Saturday, September 5

समाज

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध
समाचार, समाज

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध

नेपालअखबार, चितवन । पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको छ । यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । यस्तै, नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताए। यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन्...
कास्कीमा अविरल वर्षापछि ठाउँ-ठाउँमा सडक अवरुद्ध
समाचार, समाज

कास्कीमा अविरल वर्षापछि ठाउँ-ठाउँमा सडक अवरुद्ध

नेपालअखबार, पाेखरा । केही दिनयताको अविरल वर्षाका कारण कास्कीका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन् । कतै पहिरो तथा कुनै स्थानमा सडक भासिँदा बाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार सोमबार साँझ ६:०० बजेदेखि पोखराको बेगनास हुँदै लमजुङको भोर्लेटार जोड्ने पक्की कालोपत्र सडक पूर्णरूपमा अवरुद्ध भएको छ  । कास्कीको रुपा गाउँपालिका–१ स्थित गैरीपोखरीमा २५ मिटर जति सडक डेढ फिट तल भासिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार सो सडकमा अहिले पूर्णरूपमा सवारीसाधन सञ्चालन रोकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ बिरेठाटी स्थितमा नयाँपुल–घान्द्रुक–उल्लेरी जाने पक्की बाटो पहिरेका कारण अवरुद्ध भएको छ । बिरेठाटी सामुदायिक वनको पाखाको अन्दाजी २५ मिटर माथिबाट सोमब...
बेनी–जोमसोम सडक अवरुद्ध
समाचार, समाज

बेनी–जोमसोम सडक अवरुद्ध

नेपाल अखबार, मुस्ताङ। हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क विच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रे भिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदल मार्ग प्रयोग गर्न अनुरोध ...
आज नागपञ्चमी पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज नागपञ्चमी पर्व मनाइँदै

नेपालअखबार, काठमाडाैं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेक...
देशभर बदली र वर्षाको सम्भावना
समाचार, समाज

देशभर बदली र वर्षाको सम्भावना

नेपालअखबार, पोखरा । देशभर आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। अहिले बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग स...
जोन्टा क्लव अफ पोखराको स्तनपान जनचेतना सप्ताह कार्यक्रम शुरु
समाचार, समाज

जोन्टा क्लव अफ पोखराको स्तनपान जनचेतना सप्ताह कार्यक्रम शुरु

नेपालअखबार, ,पोखरा ।  विश्व स्तनपान सप्ताहको अवसरमा जोन्टा क्लव अफ पोखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ । क्लबले दिवसको पहिलो दिन सोमवार पोखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वोल्दै पोखरा –३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा समर्थन र वहस गर्न आवश्यक रहेको वताउनु भयो ।उहाँले स्तनपान सुरक्षाको महत्वारे मानिसलाई जनचेतना जगाउन सके मात्रै सार्वजनिक जनस्वास्थ्यमा सुधार गर्न सकिनेमा जोड दिनुभयो । स्तनपान सामान्य तर अति महत्वपूर्ण हो भन्ने स्थापित गराउन र यसको महत्व समाजमा सहजै स्वीकार्य वनाउन आफ्नो तर्फबाट पनि पहल गर्ने उहाँको भनाइ थियो । जोन्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले वच्चा जन्मेपछि ६ महिना सम्म आमाकै द...
भारी वर्षाले सडक खोलेपछि पोखरा –१५ का जनप्रतिनिधि आफै ग्राभेल लिएर खाल्डो पुर्न अघि सरे
समाचार, समाज

भारी वर्षाले सडक खोलेपछि पोखरा –१५ का जनप्रतिनिधि आफै ग्राभेल लिएर खाल्डो पुर्न अघि सरे

नेपालअखबार, पोखरा । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण आएको भलले सडक बिग्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेकोमा केही बेरमै समस्याको सम्बोधन भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ राम बजार स्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलले खोलेर सडकमै खाल्डो परेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन्। खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरण बहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै उनीहरू ग्राभेलसहित आफै खाल्डो पुर्न अघि सरेका हुन्। वडावासीको समस्यामा जनप्रतिनिधिले तत्काल चासो दिएरआफै अग्रसर भएपछि राम बजारका स्थानीयवासी नीरज थापाले सामाजिक सञ्जालमा प्रशंसा गर्दै सकारात्मक सोचाइ भएको नेतृत्वको संज्ञा दिएका छन्। अ...
पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक पुनः सञ्चालनमा
समाचार, समाज

पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक पुनः सञ्चालनमा

नेपालअखबार, चितवन।  पहिरो हटाएपछि मुग्लिन- नारायणगढ सडक पुन: सञ्चालनमा आएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। रासस...
पोखरामा पहिरोले पुरिँदा एकको मृत्यु
समाचार, समाज

पोखरामा पहिरोले पुरिँदा एकको मृत्यु

नेपालअखबार, पाेखरा । आज बिहान आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन्। अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार सोही घरमा भाडामा बस्दै आएका घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। सो घटनामा माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङखोलाका २७ वर्षीया सुनिता सुनार भने घाइते भएकी छन्। उनी मृतकका दिदी हुन । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको  छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो। पोखराम...
लाईस क्लव अफ पोखरा चौतारीको २४ औ बर्ष प्रवेस
समाचार, समाज

लाईस क्लव अफ पोखरा चौतारीको २४ औ बर्ष प्रवेस

नेपालअखबार, पोखरा । लाईस क्लव अफ पोखरा चौतारीको २४ औ बर्ष प्रवेस गरेको अवसरमा आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । सो अवसरमा पोखरा २५ हेम्जा स्थित मानवसेवा आश्रममा खाद्यन्न , बितरणका साथै बृक्षारोपण समेत गरीएको छ । समारोहमा लाईस क्लवका प्रथम भिडिजी हरि मरठ्ठालगाएत अन्य पदाधिकारीले आश्रमका अभिभावक दिनेश शर्मा खाद्यन्न हस्तान्त्रण गरेका थिए । आश्रममा आवश्यक रहेका दाल तेल र मरमसलाहरु हस्तान्त्रण गरिएको हो । कार्यक्रमा बोल्दै लाईस क्लवका प्रथम भिडिजी हरि मरठ्ठाले साँचिकै मानव सेवामा रहेको उक्त आश्रमलाई आफ्नो क्लवले थप सहयोग गर्ने वताए । पिडिजी धुब थापाले धर्मका लागि मन्दिरमा मात्र होईन मानव सेवामा भगवान खुसि हुने वताए । कार्यक्रमा क्लवका अध्यक्ष गुरु पौडेल,लाईन्सका बिभिन्न पदाधिकारी मध्ये, तेज बहादुर भटट्राई , प्रजापति बास्तोला,पुरुषोतम पराजुली ,क्लका संस्थापक अध्यक्ष अर्जुन बन्जरा, जगदिस ...