लन्डनस्थित नेपाली दूतावासमा ३ फिट अग्लो बुद्ध प्रतिमा स्थापना हुँदै
नेपालअखबार,लन्डन । लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ अन्तर्गत एनआरएनए एनसीसी युके र बुद्ध फाउन्डेसन युकेको सहकार्यमा लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको हो।
नेपालको सांस्कृतिक, आध्यात्मिक तथा पर्यटन सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन अभियानअन्तर्गत आगामी २९ अगस्ट २०२६, शनिबार बिहान ११ बजे नेपाली दूतावास, १२ए केन्सिङ्टन प्यालेस गार्डेन्स, लन्डनमा विशेष समारोह आयोजना गरिनेछ।
समारोहमा, सुनौलो रङको आसनस्थ बुद्ध प्रतिमा नेपाली दूतावास परिसरमा स्थापना गरिने एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका कोर्डिनेटर सोमनाथ सापकोटाले जानकारी...









