Friday, July 24

Blog

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति
राजनीति, समाचार, हाइलाइट-समाचार

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । शनिबार राति भएको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् । एकताको घोषणा २८ गते बताइएकाे छ । सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहनेछ । पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ । अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने...
गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद
राजनीति, समाचार

गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

काठमाडौं – ललिता निवास प्रकरणमा विशेष अदालत काठमाडाैंले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतमा उपस्थिति हुन १५ दिने म्याद जारी गरेको छ। उनीमाथि सरकारी तथा सार्वजनिक जग्गा हिनामिना गरेको आरोप लगाइएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख ७६ हजार बिगो र आठदेखि १० वर्ष कैदसजाय मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। शुक्रबार अदालतले गच्छदारसहित ७४ जना आरोपितलाई अदालतमा उपस्थिति हुन म्याद जारी गरेको हो। अदालतले पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ।...
तत्काल विद्यालय बन्द नगर्ने सरकारको योजना
शिक्षा, समाचार, हाइलाइट-समाचार

तत्काल विद्यालय बन्द नगर्ने सरकारको योजना

कोरोना (कोभिड–१९) भाइरसको जोखिमका कारण विभिन्न देशले विद्यालयहरु बन्द गरेपनि नेपाल सरकारले भने तत्काल विद्यालय बन्द नगराउने पक्षमा देखिएको छ। यदि बीचमा केही समस्या आइपरे तत्काल नयाँ निर्णय गरी सोहिअनुसार अघि बढ्ने सरकारी तयारी छ। यसैहप्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्यालयहरुलाई चैत्र ५ गतेसम्म वार्षिक अन्तिम परिक्षा सक्न आह्वान गरेको थियो। त्यसैअनुसार अहिले देशभरिका विद्यालयहरुले वार्षिक परिक्षाको तयारी गरिरहेको शिक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए। ‘मन्त्रालयले अहिले विद्यालय बन्द गर्ने भनेको छैन। चैत्र ५ गतेसम्म ९ कक्षासम्मको परिक्षा सक्न भनेर आह्वान गरेका छौं,’ दाहालले भने, ‘चैत्र ६ गतेबाट हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) पनि नियमित हुन्छ। यदि अवस्था परिवर्तन हुँदैगयो भने सरकारले नयाँ निर्णय गर्छ। अहिले बन्द गर्नेबारे केही निर्णय भएको छ...
कोरोनाबाट इटलीमा एकै दिन ४९ जनाको मृत्यु
विदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट इटलीमा एकै दिन ४९ जनाको मृत्यु

काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण २४ घन्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।कोरोनाको प्रकोप सुरु भएयता संक्रमणका कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ)का अनुसार डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् भने तीन हजार बढीको मृत्यु भएको छ । जसमध्ये तीनमा मात्र ८० हजारबढी संक्रमित भएका छन् भने तीन हजार बढीको ज्यान गएको छ ।...
युवा अभियान्ता इराकीले बाँडे १ हजार जनालाई 'माक्स'
प्रदेश २, समाचार, स्वास्थ्य

युवा अभियान्ता इराकीले बाँडे १ हजार जनालाई 'माक्स'

गोरखा । विराटनगरका युवा अभियान्ता चाँद इराकीले एक हजार जनालाई निशुल्क माक्स वितरण गरेका छन् । पछिल्लो समय चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण नेपाली समाज समेत त्रसित छ । हालसम्म नेपालमा सो भाइरसको संक्रमण नदेखिएपनि नेपाली बजारमा माक्सको अभाव र कालोबजारी सुरु भइरहेका बेला इराकीले बिराटनगरका बिभिन्न स्थानमा एक हजार जनालाई निशुल्क माक्स दिएका दिएका हुन् । ‘माक्सको कालोबजारी सुरु भएको छ, एउटा माक्स किन्न मान्छेहरु घण्टौसम्म मेडिकलमा लाइन बस्नुपरेको अवस्था छ’ अभियान्ता इराकीले भने ‘जसलाई कोरोना भाइरसका बारेमा जानकारी छैन, जो माक्स किन्ने पहुँचबाट टाढा छन् त्यस्तालाई मैले एक महिनाको आफ्नो तलवबाट १ हजार प्रति माक्स किनेर बाँडेको हुँ ।’ कार्यक्रममा मोरङका एसपी विश्व अधिकारी, युवा नेता ओसिम आलम लगायतको सहभागिता रहेको थियो । कार्यक्रम बोल्दै उनिहरुले कोरोना भाइरसको नाममा कालोबजार...
टन्सिल भयाे ? यसरी गर्नुहोस घरमै उपचार
विदेश, स्वास्थ्य

टन्सिल भयाे ? यसरी गर्नुहोस घरमै उपचार

चिसो मौसम होस् वा अत्यधिक चिसो खादाँ आजकल धेरै मानिसलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल हुदाँ ज्वरो आउँने, काम गर्ने जाँगर नचल्ने तथा सामान्य दिनचर्यामा नै प्रभावित हुने गर्दछ । टन्सिलाइटिस नामक ग्रन्थीमा हुने संक्रमण, घाउ वा सुन्निएमा हामी त्यसलाई टन्सिल भन्दछौ । यस्तो अवस्थामा खानपिन गर्न वा थुक निल्म मात्र निकै अप्ठेरो हुने गर्दछ । टन्सिलाइटिस यस्तो ग्रन्थी हो, जहाँ सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा हुने गर्दछ । मुखबाट शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया टन्सिलाइटिसले रोक्दछ । तर जब टन्सिलाइटिस नै संक्रमित हुन्छ यसले शरीरमा समस्या निम्त्याउँन गर्दछ । तर, संभव भएसम्म टन्सिलमा औषधी सेवन गर्नु भन्दा प्राकृतिक एवम् घरेलु उपचार गर्नु उत्तम हुन्छ । १. नुनपानीले कुल्ला गर्नेटन्सिल भएमा मनतातो पानीमा नुन हालेर कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । दैनिक ३/४ पटक नून...
बिहेका लागि कन्या छान्दा ख्याल गर्नुहोस यी १० कुरा
विचार

बिहेका लागि कन्या छान्दा ख्याल गर्नुहोस यी १० कुरा

शास्त्रमा मानव जीवनका १६ संस्कार बताइएको छ । तीनै १६ सस्कार मध्ये एक हो, विवाह संस्कार । विवाह मानिसको सबैभन्दा ठुलो निर्णय र कर्म मानिन्छ । त्यसैले मानिस विवाह पश्चात दोश्रो अध्याय शुरु भएको मान्दछन् । शास्त्रमा समेत विवाहलाई अत्यधिक महत्व दिइएको छ । तसर्थ विवाहका सम्बन्धमा शास्त्रमा केहि नियम, नीति र कानून बनाइएको छ । जस अनुसार विवाह गर्ने कन्याका १० बिषयमा जानकारी हुनुपर्ने उल्लेख छ । १. विष्णु पुराण अनुसार कटु र कर्कश वाणी भएका कन्या विवाह गरेर जुन परिवारमा जान्छन् त्यस परिवारमा अशान्ति हुने उल्लेख छ । तसर्थ यस्ता कन्यासंग विवाह गर्नुहुदैन । २. सोहि पुराणमा मीठो र मधुर वचन भएका कन्या परिवारमा आएमा सुख, सौभाग्य र सम्वृद्धि लिएर आउने उल्लेख छ । यस्ता कन्याले पुरुषको जीवन सुखमय बनाउँछन् । ३. जुन घरकी नारी बिना कारण अबेरसम्म सुत्दछिन् त्यस घरमा लक्ष्मीको वास नहुने बताइएको छ । तसर...
सार्वजनिक स्थानमा धूमपान रोक्न स्थानीय तहलाइ सरकाकाे  निर्देशन
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सार्वजनिक स्थानमा धूमपान रोक्न स्थानीय तहलाइ सरकाकाे निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ स्थानीय तहलाई पत्र लेख्दै सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निधेषलाई कार्यान्वयन गराउन निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आग्रहमा देशभरका सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थलाई पूर्ण निधेष गर्न भनिएको छ। मन्त्रालयको निर्देशनअनुसार अब स्थानीय तहहरूले आ–आफ्ना नगरपालिका/गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान निषेध गरिएको र त्यससम्बन्धी कारबाहीको जानकारी दिन अनिवार्य रूपमा होर्डिङ बोर्ड राख्नुपर्नेछ। ‘कानुनले सार्वजनिक स्थानमा धुम्रपान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्न रोक लगाएको छ तर सार्वजनिक स्थलमा सर्वसाधारणलाई निषेधबारे जानकारी हुनेगरी सूचना टाँस नगर...
६ महिनालाई औषधि अभाव हुँदैन : उत्पादक संघ
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

६ महिनालाई औषधि अभाव हुँदैन : उत्पादक संघ

नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो। संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए। उनले भने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो। भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ। भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन।’ संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए। अप्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए। उनले भने, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ। विदेशीले जुनसुकै बेला र...
साउदी राजपरिवारका प्रभावशाली ३ सदस्य पक्राउ
विदेश, समाचार

साउदी राजपरिवारका प्रभावशाली ३ सदस्य पक्राउ

काठमाडौं । साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । शुक्रबार उनीहरूलाई हिरासतमा लिइएको बताइए पनि त्यसको कारणबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए । जुन साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन । आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् । सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएका छन् । तीन राजकुमारलगायत व्यक्ति यसअघि नै उनको यस्तै सोचको शिकार बनिसकेका छन् । प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स त...