Wednesday, July 22

Blog

महाकाली सहकारीको ८ औं साधारणसभा सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

महाकाली सहकारीको ८ औं साधारणसभा सम्पन्न

महाकाली बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका १३ मा रहेको सहकारीमा ३ सय ९० जना महिला शेयर सदस्य रहेका छन् ।सहकारीकी अध्यक्ष मित्रा परियारको अध्यक्षतामा भएको सभामा गोरखा नगरपालिका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाकै अवसरमा सहकारीमा आवद्ध उद्यमशिल ४ जना महिला सम्मानित भएका छन् ।सम्मानित हुनेमा दिलमाया गुरुङ, राधा आले, टिका अधिकारी र तेज कुमारी गुरुङ रहेका छन् ।सभामा उपप्रमुख श्रेष्ठ, वडाध्यक्ष हरी बहादुर खनाल, वडासदस्य पूर्णिमा दराई, रामशाह टोल विकास संस्थाका अध्यक्ष मिन बहादुर गुरुङ लगायते बोलेका थिए ।कार्यक्रममा संस्थाका गतिविधीका बारे सचिव राजकुमारी भण्डारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवित्रा भुजेलले प्रस्तुत गरेका थिए ।...
कसरी बितेकाे थियाे पृथ्वी नारायण शाहको जीवनकाल ?
धर्म/संस्कृति, पर्यटन, विचार

कसरी बितेकाे थियाे पृथ्वी नारायण शाहको जीवनकाल ?

श्री ५ बडामहाराजाधिराज  पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो । वि.सं. १७९९ मा बिस बर्षको उमेरमा पृथ्वी नारायण शाह गोरखाका राजा भएका थिए । पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकालका बाडेर गए । तर पृथ्वी ना...
काँग्रेस नेता थापाले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी
शिक्षा, समाचार, समाज

काँग्रेस नेता थापाले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

नेपाली काग्रेस गोरखाका नेता धिरन थापाले विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा वितरण गरेका छन् । गोरखा क्षेत्र १ का सभापति समेत रहेका थापाले शहिद लखन गाउँपालिकाको मनकामनामा रहेको त्रिवेणी आधारभुत विद्यालयमा अध्ययनरत २४ जना र जलकन्या आधारभुत विद्यालय घैरुङका ३० जना बिद्यार्थीलाइ कपि, कलम सहित आवस्यक शैक्षिक सामाग्री र ट्र¥याक सुट बितरण गरेका हुन ।...
आइतबार सार्वजानिक विदा
Uncategorized, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

आइतबार सार्वजानिक विदा

२९८ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार सार्वजानिक विदा हुने भएको छ । नेपाल एकिकरणका नायकका रुपमा मानिने पृथ्वीनारायण शाहको सम्मान गर्दै गोरखाका पाँच वटा स्थानीय तहले बिदा दिएका हुन । गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले आइतबार बिदा दिएका हुन् ।
गोरखामा अज्ञात समुहले जलाए एनसेलको टावर
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

गोरखामा अज्ञात समुहले जलाए एनसेलको टावर

गोरखाको शहिद लखन गाउँपालिका १ भोगटेनीमा रहेको एनसेल टावरमा गएराती अगजनी भएको छ । गएराती करिब ११ः३० बजे सो स्थानमा रहेको टावरमा अज्ञात समुहले आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘हामीलाई राती साडे ११ बजे अगोलागी भयो भनेर खबर आयो, हामी १२ बजे पुग्दा टावरमा कनेक्सन दिइएको तारहरु जलिरहेको रहेछ’ एसपी ओम प्रसाद अधिकारीले सिभिलखबरसंग भने ‘आगो कसले लगायो भन्ने बारे अनुसन्धान भइरहेको छ ।’...
पृथ्वी जयन्तीमा गोरखामा साइकल ¥याली
खेलकुद, प्रदेश ४, समाचार, समाज

पृथ्वी जयन्तीमा गोरखामा साइकल ¥याली

गोरखा । पृथ्वी जयन्तीका सन्दर्भमा गोरखामा साइकल ¥याली हुने भएको छ । पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्तीका अवसरमा प्याङ्क वाइक नामक संस्थाको आयोजनामा केबलकारदेखि गोरखा बजारसम्म साइकल ¥याली हुन लागेको संयोजक प्रताप न्यौपानेले जानकारी दिए । एकिकरणको झल्को दिन र काठमाण्डौको दरवार स्क्वायरसंग गोरखा दरवार जोड्नका लागि ¥यालीको आयोजना गरिएको संयोजक न्यौपानेले बताए । झण्डै १५ जनाको टोली पुष २७ गतेका दिन साइकलमा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरवार आउने बताइएको छ । साथै सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्नमा समेत ¥यालीले टेवा दिने आयोजकको विश्वास छ । २ जना एक हात नभएका ब्यक्तिहरु समेत ¥यालीमा सहभागी हुने न्यौपानेले जानकारी दिए । ¥यालीमा सहभागी हुन १५ जनाको टोली आजै काठमाण्डौबाट हिडेको समेत उनले बताए ।...
ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार
राजनीति, विचार

ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार

नेपाली काँग्रेसका नेता अब्दुल सत्तारले पछिल्लो समय पार्टीभित्र देखिएको गुट उपगुटले कसैलाई फाइदा नपु¥याउने बताएका छन् । शिर्ष नेताहरु नै गुट–उपगुटमा विभाजित हुनुले कार्यकर्ता र जनतामाझ सकरात्मक सन्देश प्रवाह नभएको टिप्पणी गर्दै नेता सत्तारले यसले पार्टीलाई कमजोर बनाउनेमा चिन्ता ब्यक्त गरे । पार्टीका सभापतिलाई कमजोर बनाएर काँग्रेस बलियो बन्न नसक्ने उनको भनाई छ । ‘अहिले कम्युनिष्ट बहुमतको सरकार छ, यो बेला त काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नु जरुरी छ’ सिभिलखबरसंगको कुराकानीमा उनले भने ‘पार्टीभित्रै आफु–आफुबिच लडेर, गुट बनाएर कसैलाई फाइदा गर्दैन, यसले पार्टीलाई कमजोर बनाउछ ।’ नेपाली काँग्रेसमा एकताको खाँचो रहेको औँल्याउदै सत्तारले पार्टीलाई बलियो बनाउने तर्फ नेताहरु गम्भिर हुनुपर्नेमा जोड दिए । ‘काँग्रेस गुटबन्दीले जकडिएको छ, गुटबन्दीले पार्टीलाई कमजोर बनाउछ, अवको गुटबन्दी...
दुई बर्षको तलबभत्ता समाजिक काममा
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

दुई बर्षको तलबभत्ता समाजिक काममा

मोहसिन अलि मियाँगोरखा । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले हालसम्मको तलब सुविधा समाज सेवामा लगाएको बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै साँसद दवाडीले प्रदेश सभा सदस्य बापत सरकारले दिने तलबमा आफ्नो समेत केहि रकम थप गरी समाज सेवामा खर्च गरेको बताएका हुन् । दुई बर्षमा उनले झण्डै २२ लाख रुपैया समाज सेवामा लगाएको बताए । ‘मैले साँसदको सपथग्रहण गरेकै दिन घोषणा गरेको थिए, मैले पाउने सम्पूर्ण सुविधा आफ्नो निर्वाचन क्षेत्रको विकासमा लगाउछु भनेको थिए’ उनले भने ‘सोही अनुसार मलाई सरकारले दिएको तलबमा मेरो ब्यक्तिगत रकम समेत थपेर बिभिन्न क्षेत्रमा खर्च गरेको छु ।’ उनले बिहिबार पत्रकार सम्मेलन मार्फत दुई बर्षमा खर्च गरेको रकमको विवरण समेत सार्वजानिक गरेका छन् । साँसद निर्वाचित भएपछि अघिल्लो बर्षको पुससम्म उनले सरकारबाट पाएको सुविधा ७ लाख ३० ...
पृथ्वी जयन्तीलाई गोरखामा उत्सवका रुपमा मनाइने
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

पृथ्वी जयन्तीलाई गोरखामा उत्सवका रुपमा मनाइने

मोहसिन अलि मियाँगोरखा । पृथ्वी जयन्तीलाई बिभिन्न कार्यक्रम गरी मनाउन गोरखा नगरपालिकाले तयारी तिब्र बनाएको छ । पहिलो पटक सार्वजानिक विदा गरेको नगरपालिकाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्ती भब्य रुपमा मनाउने गरी तयारी गरेको हो । आगामी पुष २७ गते जन्मजयन्ती परेपनि नगरपालिकाले २६ गतेदेखि नै बिभिन्न कार्यक्रम तय गरेको बताएको छ । ‘हामी इतिहासको सम्मान गर्छौ, प्रचार गर्न चाहान्छौ’ नगरप्रमुख राजनराज पन्तले बुधबार पत्रकार सम्मेलन गर्दै भने ‘सोही अनुरुप पहिलो पटक विदा नै घोषणा गरेर सो दिनलाई उत्सवका रुपमा मनाउने तयारीमा छौ ।’ ऐतिहासिक बिषयहरुको उजार र प्रचार गर्दै पर्यटक भित्राउने दाउमा रहेको नगरपालिकाले २६ गते नेपाल पत्रकार महासंघ गोरखासंगको सहकार्यमा पृथ्वी नारायण शाह र एकिकरण सम्बन्धी प्रवचन र अन्तरकृया समेत आयोजना गरेको छ । कार्यक्रममा इतिहास महासंघका केन्द्रिय महा...
आगोले पोलिएका वृद्धको उपचारमा समस्या
समाचार, समाज, हाइलाइट-समाचार

आगोले पोलिएका वृद्धको उपचारमा समस्या

पुस १५ गते बिहानको साडे १० बजे तिर गुहारगुहार भन्ने आवाज आयो । बारपाक सुलिकोट गाउँपालिका–७ अमलेका मानिसहरु हतारिएर स्थानीय तुला गुरुङको घर तिर दौडिए । छिमेकीहरु पुग्दा गुरुङको जिउमा ह्र्वाह्वाती आगो बलिरहेको थियो । ‘म उहाँकै माथिल्लो घरमा गफ गरेर बसिरहेको थिएँ । एक्कासी गुहार मागेपछि हामी त्यहाँ पुग्यौं’ स्थानीय ज्ञानेन्द्र गुरुङले भने ‘उहाँले लगाउनुभएको ज्याकेट सबै आगोले पोलिसकेको रहेछ हामी सबै भएर आगो निभाऔं, आगो निभाउने क्रममा मेरो पनि दुबै हात जलेको छ ।’ ७५ वर्षका गुरुङको घरमा कोही छैन् । उनले बिवाह समेत नगरेका गुरुङको दाजुभाइ र आफन्त पनि छैनन् । ‘पहिले उहाँलाई गोरखा हस्पिटल लगियो, यहाँ हुँदैन भरतपुर लैजानु भन्नुभयो’ ज्ञानेन्द्रले भने ‘त्यसपछि अहिले ६ दिन भयो सिएमसीमा राखेको छ । मेरो पनि हात पोलिएको हुनाले आफ्नो उपचार गर्दै उहाँको हेरचाह गरिरहेको छु ।’ गुरुङको अहिले पोलिएको छाल...