Saturday, September 5

समाज

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना
शिक्षा, समाचार, समाज

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

नेपालअखबार, पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकी छिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन् । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन् । ‘त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन, अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ’, उनले भने । उनका श्रीमान् सुकबहादुर गुरुङ मोदी-८ चित्रेकै वडाध्यक्ष हुन् । श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन । आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ । शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरुलाई प्रेरणा मिल्ने सुकबहादुरले बताए । ‘स्कु...
कास्की जिल्लामा भूकम्पको धक्का
समाचार, समाज

कास्की जिल्लामा भूकम्पको धक्का

नेपालअखबार, पाेखरा । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो  । कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।...
रोल्पामा १७ वर्षीया किशोरी मृत भेटिइन्
समाचार, समाज

रोल्पामा १७ वर्षीया किशोरी मृत भेटिइन्

नेपालअखबार,  रोल्पा । रोल्पामा एक महिला मृत फेला परेकी छिन् । मृतक महिला रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक भएको प्रहरीले जनाएको छ । मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा संचालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि सदरमुकाम लिवाङ आएकी थिइन् । उनी घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको होस्टेलमा बसेकी थिइन् । मृतक सुतेको कोठामा सर्पसमेत देखिएको र सर्पले टोकेको जस्तो घाउ देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ । मृतक किशोरीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।...
अनुसन्धान तथा विकासका लागि सहकार्य दुई दिने तालिम
समाचार, समाज

अनुसन्धान तथा विकासका लागि सहकार्य दुई दिने तालिम

सपना क्षेत्री,  पर्वत। अनुसन्धान तथा विकासका लागि सहकार्य  गर्दै  दुई दिने  तालिम सम्पन्न भएकाे छ ।   कुश्मा नगरपालिकाको होटल फ्रेन्ड्ली होटलमा दुई दिने अनुसन्धान तथा विकासका लागि सहकार्य भन्ने बिषयमा  प्रमुख कृष्ण बहादुर खड्का र  नरेन्द्र रोकाया  तालिमलाई सहजिकरण गरेका थिए ।  तालिममा  ९जनालाई  सहाभागिता गराएकाे  थियो  । मोदी गाउँ पालिकाबाट १ जना ,कुश्मा नगरपालिकाको वाट २ जना ,फलेबास नगरपालिका बाट २ जना ,पौयु गाउँ पालिका बाट २ जना र यादी व्यादी गाउँ पालिका बाट २जना गरी जम्मा ९ जना सहभागी छन् ।   सहकारीको बारेमा प्लान इन्टरनेशनल नेपाल र एनप्रेड नेपाल युवा महिला सशक्तिकरण परियोजना मार्फत सन्चालन भएको हो।   प्लान इन्टरनेशनल नेपाल इनप्रेड् नेपाल दुवर यस समुदायमा महिला सशक्तिकरणको लागि सहकारीमार्फत गरिब निवारण गर्न र महिला लाई लगानि संगै उधमि भन्ने कुरा जोड दिएको छ ।  यो परियोजना २२ महिनाका ...
मिलन बिक ‘मिने’को उपचारमा समस्या, आर्थिक सहयोगको अपिल
समाचार, समाज

मिलन बिक ‘मिने’को उपचारमा समस्या, आर्थिक सहयोगको अपिल

नेपालअखबार, पोखरा  । मध्यनेपाल नगरपालिका वडा नं. ७ सालघारी निवासी ४३ वर्षिय मिलन बिक (मिने) को उपचारमा समस्या भएको छ । ब्रेन ट्युमर भएर पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनुभएका बिकको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न अपिल गरिएको छ । मध्यनेपाल नगरपालिका वडा नं. ७ का अध्यक्ष हिरा बहादुर गुरुङले बिकको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएको बताउनुभयो । उहाँले मिलन विकको उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेकाले देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको लागि अपिल गर्नुभयो । मिलन बिक अरुको घरमा काम गरेर दैनिकी चलाउदै आउनुभएको थियो । हात पाखुरा चल्दा अरुकोमा हलि बाउसे गरेर दैनिकी चलाएको थियो, अब विरामी परेपछि समस्या भयो इशानेश्वर पोखरा सम्पर्क समाजका अध्यक्ष बलराम घिमिरेले भन्नुभयो – देश विदेशबाट उसको उपचारको लागि आर्थिक सहयोग संकलनको क्रम सुरु भएको छ । म...
सर्पदंशबाट झापामा किशोरको मृत्यु
समाचार, समाज

सर्पदंशबाट झापामा किशोरको मृत्यु

नेपालअखबार,  झापा। विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ। हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ।...
पहिरोले अवरुद्ध बेँसीशहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै
समाचार, समाज

पहिरोले अवरुद्ध बेँसीशहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै

नेपालअखबार,  लमजुङ। लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे-बेँसीशहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको सडक मंगलबार दिउँसो १ बजेसम्म मर्मत सक्ने तयारी भइरहेको डुम्रे-बेँसीशहर-चामे सडक योजना प्रमुख अच्युतविलास पन्तले बताए । उनका अनुसार सेनाको चण्डीप्रसाद गण जाने गेटबाट गण प्रवेश गर्ने सडक प्रयोग गरी पहिरोको फेद मर्स्याङ्दी नदी किनारबाट पहिलेको सडक भएको ठाउँबाट रिट्ठेबगर हुँदै उदिपुर भएर यो सडक प्रयोगमा आउनेछ । त्यसपछि सबैखाले सवारीसाधन सञ्चालन गर्न सकिनेछ । पहिरो खस्न नदिन जालीहरू प्रयोग गर्ने, एउटा भ्याकुलोडर स्टेन्डबाइ राख्ने सडक ...
पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता
समाचार, समाज

पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

नेपालअखबार, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धान खोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।...
पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध
समाचार, समाज

पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध

नेपालअखबार । लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरूद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए। सडकखण्ड अवरूद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ। सडक अवरूद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए। पहिरोले मकालु ५ र ३ जोड्ने अरूण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ। पहिरोले पुल आसपासको भू–भाग क...
२० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै
समाचार, समाज

२० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै

नेपाल अखबार, चितवन । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्याउने गरेका छन् । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि हात्ती बेवारिसे भएको हो । उक्त हात्ती पाँच महिनादेखि बिरामी छ । २० वर्ष पर्यटक बोकेको काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ । करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प नभएको पशु अधिकारकर्मी सुराजन श्रेष्ठले बताए । लामो समय पर्यटक बोकेर सौराहाको पर्यटन विकासमा योगदान दिएको हात्ती उपचार अभावमा मर्न लाग्नु दुर्भाग्य भएको उनी बताउँछन् । ‘हात्ती बिरामी भएको पाँच मह...