नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान
नेपालअखबार, काठमाडौँ । बुधबार नेपाल र तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढी हिमनदी (ग्लेसियर) को तल्लो भाग टुटेर सयौँ मिटर तल उपत्यकामा खस्दा आएको हुन सक्ने विज्ञहरूले बताएका छन्। प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिरलाई उद्धृत गर्दै विज्ञहरूले यस्तो आकलन गरेका हुन्।
हिमनदी फुट्नुको यकिन कारण खुल्न सकेको छैन। यद्यपि, नेपाली अधिकारीहरूले बाढी आउनुभन्दा केही मिनेटअघि मात्र त्यस क्षेत्रमा गएको भूकम्पलाई एउटा सम्भावित कारण मानेका छन्।
यस विपद्मा परी हालसम्म १ सय ६५ जनाको शव फेला परिसकेको छ। दुवैतर्फका अधिकारीहरूले मृतकको संख्या अझै धेरै हुन सक्ने आशंका गरेका छन्। नेपाल सरकारका अनुसार बाढीमा परी ८ सयभन्दा बढी बेपत्ता भएका छन्।
रोयटर्सले अध्ययन गरेको प्लानेट ल्याब्सको बाढीअघि र पछिको स्याटेलाइट तस्बिरमा पहिले हरियाली देखिने पहाडहरू अहिले भग्नावशेष र माटोले पुरिएर खैरो बनेको प्रस्ट देखि...









