Monday, August 31

समाज

बागलुङमा पहिरोले तीन घर पुर्‍यो, पत्नीको मृत्यु, पति गम्भीर घाइते
समाचार, समाज

बागलुङमा पहिरोले तीन घर पुर्‍यो, पत्नीको मृत्यु, पति गम्भीर घाइते

नेपाल अखबार, बागलुङ।  बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले बताए । आज बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।...
बाढीले बागलुङका ५ झोलुङ्गे पुलमा क्षति
समाचार, समाज, हाइलाइट-समाचार

बाढीले बागलुङका ५ झोलुङ्गे पुलमा क्षति

नेपाल अखबार, गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । घर्तीका अनुसार पुल मर्मत सँभार गर्नका लागि मात्रै रु एक करोडभन्दा बढी खर्च लाग्नेछ । यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो । “अविरल वर्षासँगै आएको बाढीबाट ताराखोलामा ठूलो भौतिक क्षति भएको छ”, अध्यक...
आइतबारको मौसम पूर्वानुमान
समाचार, समाज

आइतबारको मौसम पूर्वानुमान

नेपाल अखबार, पाेखरा। मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल  मनसुनको  न्युन चापीय  रेखा  नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। महाशाखाका अनुसार हाल  देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ । यसैगरी, दिउँसो देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५  एक वा दुई  स्थानहरुमा  भारी  वर्षाको  सम्भावना रहेको छ । यस्तै, राती देशभर  आंशिक देखि सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । यता, प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रद...
सीमा क्षेत्रको बगर संरक्षणमा जुटे स्थानीय
समाचार, समाज

सीमा क्षेत्रको बगर संरक्षणमा जुटे स्थानीय

नेपाल अखबार, कैलाली। कैलालीको टीकापुर–७ स्थित बगरमा परिणत भएको जमीन संरक्षणमा स्थानीय जुटेका छन् । वर्षौदेखि नदी कटान र पटान भएर खेती गर्न नसकिएको जमीनलाई स्थानीयले सामुदायिक वनका रुपमा विकास गर्न थालेका छन् । कैलालीको टीकापुर–७ कालाकुण्डा क्षेत्रमा मोहना नदी कटानले बनाएको बगरमा शुक्रबार वृक्षरोपण गरिएको छ । प्रस्तावित कालाकुण्डा सामुदायिक वनमा उपभोक्ताले चार हजार ५०० बिरुवा रापेका हुन् । बिरुवा रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरले उपलब्ध गराएको हो । प्रस्तावित सामुदायिक वनका अध्यक्ष भिउराज साउदले आयोजनासँग बिरुवा माग गरेर वृक्षरोपण गरेको बताए । ‘‘हामीले जमीन संरक्षणका लागि सामुदायिक वनका रुपमा विकास गर्ने योजना बनायौँ’’, साउदले भने, ‘‘ नदी कटानले हैरान भएका स्थानीय वृक्षारोपण भए नदी कटान न्यूनीकरण हुने आशामा छन् ।’’ स्थानीयले वन बनाउन थालेपछि त्यहाँ सिसम, खयर, बेत, लिप्टिस, ताकी, कोइ...
कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा
समाचार, समाज

कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा

नेपाल अखबार, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए । जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राबिधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो । दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ । चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल...
चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु
समाचार, समाज

चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु

नेपाल अखबार, काठमाडौं ।  नेपाली चलचित्रका सम्पादक अनिल गौतमको मृत्यु भएको छ । गए राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटार निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उनी चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिदा उनको मृत्यु भएको हो । दुर्घटनापछि बानेश्वरको सिभिल अस्पताल पुर्याइएको गौतमको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । चलचित्र बिकाश कम्पनीलगायत बिभिन्न ठाउँमा रहेर  थुप्रै नेपाली चलचित्रको सम्पादन गरेका गौतम पछिल्लो समय पाइम टेलिभिजनसँग आवद्ध रहेका थिए ।...
रोल्पामा पहिरोले पुरेर दुई बालकको मृत्यु
समाचार, समाज

रोल्पामा पहिरोले पुरेर दुई बालकको मृत्यु

नेपाल अखबार, रोल्पा  । गएराति रोल्पाको ऐते गाउँमा पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ । जिल्लाको लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११ बर्षिय छोरा युवराज र ८ बर्षिय अर्का छोरा अमर घर्तिको ज्यान गएको हो । घटनाको पुष्टि गर्दै रोल्पाका प्रहरीले प्रमुख डिएसपी नरेश सुबेदीले तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले  दुई बालकको शव निकालेको जानकारी दिए । बालकहरुसँग सुतेका अन्य दुई जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।...
काठमाण्डौमा कोठा खाली हुन थाले
समाचार, समाज

काठमाण्डौमा कोठा खाली हुन थाले

नेपाल अखबार, काठमाडाैं। केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ । कोठामा बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण ४ महिना लामो लक डाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन । कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन । यही भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टल देखि अधिकांश व्यबसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खाली गराएक...
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

नेपाल अखबार, काठमाडाैं।   नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०।१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ । यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो । यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र कामम...
आजको मौसम पूर्वानुमान
समाचार, समाज

आजको मौसम पूर्वानुमान

नेपाल अखबार, पाेखरा। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज मनसुनको  न्यून चापीय  रेखा  औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। जारी मौसम पूर्वानुमानका अनुसार हाल  देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई  स्थानमा  भारी  वर्षा भईरहेको छ । यसैगरी, महाशाखाले दिउँसो  देशभर  सामान्यतयादेखि पूर्ण बदली रही  केही  स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  भने, प्रदेश १ , प्रदेश २,  बागमती प्रदेश  र गण्डकी प्रदेशका  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ । यस्तै राति,  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको ...