म्याग्दी अकबरे खुर्सानीको व्यावसायिक खेती
नेपालअखबार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलो पटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए ।
‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ’, उनले भने, ‘बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ।’
भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर रु एक लाख ७५ हजार आम्दानी गरेको बताए ।
‘बेनीका तरकारी पसलमा होलसेल...










