मृत्यु र संक्रमण : विश्वका सबै देशलाई पछि पार्दै भारत, कस्तो छ पछिल्लो अवस्था?
नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वमै सबैभन्दा धेरै मृत्यु भारतमा भएको छ। संक्रमणदर पनि त्यहाँ विश्मै सबैभन्दा उच्च देखिएको छ।
वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका छन्। यस बीचमा त्यहाँ ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा उच्च हो।
पछिल्लो २४ घण्टामा अमेरिकामा नौ सय ८६, ब्राजिलमा आठ सय ५५, मेक्सिकोमा पाँच सय १३, कोलम्बियामा दुई सय ७०, अर्जेन्टिनामा दुई सय ६२, रुसमा एक सय २१, दक्षिण अफ्रिकामा एक सय १५, स्पेनमा एक सय ८४, इरानमा एक सय १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा ४५ हजार भन्दा धेरै, अर्जेन्टिनामा १० हजार भन्दा धेरै, कोलम्बियामा आठ हजार भन्दा ...
