छेवेटारमा काँग्रेसको बनभोज
गाेरखा । नेपाली काँग्रेसको बनभोज कार्यक्रम सम्पन्न भएको छ । काँग्रेसको गोरखा नगरपालिका १० वडा समितिको आयोजनामा छेवेटारमा कार्यक्रम भएको हो ।
वडा सभापति हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै सचिव न्यौपानेले वर्तमान सरकार जनताका काममा भन्दा पार्टी विवादमा फसेको बताएका छन् । ‘नेकपा सरकार पार्टीको विवादमा फसेको छ, भ्रष्ट्राचार र कमिसनमा डुबेको छ, जनताको समस्यामा कुनै मतलब छैन’ उनल भने ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ, दिनदिनै हजारौ विदेशी मान्छे विना निर्वाध भित्रिएका छन् तर सरकारले रोकथामका लागि कुनै चासो दिएको छैन ।’
कार्यक्रममा बोल्दै महासमिति सदस्य एवं नगरप्रमुख राजनराज पन्तले बिभिन्न विद्ययकका नाममा सरकारले जनताको स्वतन्त्रता खोस्ने प्रयास गर...
