पाकिस्तानको राजनीतिक नक्सा बदल्ने तयारीमा सेनाप्रमुख असिम मुनिर
नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग्दै पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) को आन्दोलन चर्किरहेका बेला पाकिस्तानमा चारवटा प्रान्तलाई विभाजन गरेर नयाँ प्रान्त बनाउने बहस अघि आएको छ।
प्रशासनिक सुधारको तर्कसहित अघि सारिएको यो प्रस्तावले स्थापित राजनीतिक दलको शक्ति र सेनाको बढ्दो प्रभावबारे प्रश्न उठाएको छ।
पाकिस्तानको राजनीतिमा पछिल्ला केही सातादेखि जेलमा रहेका इमरान खानको रिहाइ माग गर्दै उनको दल पिटिआईले गर्ने प्रदर्शन चर्चाको केन्द्रमा छ।
सरकार र पिटिआईबीच वार्ता असफल भएपछि अक्टोबर ४ मा खानका समर्थक इस्लामाबादतर्फ मार्चमा निस्किए। राजधानी प्रवेश गर्ने सडकमा कन्टेनर राखेर अवरोध खडा गरियो र सुरक्षा व्यवस्था कडा पारियो। यसले राजनीतिक तनावसँगै यातायात र व्यापारमा समेत असर पारेको समाचार आएका छन्।
तर पाकिस्तानको राजनीतिक संकटलाई इमरान खानको रिहाइको माग र सडक प्...










