Sunday, September 6

समाज

अर्जुन पोखरेल प्यानललाई नवआदर्शको साथ
समाचार, समाज

अर्जुन पोखरेल प्यानललाई नवआदर्शको साथ

नेपालअखबार,पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४औं अधिवेशनमाचुनावी मैदानमाहोमिएको अर्जुन पोखरेलप्यानललाई नवआदर्श सामुदायिकविकास समाजलेसहयोग गर्ने भएको छ । घरदैलो कार्यक्रमअन्तर्गत समाजको आयोजनामाचलिरहेको लामाचौर तीज मेलामापुगेको पोखरेल प्यानल टिमलाई सहयोग गर्ने जनाएको हो । पोखरेलको प्यानललाई जिताउननवआदर्शबाट हुने सहयोगमाकुनै कन्ज्यूसाई नगर्ने समाजकाअध्यक्षरेश्मा शेरचनअधिकारीले जानकारी दिईन् । ‘यो प्यानललाई जिताउनहामीले हाम्रो संस्थाले सक्दो सहयोग गर्नेछौं,’ उनले भने, ‘हाम्रो समाजमा आवद्ध उद्योग वाणिज्यका सदस्यहरुलाई सहयोगकालागिभन्नेछौं ।’ समाजकापूर्वअध्यक्षनविन भण्डारीले आफूहरुको आयोजनामामेलाभईरहेकाले सँगसँगै हिड्न नसकेपनिनैतिक रुपमा समर्थन रहने बताए । निर्वाचनमाआफूहरुले साथदिएजस्तै जितिसकेपछि पनिलामाचौरकाउद्योगीव्यावसायीहरुको समस्यामा साथै रहनउनको आग्रहथियो । लामाचौर क्षेत्रमाट्रान्सपोर...
नारायणी पुलबाट हाम फालेर युवक वेपत्ता
समाचार, समाज

नारायणी पुलबाट हाम फालेर युवक वेपत्ता

नेपालअखबार, चितवन । चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् । उनी हामफालेको थाहा पाउनेवित्तिकै प्रहरीले खोजी सुरु गरेको थियो । तर उनको अवस्था पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साता अघि पनि नारायणी पुलबाट एक युवती नदीमा हामफालेकी थिइन् ।...
जेष्ठनागरिक सरोकार समाजको मानव सेवा आश्रम हेमजालाई सहयोग
समाचार, समाज

जेष्ठनागरिक सरोकार समाजको मानव सेवा आश्रम हेमजालाई सहयोग

नेपालअखबार, पोखरा । जेष्ठनागरिक सरोकार समाज नेपाल कास्की शान्ति आश्रमद्धारा आज मानव सेवा आश्रम हेमजामा खाद्यान्न तथा नगद सहयोग गरेको छ । समाजद्धारा सञ्चालित चुडामणि वसन्धरा हरिप्रसाद किरण ओझा स्मृति सम्मानबाट प्राप्त रकम २० हजार रुपैया मुल्य बरावरको खाद्यान्न सामाग्री र कार्यक्रमका सहभागिहरुले संकलन गरेको नगद २० हजार २५० वितरण गरिएको हो । समाजका संस्थापक अध्यक्ष स्व हरिप्रसाद किरण ओझाको नाममा उहाँ परिवारजनबाट दुई लाख दुई हजार १०१ को अक्षयकोष स्थापना गरि त्यसको व्याजबाट प्रत्येक बर्ष विभिन्न सामाजिक संघसंस्थालाई सम्मान गर्दै आएको छ । कुसे औसि (बाबुको मुख हेर्ने ) दिवसका अवसरमा हेमजा आश्रममा आयोजित कार्यक्रममा जेष्ठनागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठले मानव सेवा आश्रम कास्कीका प्रमुख सदिस पुनलाई खाद्यान्न सामाग्री र नगद हस्तान्तरण गर्नुभयो । आकाशलाई छानो र सडकलाई घर बनाउँदै कष्ट...
आज अटवारी पर्व मनाउँदै थारु समुदाय
समाचार, समाज

आज अटवारी पर्व मनाउँदै थारु समुदाय

नेपालअखबार । पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै छन् । अटवारी पर्व थारु समुदायको लागि  तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन रही आएको छ । रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको कञ्चनपुरको बेदकोट नगरपालिकाका सेटसिंह चौधरीले बताए । ‘यो पर्वमा विशेष गरी हामी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व...
गठबन्धनको साझा उम्मेदवार मै हुँ ः सहरी मन्त्री चौधरी
समाचार, समाज

गठबन्धनको साझा उम्मेदवार मै हुँ ः सहरी मन्त्री चौधरी

नेपालअखबार, देउखुरी । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन् । क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गृह जिल्ला आइपुगेका मन्त्री चाधरीले पार्टी स्थापना भएको भर्खरै १ वर्ष मात्र पुगेकाले अझै पनि पार्टी निर्माण गर्न, नयाँ साथीहरुलाई पार्टी प्रवेश गराउन र उचित जिम्मेवारी दिन ध्यान दिनुपर्ने बताए । राप्ती करिडोर शिलान्यास भइसकेकाले अब डिपिआरको थप प्रक्रिया अघि बढ्ने बताएका सहरी मन्त्री चौधरीले महदेवाबाट भारतको पचफेडवा बजार जोड्ने बाटो, सिर्सिया नाका खोल्ने लगायतका योजनालाई आफूले प्राथमिकतामा राखेको बताउँदै भने, ‘तपाईँहरु चुनावको तयारीमा लाग्नुस् । केही समस्या भए भन्नुस् । यति बुझ्नुस् कि यस क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ ।’ कार्यक्रममा एकीकृत समाजव...
पत्रकार धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान
समाचार, समाज

पत्रकार धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान

नेपालअखबार, पोखरा  । पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाई उभोक्ता महासंघले धौलागिरीलाई शुुक्रवार उक्त सम्मान प्रदान गरेको हो । खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए । खानेपानी तथा सरसफाई प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी बिराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका धौलागिरीकी छोरी आकाँक्षा शर्माले काठमाडौंमा उक्त सम्मान ग्रहण गरेकी थिईन् । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नगद पाँच हजार सहित सम्मान पत्र शर्मालाई हस्तान्तरण गरेका थिए । ५० को दशकदेखि फोटो मार्फत पत्रकारिता शुरु गरेका धौलागिरी पोखराको आदर्श समाज माईक्रो न्युज, माछापुछ«े एफएम, अन्नपूर्ण एफएम लगायतका सञ्च...
महिला डोरी तान प्रतियोगिताको उपाधी हिमला आमा समुह पोखरा २७ लाई
समाचार, समाज

महिला डोरी तान प्रतियोगिताको उपाधी हिमला आमा समुह पोखरा २७ लाई

नेपालअखबार, पोखरा  । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको महिला डोरी तान् प्रतियोगिताको उपाधी हिमला आमा समुहले हात पारको छ । महिला डोरी तान् प्रतियोगितामा हिमला आमा समुह पोखरा २७ ले पहिलो स्थान संगै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । कुल २४ टीमको सहभागीता रहेको उक्त प्रतियोगितामा बगर महिला समुह पोखरा १ ले दोश्रो स्थान सहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने पोखरा २६ मा रहेको जनकल्याण महिला समुहले तेश्रो स्थान सहित नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यसैगरी कुल २० जना सहभागीता रहेको एकल महिला नृत्य तर्फ तारा नेपाली प्रथम, सोनिया बानिया दोश्रो, सीता परियार( मादी) तेश्रो र पवित्रा भुषालले शान्तवना स्थान हासिल गर्न सफल भइन । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र शान्तवना स्था...
अज्ञात रोगले हुम्लामा ६० पशु मरे
समाचार, समाज

अज्ञात रोगले हुम्लामा ६० पशु मरे

नेपालअखबार, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताए । अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् । गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट–१ का दलबहादुर खड्काले गुनासो गरे । “पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन”, उनले भने । ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने खोप...
पहिरोले दाङ-सल्यान सडक अवरूद्ध
समाचार, समाज

पहिरोले दाङ-सल्यान सडक अवरूद्ध

नेपालअखबार, दाङ। पहिरोले दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ साततले नजिकै पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आज बिहान ८ बजेतिर पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको बताए। बर्षा कम हुनासाथ पहिरो हटाउन डोजर पठाउने उनले बताए। यस्तै तुलसीपुर–घोराही सडक खण्ड पनि स्थानीय खोलामा आएको बाढीले बिहान केहीबेर सवारी साधन चल्न सकेका थिएनन्। तुलसीपुर ७ स्थित काला खोलामा आएको बाढीले यातायात अवरुद्ध भएपनि अहिले पानीको सतह घटेको हुँदा ठूला सवारी साधन संचालनमा आइसकेका छन...
बन्दीपुरमा चितुवाको आक्रमणबाट बालक घाइते
समाचार, समाज

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालक घाइते

नेपालअखबार, तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। ५ वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन्। घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले बताए। केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए। रासस...