Friday, July 10

मापदण्ड भन्दा बढी धूँवा फाल्ने २५८ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

नेपालअखबार, काठमाडौँ । गत मंसिरदेखि हालसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

Advertisement

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंसिर ७ गतेदेखि अभियानै संचालन गरेर काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको प्रदुषण चेक गर्दै आएको छ ।

Advertisement
Advertisement

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अभियान सुरु भएदेखी हालसम्म ६४५ भन्दा बढी सवारी साधनको प्रदुषण चेक गरेको थियो ।  यो सँगै काठमाडौँको बौद्ध टुसालमा आज गरिएको प्रदुषण चेकिङकै क्रममा ८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

Advertisement

४३ वटा सवारी साधन चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडा माइक्रो बस ४, बस २ र पिकअप २ गरी ८ ओटा सवारी साधन फेला परेका हुन् ।
मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले अभियानै संचालन गरेर प्रदुषण कारबाहीलाई तिब्रता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए  ।