Wednesday, July 29

कृषि

बाँकेमा खेतका फाँट धुलाम्मे, धाजा फाट्न थाले ब्याड
कृषि, समाचार, समाज

बाँकेमा खेतका फाँट धुलाम्मे, धाजा फाट्न थाले ब्याड

नेपालअखबार,बाँके। यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ। असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाए। 'वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था छैन, त्यसैले हामीलाई धेरै गाह्रो छ,' उनले भने। आफ्नो १० कट्ठामात्रै खेत रहेको उल्लेख गर्दै थारुले परिवार पाल्न करिब डेढ बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको बताए। यसपटक पर्याप्त वर्षा नभए धानको उत्पादन घट्दा त्यसको प्रत्यक्ष असर उहाँको परिवारमा पर्ने निश्चित छ । बर्सेनि अधिया धानखेती गरेर करिब १० क्विन्टल धान उत्पादन हुने उनले बताए। 'जति सकिन्छ त्यति नै रोप्ने हो तर अहिलेसम्म वर्षा भएको छैन,' उनले भने। सिक्टा सिँचाइका सुविध...
पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान
कृषि, समाचार, समाज

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

नेपालअखबार, घोडाघोडी । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो । तर यस वर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीकविपरीत बनेको छ । बोरिङको सहायताले रोपाइँ सम्पन्न गरे पनि लामो समयदेखि वर्षा नहुँदा खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । यसले किसानको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ की किसान पार्वती केसी बिहान–बेलुका खेत पुगेर धानको अवस्था हेर्छिन् । समय–समयमा आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गर्नु अहिले उहाँको दैनिकी बनेको छ । ‘रोपाइँ त बोरिङको पानीले गरियो, तर त्यसपछि पानी नै परेन,’ उनले भनिन्, ‘धानका बिरुवा पहेँलिन थालेका छन् । अब केही दिनभित्र पानी परेन भने धेरै क्षति हुन्छ । मेहनत र लगानी सबै खेर जाने चिन्ता छ ।’ उनका अनुसार अहिले बोरिङमा पानी आउँदैन जसका ...
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
कृषि, समाचार, समाज

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

नेपालअखबार,मकवानपुर ।  हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रममा उमहानगरपालिकाले सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवाखेतीमा लगानी विस्तार गरिने जनाएको छ । कृषितर्फ आधुनिक प्रविधि, सिँचाइ विस्तार, उन्नत बीउ तथा समुचित मलको प्रयोगलाई प्राथमिकता दिई उत्पादन, उत्पादकत्व वृद्धि तथा लागतमा न्यूनीकरण गरिने नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । किसान सूचीकरणमार्फत सम्पूर्ण कृषकको तथ्याङ्क सङ्कलन सम्पन्न गरी ‘कृषि तथा पशुजन्य वस्तुको उत्पादन, कृषकको पहिचान’ भन्ने मूल नाराका साथ कृषकको वर्गीकरण गरी कृषक पहिचानसहित परिचयपत्र वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ । जेनजीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आक...
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
कृषि, प्रशासन, समाचार

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

नेपालअखबार, झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ । कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताए। यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ । किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताए । हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका...
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
कृषि, समाचार, समाज

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

नेपालअखबार, नवलपरासी । कावासोती नगरपालिकाले दूध उत्पादन बढाउने लक्ष्यका साथ किसानहरूलाई उत्पादनमा आधारित अनुदान दिने काम गरिरहेको छ। पशु विकास अधिकृत अच्युत आचार्यका भनाइअनुसार चालु आर्थिक वर्षमा यसका लागि रु २८ लाख खर्च भएको छ। नगरपालिकाले प्रतिलिटर दूधमा रु दुईका दरले अनुदान दिने व्यवस्था गरेको छ, जो नगरभित्रका पाँच सहकारीहरूमार्फत बाँडिन्छ। किसानले सहकारीमा बेचेको दूधको परिमाणअनुसार नै अनुदान निर्धारण हुन्छ। यसपालि १५ लाख ४३ हजार ११३ लिटर दूधका लागि अनुदान वितरण भएको आचार्यले जनाएका छन्। उत्पादन अघिल्लो वर्षभन्दा बढी भएकाले अनुदान दर अलिक घटाएर सबै किसानलाई समेट्ने प्रयास गरिएको पनि उनले बताए। जुन पाँच सहकारीमार्फत यो अनुदान वितरण भइरहेको छ ती हुन्: साना किसान कृषि सहकारी संस्था (कावासोती–१४), एकीकृत दुग्ध विकास सहकारी संस्था (कावासोती–८), जनकल्याण कृषि तथा दुग्ध सहकारी (कावासोती–...
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
कृषि, समाचार, समाज

मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु

नेपालअखबार,गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री वितरण गरिएको हो । परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरुले बेसार उद्योग सञ्चालन गरेका हुन् । अहिले बेसारको मूल्य प्रतिकेजी रु ४०० रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिए । सहकारीमा हाल मालिका १, २ र ३ का महिलाहरु आबद्ध छन् । सहकारीले बेसारका साथसाथै स्थानीय उत्पादन आटो, पिठोलगायतका खाद्यान्न पनि बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । हाल परियोजनाले मालिका गाउँपालिकामा कृषि र पशुसम्बन्धी उत्पादन र उत्पादकत्वस...
नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
कृषि, समाचार, समाज

नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

नेपालअखबार, बाँके । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन । गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए । उनका अनुसार, केही वर्षअघिसम्म करिब ३० हेक्टर क्षेत्रफलमा गरिँदै आएको चैते धानखेती अहिले घटेर १८ हेक्टर क्षेत्रफलमा पुगेको छ । बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा किसानले चैते धानखेती गर्दै आएका छन् । सङ्घीय सरकारले चैते धान प्रवर्द्धनका लागि स्थानीय तहमार्फत किसानलाई सहयोग गर्दै आएको छ । सङ्घीय सरकारको चैते धान प्रवर्द्धन योजनाअनुसार अहिले बाँकेको जानकी र खजुरा गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न...
गहुँ उत्पादनमा वृद्धि
कृषि, समाचार, समाज

गहुँ उत्पादनमा वृद्धि

नेपालअखबार,सुदूरपश्चिम । कैलालीमा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार यस वर्ष पनि गत वर्षको जस्तै प्रतिहेक्टर ४.२ मेट्रिक टन उत्पादकत्व रहेको छ । जिल्लाको ३४ हजार ५६५ हेक्टर जग्गामा गहुँखेती गर्ने गरिन्छ । “बढी जग्गामा गहुँखेती गर्ने जिल्ला कैलाली देशकै पहिलो हो, उत्पादकत्वको दृष्टिमा झापा, मोरङ, सुनसरी, रुपन्देहीपछि कैलाली पर्छ”, विष्टले भने, “पछिल्लो दशकमा उन्नत बीउबिजनको प्रयोग, रोगकीरा नियन्त्रण, खेती प्रविधिको विकासलगायतमा भएको सुधारले उत्पादकत्व पनि बढेको छ ।” उत्पादन वृद्धि भइरहेको भए पनि किसानले गहुँको उचित मूल्य पाउन नसकिरहेको गुनासो गरेका छन् । गत वर्ष प्रतिक्विन्टल चार हजारमा गहुँ बेचेकामा यस वर्ष योभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनीहरूको भनाइ छ । हाल गहुँ प्रतिक्विन्टल ब...
आलु उत्पादन वृद्धि हुने आशामा किसान उत्साहित
कृषि, समाचार, समाज

आलु उत्पादन वृद्धि हुने आशामा किसान उत्साहित

नेपालअखबार,रसुवा । चैत महिनामा परेको वर्षाले यहाँका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका छन् । सोमबार परेको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा उत्तरी रसुवाका किसानको छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने बताइएको छ । उत्तरी रसुवाको गतलाङ क्षेत्रमा उल्लेख्य मात्रामा हिमापत भएको स्थानीय किसान मार लामाले बताए । विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यसपटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयको भनाइ छ । हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा छ । यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गरेको हो । गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन छ । यसका कारण यहाँ उत्पादन हुने आलु असारदेखि बजारमा आउने किसानले बताएका छन् । जसले ...
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
कृषि, समाचार, समाज

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

नेपालअखबार, मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ –४ न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको लोमान्थाङ–४ चुमजुङमा रहेको च्याङ्ग्रा खोरमा गत शनिबार राति हिमचितुवाले पशुचौपयामाथि आक्रमण गरेको थियो । एक्याप प्रमुख उमेश पौडेलका अनुसार चितुवाको आक्रमणबाट १० च्याङ्ग्रा र ११ भेडा मरेका हुन् । खोरमा तीन सय १५ वटा भेडाच्याङ्ग्रा रहेका थिए । हिमचितुवाको आक्रमणबाट भेडाच्याङ्ग्रा मरेका सूचनापछि एक्याप लोमान्थाङका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र लोमान्थाङ गाउँपालिकाका पशु प्राविधिकलगायतको टोली आइतबार बिहान घटनास्थलमा पुगेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार...