अलबिदा निसिम : रुँदैनन मर्नेहरु, रुन्छन जलाउनेहरु ….
नेपालअखबार, पोखरा । मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, “निसिम पदकका दाबेदार हुन ।”
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए । उनले त्यतिबेला रजत मात्र जितेनन, स्वर्णको लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौसलद्वारा त्यसलाई प्रमाणित पनि गरे ।
हावाको वेगसँग पाँैठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन । ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निसिमको जीवनमा अब मंगलबार आउनेछैन । अन्यथा सोमबार बिहान पनि उनी सराङकोट तिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे ।
तर, आज उनले सराङकोटबाट उडान भरेनन, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभा...










