Sunday, September 6

Blog

सेनाका २ वटा हेलिकप्टर रसुवा उडे
समाचार, समाज

सेनाका २ वटा हेलिकप्टर रसुवा उडे

नेपालअखबार,काठमाडौं । नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् । थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए । साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी रहेको उनले बताए ।...
टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
समाचार, समाज

टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका

नेपालअखबार, काठमाडौँ । रसुवाको सीमावर्ती क्षेत्र टिमुरे हुँदै भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको छ। तिब्बततर्फुहिमताल विस्फोट भएको आशंका जल तथा मौसम विज्ञान विभागले गरेको छ । विभागले नदीको बहाव अचानक बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार आज भदौ १० गते बिहान करिब ९ बजेको समयमा तिब्बततर्फबाट टिमुरे नाका हुँदै ठूलो बाढी नेपाल प्रवेश गरेको हो। यो बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको पराजुलीले बताए । बाढीको वास्तविक कारण पत्ता लगाउन विभागले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको पराजुलीको भनाइ छ। उपग्रह बाट खिचिएका तस्बिरहरू र अन्य प्राविधिक माध्यमबाट हिमताल विस्फोटको पुष्टि गर्ने प्रयास भइरहेको पराजुलीले जानकारी दिए ।...
ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट
समाचार, समाज

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट

नेपालअखबार,ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मंगलबार साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो । उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट हुँदा करिब  १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला द...
सामान्य प्रशासन मन्त्रालयद्वारा ५१ जना नायव सुब्बाको सरुवा
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयद्वारा ५१ जना नायव सुब्बाको सरुवा

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको मंगलबारको निर्णयानुसार ५१ जना नायव सुब्बा तहका कर्मचारीहरूको सरुवा गरिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र स्थानीय तहहरूमा सरुवा गरिएको छ। मन्त्रालयले रिक्त रहेका स्थानहरूमा जनशक्ति व्यवस्थापन गर्न नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको जनाएको छ । यस्तो छ सरुवा सूची :...
आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

नेपालअखबार,काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ । जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मा...
अमेरिकाले ‘आतंकवाद प्रवर्द्धनकर्ता देश’को सूचीबाट सिरियालाई हटायो
राजनीति, विश्व, समाचार

अमेरिकाले ‘आतंकवाद प्रवर्द्धनकर्ता देश’को सूचीबाट सिरियालाई हटायो

नेपालअखबार,काठमाडौं । अमेरिकाले आतंकवाद प्रवर्द्धन गर्ने देशहरूको सूचीबाट सिरियालाई हटाएको छ । ४७ वर्षपछि अमेरिकाले सिरियालाई उक्त सूचीबाट हटाएको घोषणा गरेको छ । अमेरिकी प्रशासनले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाउनुको उद्देश्य त्यहाँ विदेशी लगानीको वातावरण सहज बनाउनु र विश्व अर्थ व्यवस्थामा सिरियालाई फेरि सामेल गर्नु रहेको बताएको छ । आतंकवाद प्रवर्द्धन गर्ने अमेरिकी सूचीमा अझै तीन देश बाँकी छन् । जसमा इरान, उत्तर कोरिया र क्युबा रहेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाएपछि उसलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने बाटो दिने बताएका छन् । उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि अमेरिकाले अब सिरियामा बढी भन्दा बढी लगानी भित्र्याउन मद्दत गर्ने बताएका छन् । ‘यो कदम सिरियामा बढी लगानी ल्याउनेमा मद्दत गर्नेछ ...
घरभित्रै जलेर महिलाको मृत्यु
समाचार, समाज

घरभित्रै जलेर महिलाको मृत्यु

नेपालअखबार,सिरहा । सिरहाको मिर्चैया नगरपालिका-५ को पुरानो बजारस्थित घरमा आगलागी हुँदा एक महिला मृत्यु भएको छ। मृत्यु हुनेमा रञ्जितकुमार महतोकी श्रीमती करिब ३० वर्षीया विभा पूर्वे रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बिहान करिब ११:३५ बजे महतोको दुई तल्ले पक्की घरमा आगलागी भएको थियो। आगलागीबारे स्थानीयले प्रहरीलाई ११:४० बजे खबर गरेका थिए। तत्कालै प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेको कमान्डमा टोली खटिएको थियो। प्रहरीले घरभित्रै उनको शव फेला पारेको हो। आगलागीबाट उनको शरीरको अधिकांश जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक बासुदेव पाठकको कमाण्डको टोली, मिर्चैया सरकारी अस्पतालका चिकित्सक तथा विद्युत् प्राविधिसहितको टोली घटनास्थल पुगेको...
ब्यारेन ट्रम्पको हत्या गर्ने धम्कीबारे जानकार थियो अमेरिकी गुप्तचर सेवा
विश्व, समाचार

ब्यारेन ट्रम्पको हत्या गर्ने धम्कीबारे जानकार थियो अमेरिकी गुप्तचर सेवा

नेपालअखबार,वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारेन ट्रम्पलाई ज्यान मार्ने धम्की दिइएको देखिने इरानी सरकारी प्रसारकको भिडियोबारे अमेरिकी गुप्तचर सेवा (सिक्रेट सर्भिस) जानकार रहेको जनाएको छ । इरानको सरकारी प्रसारकले प्रसारण गरेको उक्त भिडियोबारे सिक्रेट सर्भिसले अनुसन्धान गरिरहेको जनाएको हो । अमेरिकी–इजरायलले फेब्रुअरीको अन्त्यमा सुरु गरेको इरान युद्धको क्रममा इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनका परिवारका कैयौँ सदस्य मारिएपछि कट्टरपन्थी इरानी सञ्चारमाध्यमले राष्ट्रपति ट्रम्प र उनको परिवारलाई लक्षित गर्दै ज्यान मार्ने धम्कीसहितका सामग्री पटक–पटक प्रसारण गर्दै आएका छन् । यसअघि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई समेत धम्की दिइएको थियो । तर, उनका छोरा ब्यारेनलाई सार्वजनिक रूपमा लक्षित गरिएको यो पहिलो घटना हो । ‘अमेरिकी सिक्रेट सर्भिस उ...
बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा
प्रशासन, समाचार

बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

नेपालअखबार, काठमाडौँ। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो। वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले सरकारले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै, मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेको छ।...
प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय
राजनीति, समाचार

प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

नेपालअखबार,काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सञ्जाल ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’को आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका समसामयिक विषयमा अवगत गराउने निर्णय गरेको छ। मंगलबार सम्पन्न फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाएर फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो। प्रधानमन्त्रीसँग हुने भेटघाटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति घोर आपत्ति समेत जनाइने विज्ञप्तिमा उल्लेख छ। यसअघि हालका प्रधानमन्त्री...