Friday, October 31

सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या

नेपालअखबार,सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी  छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् ।

Advertisement

हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।

आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

हाल उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कबिरामले मदिरा सेवन गरेको बुझिएको छ ।