डेगुं रोग विरुद्ध नागरिक परोपकार समन्वय संस्था कास्कीको सचेतना अभियान सम्पन्न
शिबराज सुबेदि,पोखरा । कोभिड –१९ को संकट केही कम भइरहेको अबस्थामा नेपालमा फेरी डेंगु रोग फैलिदो क्रममा रहेको छ । नेपालका विभिन्न ठाउमा हाल डेंगु संक्रमण देखियको छ । गण्डकी प्रदेश र कास्किका विभिन्न अस्पताल हरुमा समेत यो रोगका बिरामी हरु देखापर्न थालेपछि
मानबिय क्षेत्रमा उल्लेख्य परोपकारी कार्य गर्दै आएको नागरिक परोपकार समन्वय संस्था , कास्किले यो रोगका विरुद्ध अभियान सन्चालन गरेको छ । असोज १ गते साबिक लेखनाथ का वडाहरुमा पर्ने विभिन्न स्थानहरुमा जनसचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी को अध्यक्षता र कार्यक्रम संयोजक शिबराज सुबेदिको संयोजकत्व मा कार्यक्रम सम्पन्न भयको हो । कार्यक्रममा पोखरा ३० मा रहेको सरुवा रोग तथा संक्रामक अस्पताल , अयुर्बेदिक चिकित्सालय शिशुवा र पोखरा २९ मा रहेको शहरी स्वास्थ केन्द्रका स्वास्थ्यकर्मीहरुले सहजिकरण गरेका थिए । कार्यक्...








