Monday, September 7

Blog

म्याग्दीमा एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री
कृषि, समाचार, समाज

म्याग्दीमा एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री

नेपालअखबार,म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड रुपैयाँ मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिए । ‘चार सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला र एक हजार ८४० हेक्टरमा आलुखेती भएको थियो,’ उनले भने, ‘सुन्तला प्रतिहेक्टर १०.५ र आलु प्रतिहेक्टर १८ मेट्रिक टनका दरले उत्पादन भएको छ ।’ सुन्तलाको सरदर मूल्य प्रतिकिलोग्राम ७५ रुपैयाँ र आलुको ३० रुपैयाँका दरले बिक्री भएको हो । अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान भए पनि वैशाख र जेठ महिनाको असिनाका कारण भएको क्षतिले २० करोड रुपैयाँ मूल्य बराबरको आलु उत्पाद...
भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
विदेश, समाचार, समाज

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

नेपालअखबार, काठमाडाैँ । भारतको विशाखापट्‌टनममा बिहीबार शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु भएको छ।  कुटाइलगत्तै बालक शिक्षिकाकै काखमा ढलेको द‌ृश्य कक्षाकोठाको सीसीटीभीमा कैद भएको छ। शिक्षिकाले थप्पड हान्दा बालक अत्यधिक तर्सिएर हृदयाघात भएको आरोप परिवारका सदस्यले लगाएका छन्। लिटिल गार्डन्स स्कुलको युकेजीमा अध्ययनरत मृतक बालक प्रणय तेजा हुन्। होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउन शिक्षिकाले कपडा फुकाल्न खोजेको र थप्पड हानेको दृश्य सिसीटिभी फुटेजमा देखिएको छ। शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। सामाजिक सञ्जालमा कक्षाकोठाको सिसीटिभी फुटेज सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकमा पहिलेदेखि नै कुनै स्वास्थ्य समस्या...
जय नेपाल पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने
राजनीति, समाचार

जय नेपाल पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने

नेपालअखबार,काठमाडौं । धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संंविधान संशोधनका लागि सरकारले रायसुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यका साथ चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले गौहत्या र गाईको मासुको खपतमा रोक लगाउने गरी राज्य लगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसाथ भदौ महिनामा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने थप निर्णय गरेको छ । जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टी...
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ
अपराध, समाचार, समाज

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

नेपालअखबार, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।...
दाङमा ट्याक्टर र अटो ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते
दुर्घटना, समाचार

दाङमा ट्याक्टर र अटो ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

नेपालअखबार,काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ स्थित बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बुधबार राति ८ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिकाप-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ ।ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
समाचार, समाज, स्वास्थ्य

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

नेपालअखबार,चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी) देखिएको उनले बताए । ढुसीजन्य रोगका नौ प्रतिशत, सिसिआरडी चार प्रतिशत, साल्मोनेलोसिस तीन दशमलव पाँच प्रतिशतमा देखिएको छ । यस्तै, एभिएन ‘इन्फ्लुएन्जा’, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रम...
लन्डनस्थित नेपाली दूतावासमा ३ फिट अग्लो बुद्ध प्रतिमा स्थापना हुँदै
समाचार, समाज

लन्डनस्थित नेपाली दूतावासमा ३ फिट अग्लो बुद्ध प्रतिमा स्थापना हुँदै

नेपालअखबार,लन्डन । लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ अन्तर्गत एनआरएनए एनसीसी युके र बुद्ध फाउन्डेसन युकेको सहकार्यमा लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको हो। नेपालको सांस्कृतिक, आध्यात्मिक तथा पर्यटन सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन अभियानअन्तर्गत आगामी २९ अगस्ट २०२६, शनिबार बिहान ११ बजे नेपाली दूतावास, १२ए केन्सिङ्टन प्यालेस गार्डेन्स, लन्डनमा विशेष समारोह आयोजना गरिनेछ। समारोहमा, सुनौलो रङको आसनस्थ बुद्ध प्रतिमा नेपाली दूतावास परिसरमा स्थापना गरिने एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका कोर्डिनेटर सोमनाथ सापकोटाले जानकारी...
सांसद खड्काद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग
समाचार, समाज

सांसद खड्काद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सांसद खड्काले आफ्नो तीन दिनको पारिश्रमिक दिने पूर्व प्रतिबद्धता अनुसार थप रकम समेत जोडेर जम्मा २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका हुन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा उनले मृतक गणेश नेपालीको परिवारलाई उक्त रकम प्रदान गरेका हुन् केही समयअघि काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाह गरेका थिए । दुःखद घटनापछि सांसद खड्काले उनको पीडित परिवारलाई आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने घोषणा गरेका थिए । सहयोग हस्तान्तरण गर्दै सांसद खड्काले विपतको समयमा सानो भए पन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले यो कदम चालेको बताए ।...
मन्त्रिपरिषद् बैठकका मुख्य ११ निर्णय
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका मुख्य ११ निर्णय

नेपालअखबार,काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने । २. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने । ३. भाद्र ४ र ५ गते भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने । ४. एसियन डिजास्टर प्रिपियरनेस सेन्टर को...
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
पर्यटन, समाचार, समाज

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

नेपालअखबार,बाँके । जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुन्जको प्रचारप्रसार गर्ने निर्णय भएको छ । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुन्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने पनि निर्णय गरिएको छ । कँडेलले पर्यटन प्रवरद्धनका लागि बाँके निकुन्जमा आवश्यक पूर्वाधार निर्माण भएर सफारीका लागि तयारी अवस्थामा रहेक...