Friday, September 4

समाज

पोखरामा सुकुम्बासीलाई प्रलोभनमा पार्दै ठगी
समाचार, समाज

पोखरामा सुकुम्बासीलाई प्रलोभनमा पार्दै ठगी

नेपालअखबार, पाेखरा। पोखरामा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ठग्ने गिरोह सक्रिय भएको पाइएको छ । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगका नाममा पोखरामा सुकुम्बासीहरुलाई जग्गा दिने प्रलोभन देखाउने गिरोह सक्रिय भएको पाइएको हो । यस्तो गिरोहका पाँच जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कार्य समितिका प्रमुख कार्यकारी भनिएका हिराबहादुर तामाङ लगायत गिरोहका पाँच जनालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । नक्कली सुकुम्बासी समस्या समााधान आयोग गण्डकी प्रदेश समितिको प्रमुख कार्यकारी बताउने हिराबहादुर तामाङलाई पक्राउ गरिएको उनले बताए । गिरोहका अन्य व्यक्तिलाई सोमबार दिउसोसम्म पक्राउ गरेर पत्रकार भेटघाट गर्ने उनले बताए । गिरोहले आयोगको बन्दै नबनेको र संरचनामै नरहेको प्रदेश समितिको नाममा स्थानीय सुकुम्बासीलाई सहयोग गर्न अपिल गर्दै पत्र ...

बुटवल–तानसेन सडक आजदेखि दैनिक ३ घण्टा बन्द
समाचार, समाज

बुटवल–तानसेन सडक आजदेखि दैनिक ३ घण्टा बन्द

नेपालअखबार, बुटवल । मर्मतको लागि सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नु भएको असोज २९ सम्म बन्द सडक डिभिजन पाल्पाले जनाएको छ । मर्मतको लागि बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गर्ने पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुनेछ । राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताएका छन् । केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौँ ठाउँमा पहिरो गएको छ । अहिले पनि यस ठाउँमा एकतर्फी सञ्चालनमा छ । सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको अधिकारीले बताए । दसैँ र तिहार आइसकेकाले तत्काल सडक मर्मत गर्न लागिएको अधिकारीले बताए । सिद्धार्थ राजमार्गक...
सुनसरीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु
समाचार, समाज, स्वास्थ्य

सुनसरीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपाल अखबार, सुनसरी । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । सुनसरी जिल्लाको धरान –२ का ८९ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । मृत्यु भएका पुरुषमा दीर्घ रोग भएको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।...

मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा
समाचार, समाज, स्वास्थ्य

मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

नेपाल अखबार, काठमाडाैं। नेपालस्थित भारतीय दूतावासका राजदूत विनय मोहना क्वात्रा सेल्फ क्वारेन्टिनमा बसेका छन् । संस्कृति, पर्यटटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेटेका राजदूत क्वात्रा कोभिड–१९ को मापदण्ड अनुसार सेल्फ क्वारेन्टिनमा बसेका छन् । मन्त्री भट्टराई र राजदूत क्वात्राबीच शनिवार भेटघाट भएको थियो । त्यही दिन मन्त्री भट्टराईलाई ज्वरो आएको थियो । भारतीय दुतावासका अनुसार हालसम्म राजदूत क्वात्रामा कोरोनाको कुनै लक्षण देखिएको छैन । उनी पूर्ण रुपमा स्वस्थ्य छन् । हाल उनले सबै कार्यक्रम तथा भेटघाट रद्द गरेका छन् । क्वात्रामा कुनै लक्षण नदेखिएपनि १–२ दिनमा कोरोना परीक्षण गराउने बताइएको छ ।...
एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क
समाचार, समाज

एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क

नेपाल अखबार,काठमाडाैं । नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पु¥याउने गरेको उनले जानकारी दिए । मनोहरा सफाइ अभियानलाई नदी किनारमा रोप्न शनिबार १५० बिरुवा वितरण गरिएको छ । गुर्जोका बिरुवा सफाइ संयोजक चन्द्र दङ्गाललाई हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए । यसैगरी नयाँबानेश्वरको तेस्रो आँखा युवा क्लबमार्फत ३०० बिरुवा, भक्तपुरको दधिकोटस्थित गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १००, काठमाडौँ महानगरपालिका वडा नं ...
नदी कटानको उच्च जोखिममा ५३५ घर
समाचार, समाज

नदी कटानको उच्च जोखिममा ५३५ घर

नेपाल अखबार, कैलाली। कैलालीको भजनी नगरपालिका–५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् । भजनी नगरपालिका वडा नं ५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ । यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै आएका छन् । बाईस टोल रहेको वडामा एक हजार ३५० घरधुरी छन् । यहाँका नागरिकले मोहना नदी कटानले वर्षेनी दुःख झेल्दै आएका छन् । वडा नं ५ का चम्रैदा, लखरया, कालापातल, फाटाटोल र सानो कौवाखेडाका करिब १८२ घर मोहना नदी कटानको जोखिममा छन् भने क्रवला, लौबस्ता, लालबोझी, भगतपुर, कर्मदेव, नयाँ बस्ती, बेलाहा, मिलानपुर, पिपरकोटी, दुदुवाफाटा र ठूलो कौवाखेडाका करिब ३५३ घर कन्द्रा नदीको कटानको जोखिममा छन् । यहाँ वर्षात्मा मात्र नभई हिउँदमा पनि कटान भइरहेको मिलानपुरकी विष्णु रेग्मी बताउँछन् । “नदीमा पानी बढे बाढी आउँछ, नदी बस्तीमा पसेर खेतीयोग्य जमिन पटान हुन्छ, हिउँद भएमा थप कटान हुन्छ”,...
म्याग्दीका पहिरोपीडितलाई चार लाख २१ हजार सहयोग
समाचार, समाज

म्याग्दीका पहिरोपीडितलाई चार लाख २१ हजार सहयोग

नेपाल अखबार, बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई रु चार लाख बढी आर्थिक सहयोग गरेका छन् । सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग सङ्कलन गरी रु चार लाख २१ हजार १९० सहयोग गरेका हुन् । सो सहयोग रकममध्ये मल्कबाङ हेल्थ पोष्टमा कार्यरत सिनियर अनमी जगदेवी छन्त्यालले रु १० हजार सहयोग गर्नुभएको थियो । सङ्कलित रकम शनिबार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको समन्वयकर्ता हरि छन्त्यालले बताउनुभयो । राहत रकममध्ये धवलागिरि गाउँपालिका–६ मराङका २१ जना मृतकका आफन्तलाई रु १२ हजारको दरले राहत दिइएको छ । त्यसैगरी बाढीपहिरोले पूर्ण क्षति भएका १३ घरधुरीलाई रु सात हजारका दरले र आंशिक क्षति भएका १२ जनालाई रु पाँच हजारका दरले राहत दि...
मिटर रिडरबाट लाखौँ ठगिए मुसीकोटवासी
अर्थ, समाचार, समाज

मिटर रिडरबाट लाखौँ ठगिए मुसीकोटवासी

नेपाल अखबार, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २०० बुझाए। उनी घरको मिटर रिडिङका लागि गत भदौको तेस्रो साता सोमबहादुर राना जाएका थिए। नाताले उनीहरु मामा भान्जा हुन। भान्जाले मामाको बिजुलीको बिलको रसिदको पछाडि यही असोज ६ गतेसम्म रु ६६४ बुझाउनुपर्ने जनाउँदै रसिद थमाए। रसिदको अगाडि भने प्रत्येक महिना रु ३०/३० तिर्नुपर्ने उल्लेख गरिएको थियो। विभिन्न समयको जरिवाना जनाउँदै रानाले उक्त रकम बुझाउनुपर्ने उल्लेख गरेको बताइएको छ। त्यसलगत्तै थापा नेपाल विद्युत् प्राधिकरण शाखामा पुगेर आफ्नो मिटरबाट बुझाएको रकम हेरे। रकम हेर्दा उनी छक्क परे। गत जेठमा रु एक हजार २०० बुझाएमध्ये जम्मा रु ७४ मात्रै रानाले प्राधिकरणमा बुझाएका रहेछन्। बाँकी रु एक हजार १२६ रानाले आफूसँगबाट बढी असुली गरेको उनले ठहर गरे। पछिल्लोपटक पनि रु ६० आएकामा रु...