जनयुद्धका प्रथम शहिद रम्तेलको स्मृतीमा रक्तदान
गोरखा । तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा प्रथम शहिद भएका दिलबहादुर रम्तेलको २५ औं स्मृती दिवशका अवसरमा गोरखामा रक्तदान कार्यक्रम भएको छ ।
अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा सघं गोरखाको संयुक्त आयोजनामा रम्तेलको २५ औं स्मृति दिवशका सन्दर्भमा रक्तदान भएको हो । सदरमुकामको शहिद गेटमा आयोजना गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रम क्षेत्रिय रक्तसंचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा भएको हो ।
अनेरास्ववियु गोरखाका संयोजक संजिव थापा मगरको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा अनेरास्ववियुकी नेत्री पंचा सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, नेकपाका जिल्ला पार्टी कार्यालय सदस्य यादव बस्नेत, अनेरास्ववियु गोरखाका सहसंयोजक सुजन सिंखडा लगाय...
