Friday, July 24

Blog

स्थानीयकै पहलमा बन्दै भूकम्पले भत्काएको मर्कज जामे  मस्जिद
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

स्थानीयकै पहलमा बन्दै भूकम्पले भत्काएको मर्कज जामे मस्जिद

गोरखा । भूकम्पले क्षती पु¥याएको मस्जिद पुर्ननिर्माणमा स्थानीय जुटेका छन् । भीमसेन थापा गाउँपालिका ६ अश्राङको झिंगटेमा रहेको मस्जिद पुर्ननिर्माणका लागि गाउँले आफैले चन्दा संकलन गरेर रकम जुटाएका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले चर्किएको मर्कज जामे मस्जिदको अघिल्लो सालको कार्तिकदेखि पुर्ननिर्माण थालिएको थियो । झण्डै ६० लाख लागत लाग्ने अनुमान गरिएको मस्जिद पुर्ननिर्माणमा स्थानीयले हालसम्म करिब २६ लाख आफैले जुटाएको मस्जिद निर्माण समितिका अध्यक्ष अलि बकस मियाँले बताए । भूकम्पले भत्काएको निर्माणाधिन मर्कज जामे मस्जिद । अश्राङ गोरखा ‘भूकम्पले मस्जिदलाई क्षती पु¥याएपछि भित्र नमाज पढ्न सक्ने अवस्था थिएन, सुरुका ३ बर्षसम्म रकम अभावले भत्काउन पनि सकेनौ’ उनले भने ‘कतैबाट सहयोग आउछ कि भनेर पर्खदा त्यो हाल भएपछि मस्जिद बनाउन आफै कस्सियौ ।’ गाउँकै स्थानीयबाट ८ लाख रकम चन्दा जुटाएर पुर्ननिर...
प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित

हेटौंडा- वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोकसेवा आयोगलाई स्वायत, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको जानकारी दिए । उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावको विधेयकमाथि सैद्धान्तिक पक्षमा सहभागी हुँदै सदस्यले प्रदेशका युवा समुदायलाई उद्यमशीलता, परोपकारी, दक्ष जनशक्ति उत्पादन गर्न...
८० हजार नाघ्यो सुनको भाउ
अर्थ, समाचार, हाइलाइट-समाचार

८० हजार नाघ्यो सुनको भाउ

काठमाण्डौ - सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।  यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।  यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ । ...
ओली र प्रचण्डबीच बालुवाटारमा छलफल
राजनीति, समाचार, हाइलाइट-समाचार

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान झन्डै १ घण्टा छलफल भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार भेटवार्ता सोमबार बिहान करिब १० बजेदेखि ११ बजेसम्म भएको हो। दुई अध्यक्षबीच देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टी सञ्चालनका विषयमा छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।...
सिंहदरबारभित्र आगलागी !
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

सिंहदरबारभित्र आगलागी !

सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भ-याङतर्फको सिरानतलामा आगलागी भएको हो । साँझ ७:२५ बजे सुरु भएको आगलागी ७:५० नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन । घटनास्थाल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले चुरोटको ठुटा फोहोरमा सल्किँदा आगलागी भएको बताए । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन । आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएकाे थियाे ।...
बाइक ¥यालीमा सन्तोषले पाए १ लाख उपहार
अर्थ, प्रदेश ४, समाचार

बाइक ¥यालीमा सन्तोषले पाए १ लाख उपहार

शनिबार र आइतबार गोरखा बजारदेखि बारपाकसम्म आयोजना गरिएको मोटरसाइकल ¥यालीमा सन्तोष श्रेष्ठले एक लाख रुपैया उपहार पाएका छन् । आइतबार जिल्ला सदरमुकाममा आयोजित ¥यालीको समापन कार्यक्रममा गोलाप्रथाबाट सन्तोष प्रथम घोषित भएका हुन् । उनले नगद एक लाख रुपैया जितेका छन् । त्यस्तै प्रबिन श्रेष्ठ र आशकाजी श्रेष्ठ क्रमश दोश्रो र बिजेता घोषित भए । उनिहरुले नगद ७५ हजार र ५० हजार रुपैया पुरस्कार पाएका छन् । त्यस्तै गोला प्रथाबाटै ¥यालीमा सहभागी ५ जनालाई मोबाइल र १० जनालाई हेलमेट उपहार स्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजक गोरखा युथ क्लबका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कार्यक्रम संयोजक रञ्जितकुम...
देशभरका युवा रेडक्रशको भेला गोरखामा (भिडियाे सहित)
समाचार, समाज, हाइलाइट-समाचार

देशभरका युवा रेडक्रशको भेला गोरखामा (भिडियाे सहित)

गाेरखा । देशभरका जुनियर तथा युवा रेडक्रशका पदाधिकारीहरु गोरखामा भेला भएका छन् । ४० औं राष्ट्रिय नेपाल जुनियर/युवा रेडक्रस २ दिने गोष्ठीमा सहभागी हुन देशभरका पदाधिकारीहरु गोरखामा भेला भएका हुन् । गोरखा सदरुमकाम स्थित महेन्द्र ज्योती माध्यामिक विद्यालयमा आयोजना गरिएको गोष्ठीको एक कार्यक्रमका वीच आइतबार गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरे । सो अबसरमा बोल्दै उनले रेडक्रससँग दुःखमा परेका मानिसहरुको असल साथी बन्न सक्नु पर्ने बताए । भूकम्प, बाढि पहिरो जस्ता प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत वितरण लगायतमा रेडक्रसकर्मीहरुले उदाहरणीय काम गरेको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास ब्यक्त गरे । रेडक्रशलाई पछिल्लो समय कुनै समुह ब्यक्तिले स्वार्थको घेरामा पार्ने कोसिस गरेको भन्दै उनले सामाजिक संस्थालाई साझा बनाउनुपर्नेमा उनले जोड दिए । नेपाल रेडक्रस सोसा...
कोरियामा कोरोना संक्रमण बढ्दै
विदेश, समाचार, हाइलाइट-समाचार

कोरियामा कोरोना संक्रमण बढ्दै

दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै आज (सोमबार) बिहानसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ७ सय ६३ पुगेको छ। जसमध्ये ७ जनाको मृत्यु भएको छ।  संक्रमितको यो संख्या कोरोनाभाइरस उद्गमस्थल चीनबाहिरको मुलुकमा सबैभन्दा ठूलो हो। दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाएको छ। राष्ट्रपति मुन जाय-इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’ मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका हुन् ।...
संविधान संशोधनका लागि नेकपाले बनायो नेपालको नेतृत्वमा कार्यदल
राजनीति, समाचार, हाइलाइट-समाचार

संविधान संशोधनका लागि नेकपाले बनायो नेपालको नेतृत्वमा कार्यदल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि कार्यदल बनाएको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य छन्। कार्यदलले राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउनेगरी संविधान संशोधनको तयारी गर्ने बताइएको छ। नेपालको नयाँ संविधानअनुसार राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री हुन नपाउने व्यवस्था छ। यसकाविरुद्ध नेकपाका उपाध्यक्ष वामदेव गौतमले निरन्तर रुपमा आवाज उठाउँदै आएका थिए। राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्न नपाउने भएपछि गत माघमा भएको राष्ट्रियसभाको रिक्त निर्वाचनमा गौतम पार्टीले आग्रह गर्दा पनि उम्मेदवार हुन मानेका थिएनन्।...
बिन्दवासिनी मन्दिर संरक्षणमा जुटे स्थानीय
प्रदेश ४, समाचार, समाज

बिन्दवासिनी मन्दिर संरक्षणमा जुटे स्थानीय

गोरखा नगरपालिका ३ नारेश्वरमा रहेको बिन्दवासिनी मन्दिरको संरक्षणमा स्थानीय जुटेका छन् । धार्मिक हिसाबमा महत्वपूर्ण मानिने सो मन्दिर जिर्ण बनेसंगै संरक्षणका लागि स्थानीयले चासो दिएका हुन् । विन्दवासिनी संरक्षण समुह लगायत बिभिन्न स्थानीय टोल विकास संस्थाहरुको पहलमा शनिबार मन्दिर क्षेत्रको सरसफाई गरिएको छ । सरसफाईलाई आगामी हप्तादेखि नियमित गर्नेे गरी अभियानको सुरुवात गरिएको स्थानीय विमल श्रेष्ठले जानकारी दिए । त्यस्तै मन्दिर परिसरमा रहेको संरचनाहरु समेत जिर्ण बनेकाले पुर्ननिर्माण गरी संरक्षणको योजना बनेको उनको भनाई छ । मन्दिर संरक्षण गरी प्रचारप्रसार गर्न एक उपसमिति समेत निर्माण गरी काम अघि बढाउने तयारी रहेको श्रेष्ठले बताए ।...