Sunday, July 12

स्वास्थ्य

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
विश्व, समाचार, स्वास्थ्य

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६ सय जना नयाँ संक्रमित थपिएको जनाएको छ । साथै पछिल्लो २४ घण्टामा १ हजार १ सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४ सय २ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६ सय २८ जना निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार ५ सय ३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा त्त लाख १ हजार ८ सय १ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७ सय ९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३ सय ३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ...
कोरोना संक्रमणबाट थप १० जनाको निधन
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप १० जनाको निधन

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबात थप १० जनाको निधन भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ५ जनासहित देशभरमा थप १० जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन्। मृत्यु हुनेमा काठमाडौँका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा, रुपन्देही र अछामका १÷१ जना रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।...
काठमाडौँ उपत्यकामा एकैदिन ८०९ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा एकैदिन ८०९ जनामा कोरोना पुष्टि

नेपालअखबार ,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टमा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ थप जनामा कोरोना पुष्टि भएको हो। शनिबार उपत्यकामा ७२४ जनामा कोरोना पुष्टि भएको थियो।...
२४ घण्टामा १५७३ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

२४ घण्टामा १५७३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। बितेको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा  १० हजार ६९८ जना रहेका छन्  ।...
शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

नेपाल अखबार, काठमाडाैं। यात्रा गर्नेबित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ। संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र यस अवधिमा कोरोना संक्रमणका कुनै लक्षण देखापरे स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे। तर दुई सातासम्म कोरोना संक्रमणका कुनै लक्षण देखिएन भनेचाहिँ पीसीआर परीक्षण गर्न आवश्यक नहुने उनले बताए। अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरे। लकडाउन खुलेलगत्तै विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यक...
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरमा थप ८ जनाको मृत्यु भएको हो। मृतक ८ जना नै पुरुष रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।...
उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना स.क्रमण पुष्टि भएको हो।...
२४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ। छिल्लो २४ घण्टामा थप १० हजार १९ जनाको पीसीआर परीक्षण गरिउको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेका संख्या ५३ हजार १५ पुगको छ।...
कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जाने डब्ल्यूएचओको चेतावनी
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जाने डब्ल्यूएचओको चेतावनी

नेपाल अखबार, एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए । सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको थियो । त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २० लाखभन्दा धेरै छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ...
झापा कारागारमा कोरोना, कैदीबन्दी त्रसित
समाचार, समाज, स्वास्थ्य

झापा कारागारमा कोरोना, कैदीबन्दी त्रसित

नेपाल अखबार, झापा । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ । गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । उहाँहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ । “कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ”, झापा कारागारका कैदीबन्दीको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले रासससँग भने, “राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेक...