Tuesday, September 8

कृषि

माछापालकलाई जाल उपहार
कृषि, प्रदेश ४, समाचार, समाज

माछापालकलाई जाल उपहार

गोरखा नगरपालिका–५ बोहोराबेंशीका माछा पालकलाई वडा कार्यालयले जाल वितरण गरेको छ । करिब ६ बर्षअघिदेखि माछा पालन गर्दै आएको बोहोराबेंशी माछापालन समुहलाई वडा कार्यालयको बजेटबाट ३२ मिटर र २५ मिटरका गरी २ थान जाली र पानी तान्ने मोटर दिएको हो । वडाध्यक्ष रामकुमार थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले समुहलाई जाल र मोटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उनले कृषकका माग अनुसार नगरपालिकाले कार्ययोजना निर्माण गरी अघि बढेको जानकारी दिए । ‘हामी कृषकलाई प्रोत्साहन गर्न चाहान्छौ, उहाँहरुको कामको सम्मान गर्छौ’ पन्तले भने ‘काम गरेर आत्मनिर्भर बन्न चाहानेको साथमा नगरपालिका छ अघि बढ्नुस, के आवश्यक छ माग्नुस हामी सकेको सहयाग गर्छौ ।’...
फिनाममा कफी खेती सम्बन्धी तालिम
कृषि, प्रदेश ४, समाचार

फिनाममा कफी खेती सम्बन्धी तालिम

गोरखा नगरपालिका–४ फिनाममा कृषकहरुलाई कफि खेति सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा फिनामका झण्डै ३० जना कृषकहरुलाई एक दिने तालिम दिइएको हो । वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरप्रमख राजनराज पन्तले वडा नम्बर ४ लाई कफीको पकेट क्षेत्रमा रुपमा विकास गर्न चाहेको बताए । ‘यो वडामा कफीको प्रचुर सम्भावना छ भन्ने अध्ययनले देखाएको छ’ उनले भने ‘आर्थिक आय, स्वरोजगारसँगै पर्यटन प्रवद्र्धनमा समेत यसले टेवा पु¥याउँछ भन्ने हाम्रो विश्वास हो ।’ खेती गर्न इच्छुकलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाए । तालिमको सहजीकरण बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले गरेका थिए ।...
दलित समुदायलाई आधुनिक औजार
अर्थ, कृषि, प्रदेश ३, समाज

दलित समुदायलाई आधुनिक औजार

राजेन्द्र कोइराला काठमाण्डौ । टोखा नगरपालिका वडा नं. १ झोर महांकालमा रहेका ११ दलित परिवारलाई आधुनिक औजार वितरण गरिएको छ । दलित लक्षित बर्ग कार्यक्रम अन्तर्गत परम्परागत पेशा प्रबर्धनकालागि टोखा नगरपालिकाले एक लाख पचास हजार रुपैया बराबरको आधुनिक औजार वितरण गरेको हो । स्थानियको माग बमोजिम ११ घरपरिवारलाई सिलाई मेसिन २ थान, इन्टरलक मेसिन १ थान, वाइल्डिङ्ग मेसिन ५ थान, ड्रिल मेसिन १ थान, इलेक्ट्रिक आगो फुक्ने मेसिन २ थान वितरण गरिएको वडा नं.१ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । दलित समुदायको परम्परागत पेशा प्रबर्धन गरि आत्मनिर्भर बनाउने उद्देश्यले औजार बितरण गरिएको वडाध्यक्ष अधिकारीले बताए । सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिदै आगामी दिनमा अन्य जिविकोपार्जन सम्बन्धि कार्यक्रम ल्याई सामाजिक र आर्थिक रुपमा पछाडी पारिएको बर्गको सशक्तिकरण गर्ने योजना रहेको उनको भनाई छ ।...
दरौदी कृषि सहकारीमा संगिता
अर्थ, कृषि, प्रदेश ४, समाचार

दरौदी कृषि सहकारीमा संगिता

दरौंदी कृषि तथा सहकारी संस्थामा संगिता कुमाल अध्यक्षमा चयन भएकी छिन् । गोरखा नगरपालिका १२ मा रहेको संस्थाको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले कुमाललाई अध्यक्षमा सर्वसमत चयन गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा कृष्ण प्रसाद अर्याल, सचिवमा पूण्यकुमारी कुमाल, सहसचिवमा केशरबहादुर विक र कोषाध्यक्षमा सुशिला खनाल चयन भएका छन् । संस्थाका अध्यक्ष हर्कबहादुर कुमालको अध्यक्षतामा भएको अधिवेशनबाट सदस्यहरुमा निर्मलादेवी श्रेष्ठ, मुना कुमाल, राधिका कुमाल, खगुमाया लामिछाने, देव थापा मगर र तिलकुमारी कुमाल चयन भएको संस्थाले जनाएको छ । कार्यक्रमको उद्घाटन गोरखा नगरपालिका १२ का वडाध्यक्ष डिलबहादुर थापाले गरेका हुन् ।...
काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट
कृषि, प्रदेश ३, समाचार, समाज, स्वास्थ्य

काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट

गोरखा । काठमाण्डौमा आन्दोलनरत उखु किसानहरुलाई नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाँईले न्यानो ज्याकेट वितरण गरेका छन् । चिनी मिलले पैसा नदिएपछि दुई हप्ताअघि सरकार गुहार्न काठमाडौं आएका उखु किसानहरु जाडोमा कठ्यांग्रिएको समाचारहरु बाहिरीएपछि नेता बजगाँईले आन्दोलन भइरहेकै स्थान माइतीघर पुगेर ज्यकेट प्रदान गरेका हुन् । पछिल्लो समय दिनप्रतिदिन चिसो बढ्दै गएपछि उनिहरु काँप्दै आन्दोलन गरिरहेका छन् । जिउमा एकसरो लुगा लगाएर राजधानी छिरेका किसानहरुको माग २ हप्ता बित्दा समेत सम्बोधन हुन सकेको छैन । शुक्रबार काँग्रेस नेता बजगाँईले माइतीघर पुगेर उनिहरुको आन्दोलनमा समेत ऐकेवद्धता जनाएको बताएका छन् । ‘उखुको पैसा नपाएर काठमाण्डौं आएका किसान चिसोले मर्न नपरोस भनेर मैले ५० जनालाई न्यानो डाउन ज्याकेट दिएको हुँ’ सिभिलखबरसंग कुरा गर्दै नेता बजगाँईले भने ‘दुई हप्ता भइसक्यो किसानको आवाजलाई सरकारले सुने...