Monday, August 31

समाज

पोखरा–बाग्लुङ राजमार्गको काँडेमा पहिरो,सडक खुलाउने प्रयास जारी
समाचार, समाज

पोखरा–बाग्लुङ राजमार्गको काँडेमा पहिरो,सडक खुलाउने प्रयास जारी

नेपाल अखबार, पाेखरा। मध्य पहाडी राजमार्गको पोखरा–बाग्लुङ सडकखण्डमा पहिरो जाँदा चार घण्टा यातायात अवरुद्ध भएको छ । गएराति अन्दाजी १ बजेको समयमा अन्नपूर्ण गाउँपालिका–३ काँडेमा सडकमा खसेको पहिरो आज विहान ५ बजे हटाएर एकतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पहिरो पन्छाएर राजमार्ग दुईतर्फीनै सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।...
स्याङ्जामा पहिरोमा पुरिएर एकको मृत्यु, आठ बेपत्ता
समाचार, समाज

स्याङ्जामा पहिरोमा पुरिएर एकको मृत्यु, आठ बेपत्ता

नेपाल अखबार, स्याङ्जा। स्याङ्जामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको  छ भने आठ जना बेपत्ता भएका छन्। वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका हुन्। एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ।  घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।...
ब्यूटीपार्लर खोल्न पाउनुपर्ने माग राख्दै धर्ना
समाचार, समाज

ब्यूटीपार्लर खोल्न पाउनुपर्ने माग राख्दै धर्ना

नेपाल अखबार, पोखरा । पोखराका सौन्दर्य व्यवसायीले व्यवसाय खोल्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । कोरोना भाइरस कोभिड १९ का कारण पोखरामा रहेका सौन्दर्य ब्यवसाय ब्यूटीपार्लर तथा सलुन सेवाहरु विगत ६ महिनादेखी पूर्ण रुपमा बन्दहुँदा ब्यवसायी मारमा परेको भन्दै आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सहित प्रशासनमा धर्ना सहित ज्ञापन पत्र बुझाएका हुन् । ब्यूटीपार्लर एशोसिएसन कास्कीको अगुवाइमा पोखरामा रहेर सौन्दर्य ब्यवसाय ब्यूटीपार्लर र सलुन सेवा सञ्चालकहरुले मंगलवार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि शान्तिपूर्ण धर्ना सहित कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई सात बुंदे माग सहित ज्ञापनपत्र बुझाइएको ब्यूटीपार्लर एशोसिएसन पोखराकी सचिव बबिता केसी कार्कीले जानकारी दिइन । विगत ६ महिनादेखि ब्यवसाय पूर्ण रुपमा बन्द हुँदा आर्थिक मार खेप्नुपरेको छ, ब...
जडीबुटी खोज्न जाँदा भीरबाट लडेर मुत्यु
समाचार, समाज

जडीबुटी खोज्न जाँदा भीरबाट लडेर मुत्यु

नेपाल अखबार, गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भीरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उहाँको यही असोज ५ गते नै लडेर मृत्यु भएको भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दूरीमा पर्ने भएकाले मङ्गलबार मात्र जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मृतक गुरुङ साथीहरुसँग मिलेर केही समयअघि समूहमा जडीबुटी खोज्नका लागि लेकतर्फ गएका थिए । “अहिले लेकमा जुडीबुटी टिप्ने समय हो”, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “विशेषगरी निरमसीलगायतका जडीबुटी अहिले त्यस क्षेत्रमा पाइने भएकाले युवाहरु समूह-समूहमा मिलेर जुडीबुटी खोज्न जाने गर्छन ।” घटनास्थलमा आज मात्र प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । घटनास्थल...
निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीले बनायो हैरान
समाचार, समाज

निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीले बनायो हैरान

नेपाल अखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धान पसाउन लाग्दै गर्दा जङ्गली हात्तीले नोक्सान पुर्याउन शुरु गरेको छ । जिल्लाको पूर्वी क्षेत्र राप्ती र पश्चिमी क्षेत्र जगतपुर, मेघौलीसँगै माडीमा हात्तीले दैनिक रातको समयमा दुःख दिने गरेको हो । साँझ परेपछि एक्लै र समूहमा निकुञ्जबाट निस्किएर हात्ती धानबारीमा पस्ने गर्छन् । धान खाने, कुल्चने, मडार्ने गरेर क्षति पुर्याएको स्थानीयवासीको गुनासो छ । ती क्षेत्रका बासिन्दाले पालो मिलाएर रातभर हात्ती लखेट्ने गरेका छन् । ट्याक्टरको बत्ती बाल्ने, टायर बाल्ने, विद्युत्तीय झड्का दिएर लखेट्ने गरेको उनीहरुको भनाइ छ । लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोका अनुसार राप्ती नगरपालिका वडा नं १ र ३ मा हात्तीले बढी सताउने गरेको छ । विगत ५० दिनयता रोनाल्डासँगै अन्य तीन चार हात्ती दैनिक आउने गरेको स्याङ्बोले बताए । उनले भने, “...
विद्युत् नियमित गर्न प्राधिकरणको ध्यानाकर्षण
प्रविधि, समाचार, समाज

विद्युत् नियमित गर्न प्राधिकरणको ध्यानाकर्षण

नेपाल अखबार, जुम्ला। जुम्लाको सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो । पहिला एक दिन आउने एक दिन नआउने गरिरहेको बत्ती दुई सातादेखि आउनै छाडेपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन् । लकडाउन र बन्दाबन्दीले छ महिनादेखि आम्दानी गुमेको बेला बन्दाबन्दी खुल्दा बत्ती नभएर दोहोरो मारमा परेको उद्योगी व्यापारीको भनाइ छ । करिब तीन हजार ३०० उपभोक्ता दैनिक टुकी र मैनबत्ती बालेर गुजारा चलाइरहेका छन् । मङ्गलबार जुम्लाका उद्योगी व्यापारीले विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’ दिएका छन् । व्यपारीहरूले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई जुम्लामा सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन् । उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष ...
राज्यले मन्त्रीसहित २४ संरक्षणविद् गुमाएको घुन्सा हेलिकप्टर दुर्घटनाको १४ वर्ष पूरा
समाचार, समाज

राज्यले मन्त्रीसहित २४ संरक्षणविद् गुमाएको घुन्सा हेलिकप्टर दुर्घटनाको १४ वर्ष पूरा

नेपाल अखबार,ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । वि.सं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । सरकारले सोही दिनको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालेको हो । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री गोपाल राई, राईकी पत्नी मीना राई, भूगोल तथा योजनाविद् डा हर्क गुरुङ, संरक्षणविद् डा तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त...
आज भारी वर्षा सतर्कता अपनाउन महाशाखाको आग्रह
समाचार, समाज

आज भारी वर्षा सतर्कता अपनाउन महाशाखाको आग्रह

नेपाल अखबार, पाेखरा। हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम तथा उत्तरपश्चिम सर्दैछ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ। बिहीबार प...
पहिराले पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध
समाचार, समाज

पहिराले पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

नेपाल अखबार, बागलुङ। मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए । बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उनले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिए । सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटे...
खोलाले बगाउँदा १७ वर्षीया किशोरीको मृत्यु
समाचार, समाज

खोलाले बगाउँदा १७ वर्षीया किशोरीको मृत्यु

नेपाल अखबार, नवलपुर । यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो । बाख्रा चराएर फर्कने क्रममा देवचुली–१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्वले जनाएको छ । सारुलाई सोमबार दिउँसो खोलाले बगाएपछि स्थानीयवासीले उद्धार गरेर चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पुर्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । सारुको शव आज भरतपुर अस्पतालमा शवपरीक्षणपश्चात् परिवारलाई बुझाइएको खाँणले बताए । रासस...