Wednesday, July 29

नेकपा एस निकट प्रबासी नेपाली एकता मंच बेलातको छैटौ अधिवेशनमा देबेन्द्र श्रेष्ठ अध्यक्षमा चयन

नेपालअखबार, काठमाडाैं। नेकपा एकिकृत समाजवादी निकट प्रबासी नेपाली एकता मंच बेलातको छैटौ अधिवेशन सम्पन्न भएको छ । बेलायतको ह्यारो स्थित नेवा: छे माया पवमा भएको कार्यक्रमना एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी इन्चार्ज/संयोजक  श्रीप्रसाद साहको प्रमुख आथित्यता रहेको थियो  ।  कार्यक्रममाअध्यक्षता  देबेन्द्र श्रेष्ठले गरेका थिए भने  बिशेष अतिथिका रूपमा युरोप समन्वय कमिटी संयोजक तथा प्रवास समन्वय कमिटी सदस्य  उमेशराज मोक्तान र प्रवास समन्वय कमिटी सदस्य कमरेड कृष्ण तिवारी लगायतको उपस्थिति रहेकाे थियाे।

Advertisement

अक्टोवर १३ मा आयोजक कमिटी गठन भएकोमा यो अधिवेशनले  देबेन्द्र श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । नबनिर्बाचित कार्यसमिति  अध्यक्ष  देबेन्द्र श्रेष्ठ , उपाध्यक्ष मोहन गौतम , उपाध्यक्ष गोबिन्द उप्रेती , महासचिव रमेश बटाला ,  सहसचिव एल बि तामांग , आर्थिक विभाग प्रमुख वैभव कसोधन सदस्यहरु दिनेश अधिकारी  जेम्स श्रेष्ठ इलियास अन्सारी १३ सदस्यीय कमिटी गठन गरेको छ ।

Advertisement
Advertisement

साथै उमेशराज मोक्तान शुशिला राई र कृष्ण तिवारी सहित ३ सदस्यीय सल्लाहकार कमटी गठन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद साहले कमिटीका सदस्यहरूलाई सपथ ग्रहण गराउदै  पार्टीको सन्देश र महत्वपूण मन्तब्य राखेका थिए ।  युरोप संयोजक उमेश राज मोक्तान र निवर्तमान अध्यक्ष कृष्ण तिवारी लगायत ले मन्तव्य राखेका थिए ।

Advertisement