Wednesday, May 6

समाज

मेयर बालेनले भने–असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?
राजनीति, समाचार, समाज

मेयर बालेनले भने–असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?

नेपाल अखबार, काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै आक्रोश पोखेका छन् । आइतबार ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेकामा उनले आपत्ति जनाएका हुन् । उनले भनेका छन्, सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ । हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ । फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढ...
पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक.विद्यालयले आफना पूराना विद्यार्थीहरुलाई सम्मान
समाचार, समाज

पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक.विद्यालयले आफना पूराना विद्यार्थीहरुलाई सम्मान

नेपालअखबार , पोखरा  पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक.विद्यालयले आफना पूराना विद्यार्थीहरुलाई सम्मान गरेको छ । हीरक जयन्ती समापन तथा नवनिर्मित भवन उद्घाटनको पूर्व सन्ध्यामा विद्यालयमा आयोजित पुनर्मिलन कार्यक्रममा विद्यालयले स्थापनाकालिन विद्यार्थी ईन्द्रबहादुर बाँनिया, हेमबहादुर बाँनिया, जीवबहादुर बाँनिया, चतुरमान श्रेष्ठ, लोकबहादुर थापा, क्या. उदयबहादुर भण्डारी, उक्तप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सीना, ई. कोमलप्रसाद तिमिल्सीना, दशरथ गौतम, ज्ञानबहादुर के.सी र टेकनाथ काफ्ले लाई सम्मान गरेको हो । सो अवसरमा पहिलो प्रवेशिका परीक्षा २०२१ सालमा सहभागी नरहरी भट्टराई, बलराज पौडेल, कृष्णमानसिंह भण्डारी, मूलराज तिमिल्सिना, तोयानाथ पौडेल, शालिग्राम अधिकारी, पूर्व विद्याथी संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, महालेखा परीक्षकको कार्यालयका सचिव एवम नायब महालेखापरीक्षक महेश्वर क...
हिंसामा परेका महिलाको सारथि बन्दै गोरेटो नेपाल
समाचार, समाज

हिंसामा परेका महिलाको सारथि बन्दै गोरेटो नेपाल

कपिल पौडेल, पोखरा । पछिल्लो समयमा समाजमा बाल श्रम तथा यौन शोषण तथा घरेलु हिंसा का घटनाहरु बाहिरिने क्रम बढिरहेका छन् । बढ्दो बेरोजगारि समस्या, लागुपदार्थ को दुर्वेशनि, अशिक्षा, जनचेतनाको कमि जस्ता समस्या बाट ग्रसित समाजमा यौन तथा घरेलु हिंसाका घटना बढ्दै गएका छन् । जघन्य अपराधका अपराधि हरु पक्राउ नहुनु र कमजोर कानुनि व्यवस्थाका कारण अपराधिहरु खुलेआम हिड्न सक्ने हुदा अपराधिक गतिबिधि बढ्दै गएका छन् । बालश्रम शोषण, यौन शोषण तथा घरेलु हिंसा का घटनाहरु निरुत्साहित गर्ने उदेश्यका साथ समाजमा बिभिन्न किसिमका संघ संस्थाहरु स्थापना भएका छन् ।बढ्दो बेरोजगारि समस्या, लागुपदार्थ को दुर्वेशनि, अशिक्षा, जनचेतनाको कमि जस्ता समस्या समाधानको लागि बिभिन्न संघ संस्थाहरु क्रियाशिल हुने गरेका छन् । मनोरन्जन क्षेत्रमा सक्रिय महिलाहरु का समस्या समाधान तथा पुर्नउत्थान का क्षेत्रमा बिगत १० बर्षदेखि सक्रिय रहे...
भण्डारढिकको दीपशिखा पुस्तकालयमा अन्तरक्रिया
समाचार, समाज

भण्डारढिकको दीपशिखा पुस्तकालयमा अन्तरक्रिया

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुडले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी दीपशिखा पुस्तकालयले रिड नेपाल र दियो परियोजनाको सम्वन्यमा गरेका कार्यहरुको प्रशंशा गदै पोखरा महानगरले यस किसिमका कार्यलाई सधंै प्रोत्साहन गर्ने बताईन् । वैदेशिक रोजगारीमा जानेहरु रहर, बाध्यता, लहै लहै जसरी विदेश गएपनि उनीहरुलाई परेका समस्यामा सहयोग गर्नु पर्ने उनले वताइन् । संस्थाका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरका वडा नं २,३,४,२६,२७,२८,२९,३०,३१,३२ नं वडाका वडाध्यक्षहरुले आ आफना वडामा भए गरेका कामहरुको जानकारी गराउदै वैदेशिक रोजगार सम्बन्धी समस्यामा वडाको तर्फबाट अझै पहलकदमी...
पोखरा प्रथम राष्ट्रिय स्नुकर प्रतियोगिता २०७९ हुने
खेलकुद, समाचार, समाज

पोखरा प्रथम राष्ट्रिय स्नुकर प्रतियोगिता २०७९ हुने

कपिल पौडेल, पोखरा ।राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ प्रथम राष्ट्रिय स्नुकर प्रतियोगिता २०७९ हुने भएको छ । पोखरालाई खेलकुद पर्यटनको राजधानिको रुपमा विकसित गराउने उदेश्यका साथ सन्चालन हुने प्रतियोगिता भाद« १२ देखि १९ गतेसम्म पोखरा ८ न्युरोड मा रहेको डेभिज् स्नुकर क्लबमा सन्चालन हुने छ ।प्रतियोगितामा प्रथम हुनेले नगद र१,५१,१११ ,दितिय हुनेले रु ७१,१११, सेमिफाइनलिस्ट दुइ जनाले रु १५,१११ र हाइजेस्ट ब्रेकरले रु २१,१११ र शिल्ड, मेडल र प्रमाणपत्र पा्रप्त गर्नेछन् ।प्रतियोगिताले पोखरामा आधुनिक विलियार्ड, स्नुकर खेल स्थल व्यवस्थित गर्ने, नयां प्रतिभाशालि खेलाडिहरु उत्पादन गर्ने, भु.पु. राष्ट्रिय खेलाडिहरुको सहभागितामा खेलको विकास गर्ने लगायतको उदेश्य राखेको छ ।...
अन्नपुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

अन्नपुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कपिल पौडेल, पोखरा । पोखरा महानगर पालीका वडा नं १० शिवचोकमा अवस्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालले कुुडहर आधाभुुत बिध्यालयका बिध्यार्थी शिक्षक तथा बिध्यार्थीका अभिवावकहरुको नि:शूल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताउनुुभयो । पोखरामानै पहिलो पटक महिला तथा बालबाकिा अस्पतालको रुपमा सर्वशुलभ मुल्यमा छिटो छरितो र स्तरिय सेवा प्रदान गर्दै आइरहेको बताउदै आगामि दिनमा थप स्तरिय,छरितो र सर्वसुलभ बनाउन लागिपर्ने वताउनुभयो । अस्पतालका अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्व कामहरुलाइ निरन्तरता दिदै जाने जानकारी दिनुभयो । वताउनुभया शिविरमा ९० जना बिध्यार्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव परिक्षण ,दाँत परिक्ष...
तनहुँमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु
समाचार, समाज

तनहुँमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

नेपालअखबार, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।  रासस...
पोखरा महानगरपालिका २ र १८ को सिमानामा पर्ने अधेरिकुना असारे बिकासको नमुना
समाचार, समाज

पोखरा महानगरपालिका २ र १८ को सिमानामा पर्ने अधेरिकुना असारे बिकासको नमुना

नेपालअखबार, पाेखरा । पोखरा महानगर पालिका २ र १८ को सिमानामा पर्ने अधेरिकुना असारे बिकासको नमुना फाेटाे फिचर
बाँकेमा छ हजार नयाँ मतदाता थपिए
समाचार, समाज

बाँकेमा छ हजार नयाँ मतदाता थपिए

नेपालअखबार, बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा छ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामावली आयोगले सार्वजनिक गरेको थियो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा छ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिए । उनका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा चार हजार चार सय ४३ र साउनको १९ गतेसम्म दुई हजार तीन सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए । बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, ज...
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
समाचार, समाज

महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता

नेपालअखबार, बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ । किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन् ।...