वैदेशिक लगानी प्रोत्साहन गर्न आईपीआरको आवश्यकतामाथि भारतको जोड
नेपालअखबार, काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत–नेपाल अन्तर–सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक सम्पन्न भएको छ । बैठक पुस २७ देखि २८ गतेसम्म काठमाडौँमा बसेको थियो ।
काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गरेका थिए भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए ।
व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्त्वपूर्ण विषयहरूमा व्यापक छलफल गरेको थियो । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका थिए । भारतीय पक्षले वैदेशिक ल...










