Tuesday, July 28

प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थाले : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान सँगै लोकतन्त्रको सर्भिसिङ र सुद्धिकरणपनि सुरु भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो शुद्धिकरण अभियान यत्तिमा नरोकिई निरन्तर अगाडि बढ्ने उल्लेख गरे ।

Advertisement

उनले भने– ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारवाही सुरु भइसकेको छ । बर्षौदेखिको बिकृतिको यो डङ्गुर सफाई गर्ने यो सुशासनको लडाँईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आशा गरेको छु ।’

Advertisement
Advertisement

उनले पछिल्ला हरेक वर्षदेखि किसानले समयमा मल नपाउने समस्या रहेको बताउँदै यो वर्ष साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आयात सुनिश्चित भएको बताए । यसमा १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा बिक्रि पनि भइसकेको दावी गरे । आगामी आर्थिक वर्षमा समयमै मल ल्याउनका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी गराए । यस्तै नेपालमै रायायनिक मल उत्पादन गर्नका लागि लगानी बोर्डले अध्ययन गर्न थालेको बताए । यस्तै मेलम्ची खानेपानी आयोजना मर्मत संभार गरी १२ महिना नै खानेपानी वितरणको व्यवस्था मिलाइएको बताए ।

Advertisement