केही सहकारीमा देखिएकाे अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरियाे :डा. रेग्मी
नेपालअखबार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन् । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको उनले बताए । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गरे ।
बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मी भने, ‘गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिने आग्रह गर्दछु । मन्त्रालय नियमन र सहजकर्ताको भूमिकामा रहन तयार छ ।’
आन्तरिक शुसाशनका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन अभियान्ता स्वंयम तयार हुनुपर्ने उनको भनाई छ । ‘बाहिरबाट ...










