Thursday, July 16

स्वास्थ्य

खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर
समाचार, समाज, स्वास्थ्य

खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर

नेपालअखबार, खोटङ । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।  दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट पाँच सय ३० पुरुष र पाँच सय ७२ महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । स्वास्थ्य शिविरबाट स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नशा, छालारोग, नाक, कान, घाँटी, आँखा, दन्तरोग, मिर्गौला रोग, मुटुरोगलगायतका बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष समिर राईले जानकारी दिए । “गाउँपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको हो”, उनले भने, “नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष ...
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो
समाचार, स्वास्थ्य

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको हो । बुधबार  श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको छ । पौडेलको बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेलको चिकित्सकको टोली र परिवारका सदस्य पनि सँगै गएका छन् । राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने छ। लामो समय औषधि सेवन गर्दा पनि छातीको सङ्क्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । सोमबारमात्रै फलोअपका लागि अस्पताल पुगेर घर फर...
आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता
अर्थ, पत्रपत्रिका, समाचार, स्वास्थ्य

आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता

नेपालअखबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ । 'असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ,' उनले भने । उनका अनुसार आइरन चक्की ८५ पैसामा खरिद गर्ने सम्झौता भएको हो । अर्थ मन्त्रालयले फागुनको अन्तिम साता आइरन चक्की खरिदका ल...
थपिए १०४ जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

थपिए १०४ जना कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । नेपालमा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा १६३२ जनामा नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० जना डिस्चार्ज भएका छन्। अहिले देशभर ३७९ जना सक्रिय संक्रमित छन्।...
पर्वत अस्पतालमा जनशक्ति नहुँदा सात भेन्टिलेटर प्रयोगविहीन
समाचार, समाज, स्वास्थ्य

पर्वत अस्पतालमा जनशक्ति नहुँदा सात भेन्टिलेटर प्रयोगविहीन

नेपालअखबार, पर्वत । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन। कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर जनशक्ति अभावका कारण हालसम्म प्रयोगमा आउन नसकेका हुन्। गण्डकी प्रदेश सरकारले दिएको एक करोड ६९ लाखको लगानीमा अस्पतालमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो। यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत भेन्टिलेटर उपलब्ध भएका थिए। तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो। तीन चिकित्सक र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट तालिम लिएका थिए। तर हालसम्म उनीहरूले सीप प्रयोगमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुक्मिणा अधिकारीले बताइन्। पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको पर्वत अस्पताल पुरानोबाट नयाँ संरचनामा सारिएको छ। सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सार...
आठ वर्षपछि तयार भयो रामपुरमा नयाँ अस्पताल भवन
समाचार, स्वास्थ्य

आठ वर्षपछि तयार भयो रामपुरमा नयाँ अस्पताल भवन

नेपालअखबार, रामपुर (पाल्पा) । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ । नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन् । यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतमले बताए । ‘पचास शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडौं, चितवन जानुपर्ने बाध्यता बन्यो’, उनले भने, ‘भवनको संरचना तयार भएको हुदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानु...
स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान
समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

नेपालअखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासंगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो । वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्नका लागि फोक्सो जडान गरिएको मन्त्रालयले जनाएको छ । धेरै देशहरुले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्यांकले विश्वका १३१ देशहरु मध्ये धेरै वायु प्रदुषण हुने देशहरुमा नेपाल १६ औं स्थानमा रहेको देखाएको छ । सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार १०० जनाको मृत्यु भएको र त्यसमध्ये काठमाडौंमा मात्रै ५ हजार ८० जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाल फोक्सोको दीर्घकालीन रोग सीओपीडी बढी हुने देश हो । सीओ...
२४ वटा नमूना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट
समाचार, स्वास्थ्य

२४ वटा नमूना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवी १.१६ देखिएकाले नेपालमा पनि संक्रमण बढिरहेको जानकारी दिएका छन्। संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्। उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका हुन् उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो। सोअनुसार ओमिक्रोन विए १.१ दुइटा, ओमिक्रो...
कोरोना संक्रमणदर बढेको कञ्चनपुरमा बुस्टर डोज खोप लगाउनेको संख्या न्यून
समाचार, स्वास्थ्य

कोरोना संक्रमणदर बढेको कञ्चनपुरमा बुस्टर डोज खोप लगाउनेको संख्या न्यून

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि  ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो। खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए। भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको सङ्ख्या न्यून रहेको उनले बताए। ‘खोप लगाउनेको सङ्ख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन,’ उनले भने, ‘अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको  धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौं।’ अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ। कञ्चनप...
शुक्रबार एकैदिन देखियो १ सय ४२ जनामा कोरोना
समाचार, स्वास्थ्य

शुक्रबार एकैदिन देखियो १ सय ४२ जनामा कोरोना

नेपालअखबार,काठमाडाैं । शुक्रबार एकैदिन एक सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार ७९ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको हो। यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो। गत दुईसातादेखि भारतमा पनि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो। हिजो (बिहीबार) पनि ४२ जना संक्रमित भेटिएका थिए। स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ। साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।...