कोरोना नियन्त्रमा तनहुँको व्यास नगरपालिकाको खर्च १ करोड २७ लाख
नेपाल अखबार, दमौली। तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ ।
कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन व्यवस्थापन र उपकरण खरिदसमेतमा गरी रु एक करोड २७ लाख ४३ हजार ४४२ खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नगरपालिकाको कोषमा नगरपालिकाबाट विनियोजित रु ६३ लाख र विभिन्न सङ्घसंस्था, व्यक्तिगत एवं शिक्षक कर्मचारीबाट रु ६७ लाख ७१ हजार ७०८ प्राप्त भएको थियो ।
नगरपालिकाको शुक्रबार बसेको बैठकले आइसोलेसन अस्पताल र क्वारेन्टिन व्यवस्थापनका लागि रु ७० लाख बजेट विविध शीर्षकबाट रकमानान्तर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले आइसोलेसन अस्पताल निर्माणको तयारी थालेको छ । आइसोलेसन ...
