडेंगा भारतमा प्रयोगका लागि स्वीकृति पाउने पहिलो डेंगी खोप हो। 'भारतको ड्रग्स कन्ट्रोलर जनरलले ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगी रोगको रोकथामका लागि यो खोप प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ,' ताकेदा बायो-फार्मास्युटिकल्स इन्डियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो खोप पहिले डेंगी संक्रमण भएको वा नभएको दुवै अवस्थाका मानिसलाई कुनै परीक्षण नगरिकनै दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो खोप डें...
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
समाचार, समाज

शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता

नेपालअखबार, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ। तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। त्यसैगरी शुक्लाफाँटाभित्र भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेका १४ जना महिलाको समूह भने सम्पर्कविहीन रहेको छ। रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीकार्यका लागि ठूलो सङ्ख...
बंगलादेशका ९ मुस्लिम धर्मगुरु नेपालमा
समाचार, समाज

बंगलादेशका ९ मुस्लिम धर्मगुरु नेपालमा

नेपालअखबार, काठमाडौं । बंगलादेशका ९ जना मुस्लिम धर्मगुरु काठमाडौं आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उनीहरू बटिक एयरको ओडी–१८२ (क्वालालम्पुर–काठमाडौं) उडानमार्फत शनिबार राति करिब ९ बजे नेपाल आएका हुन् । उनीहरूले ३० दिनको पर्यटक भिसा लिएका छन् । यद्यपि उनीहरूको नेपाल बसाइँ करिब दुई साताको रहने स्रोत बताउँछ । नेपाल आएका धर्मगुरुहरूमा एमडी अक्कास अली, अमिनुल इस्लाम, एमडी मुस्ताफिजार रहमान, एमडी गोलाम मोस्तोफा, एमडी मोक्लासुर रहमान, एकेएम मोनिरुज्जमान लावलु, सैयद शौकत अली, एमडी मोन्सुर रहमान र एमडी अनिसुर रहमान रहेका छन् ।उनीहरूको नेपाल भ्रमणको उद्देश्यबारे भने आधिकारिक रूपमा जानकारी सार्वजनिक गरिएको छैन । साथै उनीहरुको भ्रमण तालिका पनि सार्वजनिक भएको छैन ।...
पहिराले अवरूद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
समाचार, समाज

पहिराले अवरूद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध

नेपालअखबार,चितवन ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ। धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो। आज बिहान खसेको पहिरो पन्छाएर साढे ९ बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन। चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन्। स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै गएरातिदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ–मुग्लिन सडकख...
नारायणगढ-मुग्लिन सडकमा राति १० बजेपछि सवारी आवागमन बन्द
प्रशासन, समाचार, समाज

नारायणगढ-मुग्लिन सडकमा राति १० बजेपछि सवारी आवागमन बन्द

नेपालअखबार,चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम  भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ । रातिमा सवारीसाधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ ।वर्षातका कारण शनिबार रातिसमेत यो सडक बन्द गरिएको थियो । –रासस...
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
समाचार, समाज

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

नेपालअखबार, चितवन । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताए । उनका अनुसार ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण बन्दै गएको छ । उनले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत...
प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
समाचार, समाज

प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग

नेपालअखबार, काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको जस्तो बाढीको खतरा नरहेको जनाएको छ । यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसका कारण बाढीपहिरो तथा डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको थियो । सोही आधारमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी गरिएको थियो । विभागका बाढीविद् सौहार...
प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढे
समाचार, समाज

प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढे

नेपालअखबार,सर्लाही । सर्लाहीमा प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढेका छन्। आइतबार बिहान ५:४५ बजे २५ वर्षीय युवक मलंगवामा रहेको नेपाल टेलिकमको टावरमा चढेका हुन्। गोडैता नगरपालिका-९ का उनले आफ्नी प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टावर चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए। ती युवकको नाम प्रहरीले गोप्य राखेको छ। प्रहरीले सम्झाइबुझाइ ती युवकलाई साढे ८ बजेतिर टावरबाट झारेको हो। अहिले उनलाई उपचारका लागि अस्पताल तर्फ लगिएको छ।...
गोरु पाल्ने किसानलाई प्रोत्साहन
कृषि, समाचार, समाज

गोरु पाल्ने किसानलाई प्रोत्साहन

नेपालअखबार,कास्की । पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा १९ वटा वडाका ५५० गोरुका किसानलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो । किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ । महानगरले सबैभन्दा बढी वडा नं २१ का ८४, वडा नं १६ का ८४, वडा नं २४ का ६२, वडा नं २३ का ५१, वडा नं २० का ४८, वडा नं २२ का २८, वडा नं १८ का ३१, वडा नं २८ का ३२, वडा नं ३१ का ३८, वडा नं ३३ का २९, वडा नं. १३ का १२, वडा नं १९ का आठ, ...
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
समाचार, समाज

बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी

नेपालअखबार, काठमाडौँ ।  नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानुनी सुधारको प्रक्रिया अघि बढाएको छ । आइतबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराए । सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गरी सजायको अवधि घटाउने र ‘डाइभर्सन’ प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ । नयाँ मस्यौदाअनुसार, गम्भीर अपराधमा वयस्कलाई हुने सजायको दुई–तिहाइ भागलाई घटाएर १६ देखि १८ वर्षका बालबालिकाका लागि बढीमा सात वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ । यसैगरी, फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर १० वर्ष...