Sunday, May 31

अपराध

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै
अपराध, समाचार, समाज

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै

नेपालअखबार,बागलुङ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् । यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन् । कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन् । नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८–७९ मा ११४ वटा, आव २०७९–८० मा २३२ वटा, आव २०८०–८१ मा ९३८ र चालु आवको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परेका छन् । नवलपुरमा आर्थिक वर्ष २०७८–७९ मा ३१ वटा, आव २०७९–८० मा ४४ वटा, आव २०८०-८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परका छन् । तनहुँमा आर्थिक वर्ष २०७८र७९ मा १९ वटा, आव २०७९/८० मा ५२ वटा, आव २०८०/८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मस...
तीनकुने घटनामा  प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा
अपराध, प्रशासन, समाचार

तीनकुने घटनामा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

नेपालअखबार,काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो । त्यस्तै, अन्य ३२ जनालाई भने धरौटीमा रिहा  गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले  जानकारी दिए । उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।...
थाइल्याण्डबाट १० किलो गाँजा बोकेर आएका २ जना विमानस्थलमा समातिए
अपराध, प्रशासन, समाचार

थाइल्याण्डबाट १० किलो गाँजा बोकेर आएका २ जना विमानस्थलमा समातिए

नेपालअखबार, काठमाडौं । थाइल्याण्डबाट १० किलो ४२० ग्राम लागु औषध गाँजा बोकेर आएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोमसाक पचा र भारतीय नागरिक २९ वर्षीय पेरेरा गिफिन छन् । उनीहरुलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार राति नेपाल एअर लाइन्सको उडानमार्फत उनीहरु काठमाडौं आएका थिए । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पठाइएको छ ।...
एकै परिवारका तीन जनाको हत्या
अपराध, समाचार, समाज

एकै परिवारका तीन जनाको हत्या

नेपालअखबार,बुटवल । रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।...
दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम तीनकुने प्रकरणमा
अपराध, प्रशासन, समाचार

दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम तीनकुने प्रकरणमा

नेपालअखबार,काठमाडौं ।गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए ।प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँँदै मुद्दा दायर गरिएको हो । १५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमान्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प...
हुन्डीको २० लाखसहित एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

हुन्डीको २० लाखसहित एक जना पक्राउ

नेपालअखबार,काठमाडौं । हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेत छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीबाट २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुन्डी कारोबार गर्नका लागि बोकिएको प्रहरीले बताएको छ ।...
चीन लगेर नेपाली युवती बेचेको आरोपमा पक्राउ परेका आशिष कारागार चलान
अपराध, समाचार

चीन लगेर नेपाली युवती बेचेको आरोपमा पक्राउ परेका आशिष कारागार चलान

नेपालअखबार,काठमाडौं । चीनको लिपिङमा रहेको छिरिङ डान्सबारमा लगेर नेपाली युवतीलाई बेचेको आरोपमा पक्राउ परेका एक नेपाली युवक कारागार चलान भएका छन् । कारागार चलान हुनेमा आशिष नेपाली परियार भनिने आशिष नेपाली छन् । उनलाई काठमाडौं जिल्ला अदालतको आइतबारको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले ९ वैशाखमा पक्राउ गरेको थियो ।...
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
अपराध, राजनीति, समाचार

सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना

नेपालअखबार,काठमाडौं ।  स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न प्रतिनिधिसभा सदस्य माया राई विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । भोजपुर घर भएकी राई नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन् । कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले सदस्य र सहसचिव भएर काम गरेकी थिइन् । २०७३ कार्तिक ६ देखि २०७४ मंसिर ४ सम्म उनी सदस्य थिइन् । २०७४ मंसिर ४ देखि २०७६ भदौ २१ सम्म उनले सहसचिव भएर काम गरिन् । उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृत भन्छन्, ‘सदस्य हुँदा ८९ लाख ३४ हजार र सहसचिव हुँदा १ करोड ४२ लाख अपचलन भएको देखिएको छ ।’ राई वैशाख १३ गते बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनबाट पक्राउ परेकी हुन् । उनीविरुद्ध अदालतबा...
२२५ किलो गाँजासहित ४ जना पक्राउ
अपराध, समाचार

२२५ किलो गाँजासहित ४ जना पक्राउ

नेपालअखबार,बारा । बारा आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड गरिएको ट्याक्टरसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल ३ बाँतरा बस्ने वर्ष ३० को नन्दकिशोर मुखिया बिन, गाँजा तस्करहरू हेटौडा नगरपालिका ४  बस्ने वर्ष २१ को कमाण प्रजा, मकवानपुर  कैलास गाउँपालिका ४ देवतिस बस्ने  वर्ष २४ को सिताराम प्रजा ,मकवानपुर बकैया गाउँपालिका ५ छतिवन बस्ने वर्ष २२ को नवराज मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले  बताए। आदर्शकोतवाल  ३ बाँतरा गाउँ छेउ खेतमा  पार्किङ गरी राखेको प्र.२-०३-००१त ४८७६ नं. को ट्याक्टरको ढालामुनि फल्स बटन बनाई  गाँजा लुकाई छिपाई राखिएको छ भन्ने  प्रहरीलाई गोप्य सूचना  प्राप्त भएको थियो। लगत्तै शुक्रवार साँझ इलाका प्रहरी कार्यालय बारागढी  बाट इन्स्पेक्टर कुसुम नायकको कमान्डमा खटिएको...
जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
अपराध, प्रशासन, समाचार

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

नेपालअखबार,काठमाडौँ ।  जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी सप्तरीको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो। उनीविरूद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा पक्राउ पुर्जी जारी भएको हो। ठगी तथा आपराधिक विश्वासघात कसुरमा पार्टीले यादवविरूद्ध मुद्दा दायर गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। यादवले आर्थिक अनियमितता गरेको भन्दै पार्टीले उनलाई निष्काशन समेत गरेको छ। उनलाई ललितपुर ल्याउने तयारी भइरहेको छ। एसएसपी अधिकारीका अनुसार पार्टीका लागि इमाडोलमा भवन किनेको थियो। तर उक्त भवनलाई यादवकै श्रीमतीको नाममा राखिएको थियो। पटकपटक किस्ता पार्टीले नै तिरिसकेको तर उक्त भवन पार्टीलाई नदिई ठगी गरेको भन्दै जाहेरी परेको हो।...