Tuesday, August 18

अपराध

काठमाडौंबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
अपराध, समाचार

काठमाडौंबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

नेपालअखबार, काठमाडौं । काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।  सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन्। उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए। ‘सुन बरामद भएको छ। उनीहरूले कसरी ल्याए भनेर बोल्न मानेका छैनन्। थप अनुसन्धानको क्रममा खुल्ला,’ उनले भने। प्रहरीले उनीहरूबाट २४ लाख नगद पनि बरामद गरेको छ।  पक्राउ परेका दुई जना प्रेमी-प्रेमिका हुन्। पुरूष थान डेढ महि...
कर्णाली विकास बैंक घोटाला प्रकणमा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ
अपराध, प्रशासन, समाचार

कर्णाली विकास बैंक घोटाला प्रकणमा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ

नेपालअखबार,नेपालगञ्ज  ।  नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ । मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दिए। 'बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,' उनले भने। विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य छन्। मधेस आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए। स्वतन्त्र राजनीतिक समूहबाट उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए। पछि उनी एमाले प्रवेश गरेका थिए। मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउपर्नेको सङ्ख्या तीन पुगेको ...
२३ लाख ठगी र सवा करोडको क्रिप्टो कारोबार आरोपमा २ युवक पक्राउ
अपराध, समाचार, समाज

२३ लाख ठगी र सवा करोडको क्रिप्टो कारोबार आरोपमा २ युवक पक्राउ

नेपालअखबार,काठमाडौं । २३ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको र सवा करोड रुपैयाँ भन्दा बढी क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएका १९ वर्षीय समीर तामाङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरी जल बस्ने १९ वर्षकै क्रिस पोखरेल छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप भएको छ । फेसबुक र टेलिग्रामर्फत समीर तामाङ नामको अकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने भन्दै प्रलोभन देखाएर २३ लाख १५ हजार रुपैयाँ बैंक खातामा हाल्न लगाएर ठगी गरेको आरोप छ ।त्यसैगरी उनीहरुले अवैध क्रिप्टो कारोबारमा १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ कारोबार गरकेो पाइएको प्रहरीले जनाएको छ ।...
धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

नेपालअखबार,धनगढी। कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार साढे चार बजेतिर धनगढी उपमहानगरपालिका–१२ को पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए। उनका अनुसार पेस्तोलमा लाग्ने एक राउन्ड गोली पनि बरामद गरिएको छ ।दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
पेस्तोल र खुकुरीसहित भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

पेस्तोल र खुकुरीसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार,झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक थान पेस्तोल र दुई थान खुकुरीसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, पश्चिम बंगालको सिलिगुडीका ३५ वर्षीय जय प्रकाशकुमार पाठक रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजन लामाको कमान्डमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ना ७० ग ३२३२ नम्बरको कारलाई नियन्त्रणमा लिएर चेक गरेको थियो। चेकिङका क्रममा कारको सिटमुनि लुकाएर राखिएको मेक इन इन्डिया लेखिएको कालो रङको म्याग्जिनसहितको एअर पेस्तोल एक थान, एअर बुलेट पाँच राउन्ड र खुकुरी दुई थान बरामद गरिएको हो।...
पोखरामा एक करोड बढीका अवैध गहनासहित २ जना पक्राउ
अपराध, प्रशासन, समाचार

पोखरामा एक करोड बढीका अवैध गहनासहित २ जना पक्राउ

नेपालअखबार,पोखरा । भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो । भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेका ४९ वर्षीय न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन् । पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा । विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थ...
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या
अपराध, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या

नेपालअखबार,गाजा । इजरायली सेनाले राहत बोकेर आइरहेको ट्रकको पर्खाइमा रहेका २९ जनासहित गाजामा कम्तीमा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार आफ्नो भोको परिवारका लागि खाना पर्खिरहेका नागरिकहरूको समेत इजरायली सेनाले हत्या गरेको जनाएको हो । यो घटना बुधबार मध्य गाजाको नेटजरिम करिडोरको सलाह अल–दिन सडकमा भएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अल जजिराले जानकारी दिएको छ । घटनामा १ सय जनाभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । बुधबार इजरायलले गाजामा हवाई हमला पनि जारी राखेको थियो । दक्षिण गाजाको जेइटोउनमा एक घरमा गरिएको हवाई हमलामा ८ जनाको मृत्यु भएको छ । त्यस्तै, दक्षिणी गाजामा घरबारविहीन भएकाहरू बस्ने अल–मवासी क्याम्पमा गरिएको हवाई हमलामा ८ जनाभन्दा सर्वसाधारणको मृत्यु भएको थियो । उता, मध्य गाजामा रहेको मेघाजी क्याम्पमा गरिएको अर्को आक्रमणमा...
३९ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका ३ फरार प्रतिवादी समातिए
अपराध, समाचार, समाज

३९ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका ३ फरार प्रतिवादी समातिए

नेपालअखबार,काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी समातिएका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ ६५ वर्षीय अर्जुन थापा छन् । बूढानीलकण्ठबाट पक्राउ गरेकी मुना १६ लाख, ठेचोबाट पक्राउ परेका अली ११ लाख र बत्तिसपुतलीबाट पक्राउ परेका थापाविरुद्ध १२ लाख ५० हजार बिगो बराबरको उजुरी परेको थियो । उनीहरूमाथि बैंकिङ कसुुरको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।...
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै
अपराध, समाचार, समाज

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै

नेपालअखबार,बागलुङ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् । यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन् । कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन् । नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८–७९ मा ११४ वटा, आव २०७९–८० मा २३२ वटा, आव २०८०–८१ मा ९३८ र चालु आवको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परेका छन् । नवलपुरमा आर्थिक वर्ष २०७८–७९ मा ३१ वटा, आव २०७९–८० मा ४४ वटा, आव २०८०-८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परका छन् । तनहुँमा आर्थिक वर्ष २०७८र७९ मा १९ वटा, आव २०७९/८० मा ५२ वटा, आव २०८०/८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मस...
तीनकुने घटनामा  प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा
अपराध, प्रशासन, समाचार

तीनकुने घटनामा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

नेपालअखबार,काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो । त्यस्तै, अन्य ३२ जनालाई भने धरौटीमा रिहा  गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले  जानकारी दिए । उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।...