लमहीको जैविक विविधता पार्कमा सर्वसाधारणको भीड बढ्दै
नेपालअखबार, दाङ। लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ । देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ । लमही नगरपालिका–५ अन्तर्गत पर्ने यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ । एकाबिहानै पार्कमा हिँड्नेको लर्को भेट्न सकिन्छ ।
पार्कमा ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै त्यहाँको शोभा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए । वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले बनेको यहाँ सबैको ध्यान तान्ने...








