घरआँगनमै घुम्ती सेवा
नेपालअखबार,काठमाडौं । मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा नगर कार्यपालिका कार्यालयको आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरी औषधि दिएपछि ८० वर्षीय परीक्षण महरा अब शरीरको दुखाइ निको हुने विश्वासमा छन् ।
‘कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब (कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरौँ भन्ने सोच्दै थिए)’ मटिहानी–४ बरदाहाको दलित बस्तीका महराले भने, ‘आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल (आज त चिकित्सक आफैँ घरआँगनमै आएर जाँच गरी औषधि दिनुभयो, अब शरीर दुख्ने पीडा कम होला भन्ने विश्वास छ) ।’
सो बस्तीकै ७० वर्षीय नाजिर नदाफले नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गराई औषधि लिए । आफ्नै बस्तीमा पाएको उपचार सेवाले नदाफलाई आपूmलाई पर्दा हेर्ने ठाउँ रहेछन् भन्ने परेको छ ।
मटिहानी...









