Monday, August 3

अर्थ

उचित मूल्य नपाउँदा गोलभेँडा बारीमै
अर्थ, कृषि, समाचार, समाज

उचित मूल्य नपाउँदा गोलभेँडा बारीमै

नेपालअखबार, उदयपुर। उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहााले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन् । वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ । उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिए । “उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्”, उनले भने, “हामीसँग चिस्यान केन्द्र पनि छैन । भण्डारण गरेर राख्न सक्ने अवस्था छैन ।” कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा ...
केही सहकारीमा देखिएकाे अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरियाे :डा. रेग्मी
अर्थ, समाचार, समाज

केही सहकारीमा देखिएकाे अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरियाे :डा. रेग्मी

नेपालअखबार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन् । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको उनले बताए । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गरे । बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मी भने, ‘गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिने आग्रह गर्दछु । मन्त्रालय नियमन र सहजकर्ताको भूमिकामा रहन तयार छ ।’ आन्तरिक शुसाशनका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन अभियान्ता स्वंयम तयार हुनुपर्ने उनको भनाई छ । ‘बाहिरबाट ...
वार्षिक २० लाखसम्म कमाउँदै गाउँका ‘गौपालक’
अर्थ, कृषि, समाचार

वार्षिक २० लाखसम्म कमाउँदै गाउँका ‘गौपालक’

नेपालअखबार, भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन्। खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ। छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन्। युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ। तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बनेका छन्। विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिएका उनी युवाको उत्प्रेरणाको स्रोत बनेका छन्। करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लागेका उनी यही पेसामा रमाइरहेका छन्। हालसम्म व्यावसायिक गाईपालनका लागि १५ लाख रूपैयाँ बढी लगानी गरिसकेको उनको भनाइ छ। पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उनले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेतीसमेत गर्दै आएका छन्। दाँवाली कृषि तथा प...
तोलामै १७ सयले घट्यो सुनको मूल्य
अर्थ, समाचार

तोलामै १७ सयले घट्यो सुनको मूल्य

नेपालअखबार, काठमाडौं । सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भएरहेको छ । शुक्रबार १४ सय ३५ रुपैयाँमा चाँदी खरिद बिक्रि भएको थियो ।...
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा, ९० प्रतिशत काम सकियो
अर्थ, समाचार

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा, ९० प्रतिशत काम सकियो

नेपालअखबार, पाेखरा। कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो। आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरू भएको थियो। आयोजनाको  सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए। उनका अनुसार ढिलोमा पनि आगामी मंसिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत उत्पादन हुनेछ। स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए। 'जलविद्युतमा २५ मेगावाट सा...
विदेशबाट फर्कदा भन्सार नतिरी के-के ल्याउन पाइन्छ?
अर्थ, समाचार

विदेशबाट फर्कदा भन्सार नतिरी के-के ल्याउन पाइन्छ?

नेपालअखबार, काठमाडाैं। सरकारले नयाँ आर्थिक विधयेकसँगै विदेशबाट आउने यात्रुले भन्सार नतिरी र तिरेर ल्याउन पाउने सूची परिमार्जन गरेको छ।  सुनमा नयाँ व्यवस्था गरिएको छ भने सामाजिक सुरक्षामा आवद्ध भएका र नभएका बिच छुट सुविधामा फरक पारिएको छ। विदेशबाट आउने यात्रुले भन्सार नतिरी ल्याउन पाउने सामानहरू  -लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, -औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, -शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान, -सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया, तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रुपमा ल्याउन पाइने छैन। -ट...
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो: प्रधानमन्त्री प्रचण्ड
अर्थ, राजनीति, समाचार

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो: प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं। भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए। नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। 'जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ,' उनले भने, 'नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो।' महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति ...
भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको घट्यो
अर्थ, समाचार

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको घट्यो

नेपालअखबार, काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर प्राप्त भएको छ । नेपाल आयल निगमलाई बिहीबार बिहान भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ । नयाँ मूल्य पछि उपभोक्ता मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय भने निगम सञ्चालक समितिले गर्न बाँकी छ ।...
विश्व बैंकले नेपाललाई दिने भयो १६ अर्ब ऋण, पौने ३ अर्ब अनुदान
अर्थ, समाचार

विश्व बैंकले नेपाललाई दिने भयो १६ अर्ब ऋण, पौने ३ अर्ब अनुदान

नेपालअखबार, काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम अन्तर्गत शिक्षाका लागि ग्लोबल पार्टनरसीपबाट प्राप्त हुने छ ।सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरे ।...
रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड
अर्थ, कृषि, समाचार

रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड

नेपालअखबार, काठमाडौं । सरकारले रासायनिक मलका लागि  ०८० /८१ मा ३० अर्ब बजेट विनियोजन गरिएको छ । यो बजेट अगिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गर्नु भएको हो । यो कार्यक्रम मार्फत १ सय १६ स्थानमा सिक्दै कमाउँदै कार्यक्रम संचालनमा रहेका छन्।...