Friday, August 7

स्वास्थ्य

प्रदेश २ मा स्वास्थ्य मन्त्रालयले पठायो २२ जना विशेषज्ञ चिकित्सक
प्रशासन, समाचार, स्वास्थ्य

प्रदेश २ मा स्वास्थ्य मन्त्रालयले पठायो २२ जना विशेषज्ञ चिकित्सक

नेपाल अखबार, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा बिहीबार जाने तयारीमा छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन । सरकारी छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो । उनीहरुले त्यहाँ गएर कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणमा खटिनेछन् । विष्टले भने, ‘कोरोना संक्रमण बढंदै गएको अन्य जिल...
सामान्य अवस्थाका स‌ंक्रमितलाई अस्पतालमा नराख्नु : स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

सामान्य अवस्थाका स‌ंक्रमितलाई अस्पतालमा नराख्नु : स्वास्थ्य मन्त्रालय

नेपाल अखबार, काठमाडाैं। सरकारले देशभरिका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ। कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न पत्राचार गरिएको हो। सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा परीक्षण गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी डिस्चार्ज गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए। १० दिनपछि गरिएको परीक्षण पोजेटिभ आएपनि लक्षण नभएका सामान्य लक्षण मात्रै भएका विरामीलाई थप ४ दिन अस्पतालमा राखेर १४ औं दिन परीक्षण नगरी डिस्चार्ज गर्नुपर्ने उनले बताए। स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले गरेको पत्राचा...
काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना पुष्टि

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३०१ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उपत्यकामा देखिएको यो संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो।...
थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् ।  जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको छ । आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रद...
कोरोना अपडेटः विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु
विश्व, स्वास्थ्य

कोरोना अपडेटः विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् ।  विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् । कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेका १५ मुलुक क्र.सं.    देश        संक्रमित         निको भएका     मृत्यु भएका १    अमेरिका       ५९,५५,७२८    ३२,५४,२८२    १,८२,४०४ २    ब्राजिल          ३६,७४,१७६    १८,४८,३९५    १,१६,६६६ ३    मेक्सिको        ५,६८,६२१      ३,९३,०००      ६१,४५० ४    भारत            ३२,३५,०००    २४,६८,०००    ५९,६३२ ५    बेलायत         ३,२७,०००    ...
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा सोमबार दिउसो थप ५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाका  ४ पुरुष र १ महिला गरी थप ५ जनामा  मंगलबार  दिउसो सक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा मनाङ निस्याङ – १ का ५१ वर्षीय पुरुष र चामे – ४ का ४९ वर्षीय पुरुष, पर्वत फलेवास – ३ का ३५ वर्षीय पुरुष र ७ का २२ वर्षीय पुरुष तथा बागलुङ – ३ की ५४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मनाङमा संक्रमण पुष्टि हुने मध्ये निस्याङका शिक्षक र चामेका स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ पुगेको छ ।...
कोरोनाबाट थप ७ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट थप ७ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ । बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा  गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।...
२८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ । यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१  जना रहेका छन् ।...
उपचारकाे क्रममा कोरोना संक्रमित ५५ वर्षिय पुरुषको मृत्यु
प्रदेश ५, समाचार, स्वास्थ्य

उपचारकाे क्रममा कोरोना संक्रमित ५५ वर्षिय पुरुषको मृत्यु

नेपाल अखबार, बुटवल  ।  रुपन्देहीमा कोरोना संक्रमित एकजना विरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँंपालिकाका–३ का ५५ वर्षिय पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनी एक हप्ताअघि बुटवलमा घर निमार्ण गर्ने क्रममा लडेर घाईते भएका थिए । लडेर गम्भीर घाइते भई युनिभर्सल  मेडिकल कलेजमा उपचार गराइरहेका गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्ने क्रममा उनको पीसीआर परीक्षण गर्दा ४ दिन अघि कोरोना पोजेटिभ देखिएको आफन्तले बताएका छन् । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दबाब दिएकाले उनलाई भीम अस्पतालमा ल्याएर भर्ना गरिएकोमा सोमबार राति मृत्यु भएको अस्पताले हो । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ । बुटवलको देवीनगरमा घर बनाउदै गर्दा दुई तलाबाट लडेर घाईते भएका हुन् । बु...
भारतमा पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु
विश्व, स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् । अहिले भारतमा सात लाख चार हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन् भने २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा पछिल्लो २४ घण्टामा नौ लाख २५ हजार ३८३ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो । स्रोतः एएनआई...