भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?
नेपाल अखबार, एजेन्सि । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो ।
अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सेप्टेम्बर भारतको लागि कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्याको आधारमा सबैभन्दा खराब महिना रह्यो । सेप्टेम्बर महिनामा भारतमा औसतमा दैनिक ११०० मानिसको मृत्यु भयो ।
केही राज्यहरुमा अझै पनि कोरोनाबाट मृत्यु हुनेको संख्यमा निरन्तर वृद्धि भइरहेको छ । यसले भारतमा अझै पनि कोरोना महामारी बढ्न सक्ने संकेत दिएको केही विशेषज्ञहरुले बताएका छन् ।
सबैभन्दा अगाडि महाराष्ट्र
भारतको सबैभन्दा ठूलो र धनी राज्यमध्येको एक महाराष्ट्रमा सबैभन्दा धेरै १३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । राज्यमा को...
