Saturday, May 30

अर्थ

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर
अर्थ, विश्व, समाचार

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर

नेपाल अखबार, एजेन्सि । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ ।  अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ । बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ्य उत्पादनभन्दा बढी हुनेछ । यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो । त्यसबखत कूल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो । बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कूल घाटाभन्दा तीन गुणा बढी हो । कोरोनाभाइरस महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कूल खर्च ६६ खर्ब डलर पुगेको छ, र यो रकम सन् २०१९ ...
सुनको मूल्य घट्यो
अर्थ, समाचार

सुनको मूल्य घट्यो

नेपाल अखबार, पाेखरा। बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ६३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
हुम्लामा आगलागीबाट ६ घर नष्ट
अर्थ, समाचार, समाज

हुम्लामा आगलागीबाट ६ घर नष्ट

नेपाल अखबार, सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआइजी) बसन्तकुमार पन्तले जानकारी दिए । बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगो आज बिहान २ बजे नियन्त्रणमा आएको छ । अगलागीबाट भएको क्षतिको विवरण एकिन नभएको प्रहरीले जनाएको छ । तीन महिना पुग्ने खाद्यान्न दिन्छौं ः मन्त्री भण्डारी यसैबीच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले हुम्लाका अग्नि पीडितलाई प्रदेश सरकारले तीन महिना पुग्ने खाद्यान्न उपलब्ध गराउने बताएका छन् । ‘अग्नि पीडितहरुलाई तत्काल राहत र उद्धारको खाँ...
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विषालु सर्प पाल्न ७२ करोड अनुदान
अर्थ, समाचार

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विषालु सर्प पाल्न ७२ करोड अनुदान

नेपाल अखबार, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि प्रतिष्ठानले तीन वटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए । सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग...
पेट्रोलको मूल्य वृद्धि
अर्थ, समाचार

पेट्रोलको मूल्य वृद्धि

नेपाल अखबार, पाेखरा। नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य दुई रुपैयाँ बढेको आयल निगमले जनाएको छ । पेट्रोलको मुल्य अब १०७ रुपैँया पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मुल्य भने वृद्धि भएको छैन ।
किसानलाई अलैँचीको चटारो: उत्पादन बढ्यो, भाउ छैन
अर्थ, कृषि, समाचार, हाइलाइट-समाचार

किसानलाई अलैँचीको चटारो: उत्पादन बढ्यो, भाउ छैन

नेपाल अखबार, पाेखरा। बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष  उपयुक्त मौसम भएकाले  अलैँचीमा उल्लेखीय फल देखिएको छ । रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउँछन् । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो । “भार्लाङ जातको अलैँची राम्रो फलेको छ”, आचार्यको भनाइ छ । विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । “टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ । उत्पा...
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
अर्थ, समाचार

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

नेपाल अखबार, खलङ्गा। कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी भएतापनि यहाँका किसानलाई स्याउ बगौंचामा स्याउ टिप्न चटारो परेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रमेराज पाण्डेले बताउछन । उनले भने “यस याममा जुम्ली किसानको उत्पादन स्याउ सुर्खेत नेपालगन्ज र यहाँको स्थानीय बजारमा पुगेर सानो पसलदेखि ठूला पसलसम्म जुम्ली स्याउ भरीभराउ हुन्थ्यो ।” कोभिडले स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा जारीले स्याउ कसरी कहा“ बिक्री गर्न समस्या भएको चन्दननाथ नगरपालिका–८ स्याउ किसान लक्ष्मी देवकाटाले गुनासो गरे । कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार...
बैंकमा आईपीओ भर्नेको भीड, राष्ट्र बैंकले भन्यो-व्यवस्थापन
अर्थ, समाचार

बैंकमा आईपीओ भर्नेको भीड, राष्ट्र बैंकले भन्यो-व्यवस्थापन

नेपाल अखबार,  काठमाडौं । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुमा भीड बढेको भन्दै नेपाल राष्ट्र बैंकले व्यवस्थापन गर्न निर्देशन दिएको छ । आइतबार प्राप्त रिपोर्ट अनुसार बैंकका शाखा कार्यालयहरुमा भीड देखिएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले बैंकले तीन जिल्लामा ४ वटामात्रै शाखा खोल्दा धेरै भीड देखिएको बताए । उनले यो भीड व्यवस्थापनका लागि थप केही शाखाहरु सञ्चालनमा ल्याउन पनि भनिएको जानकारी दिए । यद्यपि, सबै शाखाहरु सञ्चालनमा भने नल्याउन भनिएको उनले बताए । ‘जम्मा ४ वटामात्रै शाखा बैंकले खोलेको रहेछ, थोरै शाखा हुँदा भीड धेरै देखिएकाले थप केही शाखा खोलेर हुन्छ कि कसरी हुन्छ व्यवस्थापन गर्नु भनेका छौं,’ कार्यकारी निर्देशक ढकालले भने । सर्वसाधारणहरु प्रविधिमा अभ्यस्त ...
सुनको भाउ प्रतितोला लाख नाघ्यो
अर्थ, समाचार

सुनको भाउ प्रतितोला लाख नाघ्यो

नेपाल अखबार, पाेखरा। सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई  हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ । मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो ।...
बढ्यो पेट्रोलियम पदार्थको मुल्य
अर्थ, समाचार

बढ्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल अखबार, पोखार । नेपाल आयल निगमले भोलिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ । आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेल सबैमा १-१ रुपैयाँले वृद्धि भएको हो । नयाँ मुल्य अनुसार अब पेट्रोल लिटरको १ सय ५ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेल लिटरको ९१ रुपैयाँ पर्नेछ । इन्डियन आएल कर्पोरेसनले मूल्य बढाएका कारण नेपालमा मुल्यवृद्धि भएको निगनले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मुल्य भने साविककै कायम राखिएको छ ।...