खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक
नेपालअखबार, मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानी भएको जिल्ला हुँदा पछिल्लो समयमा गाउँ गाउँमा सडक सञ्जाल जोडिएपछि मुगुका कृषकहरू खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् ।
उत्पादन गरेका ठुला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरू मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईबाट पोस्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम पाएपछि खेर जाने स्याउबाट विभिन्न प्रकारका बस्तुहरू बनाउन थालेका हुन् ।
लामो समयदेखि स्याउ खेती गरी राम्रो ठुला दाना भएको स्याउ बगैँचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरू केही बगैँचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई,भैँसीलाई खुवाएर खेर जाने गरेको स्थानीय जस बहादुर बुढाले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेर...










