Wednesday, July 29

Blog

टिकटकसहित ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध
प्रविधि

टिकटकसहित ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध

नेपाल अखबार, एजेन्सि। टिकटकसहित ५९ स्मार्टफोन एपमा भारतले प्रतिबन्ध लगाएको छ। भारतले प्रतिबन्ध लगाएका र बढी प्रयोग हुने एपहरुमा टिकटकसहित यूसी ब्राउजर तथा सेयर इट एप पनि छन। पुर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपका क्रममा २० भारतीय सैनिकको मृत्युपछि भारतमा चिनियाँ सामानमा प्रतिबन्धको आवाज उठेको थियो। सोही आवाज उठिरहेका बेला सोमबारर भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले यी एप 'भारतको सर्वभौमसत्ता, एकता र सुरक्षाका दृष्टिकोणले हानिकारक' भएका कारण प्रतिबन्ध लगाइएको जनाएको छ। यी एपहरु एन्ड्रोइड तथा आइओएस दुबै प्लेटफर्ममा प्रतिबन्ध हुने मन्त्रालयले जनाएको छ। यी एपहरु भएका मोबाइलमा भने जबसम्म तिनलाई हटाइन्न तबसम्म रहने भएको छ। तर गुगल प्लेस्टोरबाट समेत हटाइने भएकाले एपहरु अपटेड हुने छैनन। प्रतिबन्ध लगाएका एपहरु:...
विश्व स्वास्थ्य संगठन भन्छः कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्व स्वास्थ्य संगठन भन्छः कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ

नेपाल अखबार, एजेन्सि।  विश्वमा कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या डेढ करोड पुग्न लागेकाे छ। जम्मा ६ महिनामा ५ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेकाे छ। काेराेना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भइसकेकाे छ भने विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको छ। तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेकाे चेतावनी दिएको छ। डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् । सोमबार भर्चुअल ब्रिफिङमा उनले भने, ‘हामी चाहन्छौं यो सबै (संकट) चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर कटु सत्यता के हो भने यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’ यसबीच केही देशले कोरोना नियन्त्रणमा प्रगति त गर...
गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
समाज, स्वास्थ्य

गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, गुल्मी । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।...
लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा
समाचार

लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा

नेपाल अखबार, काठमाडौं । लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘हामीले प्रदर्शनभन्दा पनि नियमलाई हेर्ने हो । सार्वजनिक सवारीसाधन चलाउन पाइँदैन, त्यसैले होल्ड गरिएको हो ।’ साँझ ती ट्याक्सीहरुलाई छाडिने उनले बताए । ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए । उनले प्रश्न गरे, ‘निजी सवारीसाधन र एम्बुलेन्समा भाडा लिएर मान्छे चढाउन हुने, हामीले आफ्नो माग पनि राख्न नपाउने ?’ लकडाउनका कारण लाम...
आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए, प्रति किलो तीन सय रुपैयाँ दिने
प्रशासन, समाचार

आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए, प्रति किलो तीन सय रुपैयाँ दिने

नेपाल अखबार, स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो । गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् । उनले अगाडि भनेका छन्, ‘क्षति कम गर्न आगो बाल्ने, धुँवा गराउने, हावाको बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पीकर लगाउने, प्रांकृतिक सिकारीको प्रयोग गर्ने, खरानी तथा धुलीजन्य पदार्थ छर्कने कार्यहरु गरी प्रकोपलाई न्यूनिकरण गर्न गराउनुहुन आँधीखोलावासीमा अनुरोध गर्दछौं ।’  ...
गण्डकीमा थप १७ जनामा कोरोना
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थप १७ जनामा कोरोना

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् । साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ । मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् । जसमध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् । एकजना मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् । ‘अर्का एकजना पनि पुरुष नै हुन् । तर, प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा भूलबस महिला भन्ने आएको छ,’ अधिकृत आचार्यले  भने, ‘विज्ञप्तिमा पोखरा महानगर ठेगाना भनिएको छ । तर, उनी भारतबाट आएका हुन् । ठेगाना खुल्न बाँकी छ ।’ कोरोना पुष्...
मूल्य आकाशिएपछि सुनसान बन्यो सुनचाँदी बजार
अर्थ

मूल्य आकाशिएपछि सुनसान बन्यो सुनचाँदी बजार

नेपाल अखबार, काठमाडौं । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना विक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले बिबाहको सिजनमा पनि अत्यावस्यक गरगहना बाहेकका कुनैपनि गरगहना विक्री नभएको बताएका छन् । सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायीहरु बताउँछन् । सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजार...
३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर
प्रशासन

३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर

नेपाल अखबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । ठाकुरले ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको  अख्तियारले जनाएको छ । साहले सेवामा रहँदा कार्यालयको खातामा जम्मा गर्नुपर्ने राजश्व रकम व्यक्तिगत खातामा जम्मा गरेर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यसैगरी अख्तियारले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडानम्बर ४ मा प्रशासन सहायक पदमा कार्यरत रत्नबहादुर विकले वडा कार्यालयबाट उठाएको रकम कार्यालयको राजश्व खातामा जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिएको छ ।...
भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील
प्रशासन

भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै भौतिक दूरी कायम गर्न पुन अपील गरेको छ । मन्त्रालयले अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले सडकहरुमा हिँडडुल गर्नेहरुको भीड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भीडभाड भएको कुराहरु देखन थालेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको गतिविधि प्रति मन्त्रालयले गम्भिर चिन्ता व्यक्त गर्दै सचेतना अपनाउन र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।...
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
समाचार

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

नेपाल अखबार, दार्चुला।  लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। गोकुलेश्वर–दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो। सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए। सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ। पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ। सडक खुलाउन केही समय लाग्ने भएकोले बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन्। पनेबाँजमा केही वर्षदेखि वर्षाको समयमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ। रासस...