Monday, August 31

समाज

करेन्ट लागेर वडाध्यक्षको मृत्यु
समाचार, समाज

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

नेपाल अखबार, सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । मंगलवार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो । प्रहरीका अनुसार मंगलवार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते हुनुभएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय तहको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । उहाँ लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको श्रीमती र तीन छोराछोरी रहेका छन् । रासस...
पहाड फुट्न थाल्यो: रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा
समाचार, समाज, हाइलाइट-समाचार

पहाड फुट्न थाल्यो: रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

नेपाल अखबार, पर्वत। निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किनुपर्ने बाध्यता रहेको छ । एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्थानीय एक बालिकाको ज्यानसमेत गएको थियो । पैँतालीस घरधुरी रहेको एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका हुन् । स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै...
गुल्मीमा पहिरोले पुरिँदा २ जना बेपत्ता
समाचार, समाज

गुल्मीमा पहिरोले पुरिँदा २ जना बेपत्ता

नेपाल अखबार, गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिए । बेपत्ताको खोजी कार्य भइरहेको प्रवक्ता डिएसपी पन्तले बताए ।...
अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
समाचार, समाज

अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। आज मंगलबार दिउँसो तथा राति देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाका साथै हावाहुरीसमेत आउने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १ र २ का केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना छ। यसैगरी राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २ र बागमती प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ। यसैगरी प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा वर्षाका साथ हावाहुरीसमेत चल्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। देशभर बाढीकाे खतरा वर्षा बढेसँगै देशभर बाढीको जोखिम पनि बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले ...
लमजुङमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते
समाचार, समाज

लमजुङमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

नेपाल अखबार,लमजुङ । लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक विक ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएका छन् । घाइते भएपछि गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीको भनाइ छ ।    ...
मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम बढ्दै
समाचार, समाज

मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम बढ्दै

नेपाल अखबार, बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा  प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो । मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताए । “मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ”, उनले भने । मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ । मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र  मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उनको छ । मास्कमा धातु ...
ट्यांकीमा डुबेर बालकको मृत्यु
समाचार, समाज

ट्यांकीमा डुबेर बालकको मृत्यु

नेपाल अखबार, भैरहवा। रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्यांकीमा डुबेर मृत्यु भएको छ। जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए। मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्यांकी भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए। घटनाको थप अनुसन्धान भइरहेको समेत उनले बताए।रासस...
  बाग्लुङमाखोलाले वगाएर किशोरी बेपत्ता
समाचार, समाज

  बाग्लुङमाखोलाले वगाएर किशोरी बेपत्ता

नेपाल अखबार, बाग्लुङ ।   बाग्लुङमा खोलाले बगाएर एक किशोरी बेपत्ता भएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ राशिवाङ बस्ने गौडे सुनारको १३ वर्षीया छोरी आशा सुनारको घर नजिकैको खोलाले बगाएर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। प्रहरीका अनुसार जंगलबाट घाँस काटेर फर्कंदै गरेकी उनलाई स्थानीय उत्तरगङ्गा खोलाले बगाएको हो । घटना शुक्रबार अपराहन्नको भएपनि आइतबार मात्र प्रहरीलाई जानकारी प्राप्त हुनासाथ खोजतलासका लागि प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।...
पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला
समाचार, समाज

पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला

नेपाल अखबार, पोखरा ।  पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला परेका छन् । पोखरामा महानगरपालिका वडा नं १० स्थित वेलकम गेट नजिकै चौरमा आइतबार अन्दाजी दिउँसो ३:४० बजेको समयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पोखरामा कवाडी संकलन गर्दै हिंड्ने लमजुङ घर भइ हाल पोखरा ७ प्रगति टोल बस्दै आएका ३६ वर्षीय प्रभु भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । मृतकका श्रीमती र छोरी छन् । उनको मृत्युको विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।...
फेवातालमा फेरि चल्न थाले डुंगा
पर्यटन, समाचार, समाज

फेवातालमा फेरि चल्न थाले डुंगा

नेपाल अखबार, पाेखरा। पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ । लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताए । डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उनले बताए । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उनले बताए ।...