बेलायती राजालाई क्यान्सर, सार्वजनिक दायित्वबाट टाढा रहने
नेपालअखबार, काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो ।
राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन।
७५ वर्षीय चार्ल्सलाई सोमबारदिख चिकित्सकको निगरानीमा राखिएको छ। आफ्नो रोग ठीक हुनेमा आफू विश्वस्त रहेको उनले बताएको बकिंघम प्यालेसको विज्ञप्तिमा उल्लेख छ । ‘उहाँ पूर्ण रुपमा ठीक भएर सार्वजनिक जिम्मेवारीमा छिट्टै फर्किनेमा विश्वस्त हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
राजाले आफूलाई क्यान्सर भएकोबारे दुवै सन्तानलाइ खबर गरेका छन् । वेल्सका राजकुमार विलियम र अमेरिकामा रहेका राजकुमार ह्यारीलाई उनले खबर गरेका हुन् । ह्यारी केही दिनमै पितालाई भेट्न आउने तरखरमा रहेको र विलियम पिता चार्ल्ससँग नियमित सम्पर्कमै रहेको बीबीसीले जनाएको छ ।
क्यान्सरको उपचारक...










