Thursday, August 20

अपराध

तुलसीपुरमा ७३  वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुई युवा पक्राउ
अपराध, समाचार, समाज

तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुई युवा पक्राउ

नेपालअखबार, बुटवल । दाङको तुलसीपुरमा ७३  वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २०  वर्षीय रेशम बिकलाई प्रहरीले वृद्ध महिलामाथि बलात्कार गरी रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट  नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए । प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ बर्सिया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् । आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुराएका थिए। त्यसपछि  पालैपालो बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई स...
महिला विश्वकप उद्घाटनअघि न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु
अपराध, विश्व, समाचार

महिला विश्वकप उद्घाटनअघि न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ । अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो । फिफाले घटनाको बाबजुद पनि न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ । समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे बीचको खेल नेपाली समय अनुसार बिहीबार दिउँसो सवा १२ बजे सुरु हुनेछ । न्युजिल्याण्डमा फुटबलको सबैभन्दा ठूलो महोत्सवको माहोल हुने दिन यस घटना भएको हो । नर्वेको टिम बसेको होटल नजिकै उक्त घटना भएको हो । अकल्याण्डका मेयर वायने ब्रोनले फिफा पदाधिकारी र फुटबल टिम सबै सुरक्षित रहेको जनाएको छ । प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त घटनाबाट सर्वसाधारणमा सुरक्ष...
धारिलो हतियार प्रहार गरी रौतहटमा ३६ वर्षीय पुरुषको हत्या
अपराध, समाचार

धारिलो हतियार प्रहार गरी रौतहटमा ३६ वर्षीय पुरुषको हत्या

नेपालअखबार, राैतहट। रौतहटमा धारिलो हतियार प्रहार गर एक पुरुषको हत्या भएको छ। देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको हत्या भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा ओछ्यानमा सुतिरहेको बेला आज बिहान करिब साढे ३ बजे उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेशबहादुर कुँवरले जानकारी दिए। अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए। अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि लगिएको छ। बाँकी कुरा अनुसन्धानपछि खुल्ने इन्सपेक्टर कुँवरले जानकारी दिए।...
नेपालीलाई म्यानमार पुर्‍याएर अवैध काममा लगाउँदै चिनियाँ
अपराध, समाचार

नेपालीलाई म्यानमार पुर्‍याएर अवैध काममा लगाउँदै चिनियाँ

नेपालअखबार, काठमाडाैं। नेपालीलाई म्यानमारमा पुर्‍याएर अवैध काममा लगाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। चीनको गान्सु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ४२ वर्षीय जोनसन भन्ने लियान जुन पक्राउ परेका हुन्। नेपालीहरूलाई आकर्षक रोजगारी दिने भनेर लाओस, थाइल्यान्ड, म्यानमारलगायत देशमा पुर्‍याउने र अवैध अनलाइन स्क्यामिङमा जबरजस्ती काममा लगाउने गरेको भन्ने सूचना तथा गुनासो ब्युरोमा आएको थियो। त्यसैबीच ब्युरोमा असार २६ गते एक जना पीडितले चिनियाँ नागरिकविरूद्ध जाहेरी दिइन्। जो म्यानमारबाट २०७९ भदौ ६ गते फर्किएकी थिइन्। पीडित महिला नेपाल फर्किए पनि प्रहरीमा पुगेकी थिइनन्। तर चिनियाँ नागरिकले ह्वाट्सएपमार्फत् धम्क्याउने, दुर्व्यवहार गर्ने गरेका थिए। ...
विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकन शिक्षिका पक्राउ
अपराध, विदेश, समाचार

विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकन शिक्षिका पक्राउ

नेपालअखबार, न्युयोर्क । अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कुलकी एक विज्ञान शिक्षकको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन । यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ । यी शिक्षकमाथि लगाइएको आरोप सत्य साबित भएको छ । अमेरिकाको यो प्रान्तको कानुन अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर यहाँ यी शिक्षक प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गैर कानुनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ । त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ। डेली स्टारको रिपोर्टका अनुसार २६ बर्सिया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक श...
काँक्रेविहारको जङ्गलमा जरायो मार्ने पाँच जना प्रहरी नियन्त्रणमा
अपराध, प्रशासन, समाचार

काँक्रेविहारको जङ्गलमा जरायो मार्ने पाँच जना प्रहरी नियन्त्रणमा

नेपालअखबार, सुर्खेत । काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।  जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जङ्गल पनि हो ।...
वीरेन्द्रनगर-३ का वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ
अपराध, प्रशासन, समाचार

वीरेन्द्रनगर-३ का वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ

नेपालअखबार,सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर(३ का वडाध्यक्ष विनोदसिंह विष्ट चोरी आरोपमा पक्राउ परेका छन् । उनलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले जानकारी दिए । वडाध्यक्ष सहित तीन जनालाई हामीले नियन्त्रणमा लिएका छौं । उहाँहरुमाथी उपभोक्ता समितीको रकम चोरीको आरोपछ,’ डीएसपी शाहीले भने । प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ । गुरुङ र शाही शनिबार नै पक्राउ परेका थिए । उनीहरुले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकारसमेत गरेका थिए । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ...
इलाममा श्रीमतीको हत्या गरी श्रीमान्‌ले गरे आत्महत्या
अपराध, समाचार, समाज

इलाममा श्रीमतीको हत्या गरी श्रीमान्‌ले गरे आत्महत्या

नेपालअखबार, इलाम । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उनले बताए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका  प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अव...
नवलपरासीमा छोराले गरे आफ्नै आमाको हत्या
अपराध, समाचार

नवलपरासीमा छोराले गरे आफ्नै आमाको हत्या

नेपालअखबार, नवलपरासी। पश्चिम नवलपरासीको सुनवलमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन्। सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले आफ्नै ५० वर्षीया आमा बुद्धिरानी मुसहरको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले मुसहरले सोमबार साँझ टाउकोमा धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको बताए। मुसहर आमाको हत्या गरेपछि घरभित्रै शवलाई छाडेर फरार थिए। उनीहरूको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी रहेको प्रहरीले जनाएको छ। काम गरेर साँझ घर फर्केका मृतकका श्रीमानले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए। अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ। आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रूपमा कुट...
विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी
अपराध, समाचार

विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी

नेपालअखबार,काठमाडाैं। एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन्। प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले  सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर बिहे गरी विदेश लैजान्छु भन्दै रकम ठगी गरेको पाइएको छ। त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान 'पार्सल' पठाएको छु भनी त्यसका लागि विभिन्न शुल्क लाग्ने र यसका लागि रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। 'सुरूमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर ठगी गर्ने ललितपुरकी महिला भएको पहिचान भयो,' उनले...