Tuesday, June 2

Author: Kapil Paudel

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित
अर्थ, राजनीति, समाचार

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित

नेपाल अखबार, काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गर्नु भएको सो विधेयक बहुमतले पारित भएको हो । यस अघि श्रावण २९ गते आईतबार गणपूरक संख्या नपुगेकाले प्रतिनिधिसभाबाट सो विधेयक अगाडि बढन सकेको थिएन ।सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तिय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक प्रमाणित हुने वित्तिकै लागू हुने जानकारी समेत दिनु भयो । अव यो विधेयक राष्ट्रियसभामा जानेछ । र, त्यहाँबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रुपमा लागू हुनेछ ।...
जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह
अपराध, प्रशासन, समाचार, समाज

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह

नेपाल अखबार, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई आग्रह गरेको हो ।सूचनामा लेखिएको छ – “कास्की जिल्लामा मिटरब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउन सबैमा सूचित गरिन्छ।”...
इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने
विदेश, समाचार

इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने

नेपाल अखबार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत गोडर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय गएका थिए। उनीहरूबीच दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ। छलफलमा मन्त्री कुँवरलाई राजदूत गोडरले हिजो मात्रै इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका छन्। यसअघि सहायक कामदारको लागि नौ हजार ६९९ जनाले निवेदन दिएकोमा एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्। मन्त्री कुँवरले आगामी दिनमा पनि इजरायले नेपालका कृषि, पर्यटन, उद्योग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न पनि अनुरोध गरे। उनले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको कार्यविधि पारित गरेको जानकारी गराउँदै सहयोग गर्न आग्रह गरे। त्यस्तै, ...
सुन-चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
अर्थ, समाचार

सुन-चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाल अखबार,काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४ सय र तेजावी सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबर छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ८ सय र तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।सोमबार चाँदीको मूल्य तोलामा १ हजार २३५ रुपैयाँ कायम भएको छ । आइतबर चाँदीको मूल्य एक हजार २५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।...
पोखरा ९ नयांवजार स्थित सिद्द टोलमा खानेपानि अभाव
समाचार, समाज

पोखरा ९ नयांवजार स्थित सिद्द टोलमा खानेपानि अभाव

रबि तिम्सिना पोखरा ।विगत १५ दिन देखि पोखरा ९ नयांवजार स्थित सिद्द टोलमा खानेपानि अभाव भएको छ । स्थानिय वासिका अनुसार यस क्षेत्रमा पानि नआउदा दैनिक जनजिवन समेत प्रभावित र कष्टकर बन्दै गएको छ । स्थानिय वासिका अनुसार विगतमा समेत यस स्थानमा पटक पटक खानेपानि समस्या आउने गरेको भएपनि सम्बन्धित निकायले ध्यान नदिदा समस्या बढ्दै गएको छ । पोखरा महानगरका मेयर धनराज आचार्य को गृह वडा समेत रहेको यस क्षेत्र पोखराको मुख्य व्यापारिक केन्द्र भयरपनि पटक पटक खानेपानिको अभाव झेल्नुपरेको भन्दै स्थानियले आक्रोश व्यक्त गरेका छन् ।...
भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै
चलचित्र, मनोरञ्जन, समाचार

भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

नेपाल अखबार,काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए ।सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । यो मुद्दामा सोमबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ । फिल्म निर्देशकहरु पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए ।...
राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

नेपाल अखबार, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा आइपुग्ने छिन् ।पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।...
ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा
धर्म/संस्कृति, शिक्षा, समाचार, समाज, साहित्य \कला

ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा

नेपाल अखबार, काठमाडौं ।गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागी गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू ...
अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार ३७५ ले पाए १० कित्ता
समाचार, समाज, सेयर मार्केट

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार ३७५ ले पाए १० कित्ता

नेपाल अखबार, काठमाडौं ।अभियान लघुवित्त वित्तीय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहिान आईपीओ बाँडफाँट गरेको हो ।लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।...
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते
अपराध, समाचार, समाज, सुरक्षा-अपराध

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

नेपाल अखबार, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ ।...