कालीमाटी तरकारी बजारमा चिनियाँ अर्बपति ज्याक माको १३ मिनेट
नेपालअखबार, काठमाडौं । निजी भ्रमणमा दुई दिनदेखि काठमाडौंमा रहेका चिनियाँ अर्बपति व्यापारी एवम् उद्यमी ज्याक मा युनले कालीमाटी तरकारी बजारको अवलोकन गरेका छन् ।
बुधबार बिहान १० बजेर ३७ मिनेटमा कालीमाटी बजार परिसर पुगेका ज्याक मा युनले त्यहाँ १३ मिनेट बिताएका थिए । ५ वटा कार र सुरक्षाका केही मोटरसाइकल सहित ज्याक मा युनको टोली कालीमाटी बजारमा १० बजेर ३७ मिनेटमा छिरेको थियो ।
बजार विकास समितिको अगाडि रहेको पार्किङमा केही गाडी रोकिएका थिए भने ज्याकमा सवार कार कृषक होल्डिङ यार्डमा पुगेको थियो । डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङकका साथमा ज्याक मा कालीमाटी पुगेका थिए ।
बजार परिसरमा पुगेका ज्याक मा कारबाट बाहिर भने ननिस्किएको स्रोतले बतायो । ज्याक मा बजारमा किन गएका थिए भन्नेबारे भने स्पष्ट खुलेको छैन । उनले बजारमा रहेका व्यवसायीसँग कुनै कुराका...








