Saturday, July 11

कृषि

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
कृषि, समाचार, समाज

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

नेपालअखबार,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए। विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए । “चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्”, उनले भने, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।” दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित...
गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पालाई छानियोस् : सांसद घर्ती
कृषि, राजनीति, समाचार

गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पालाई छानियोस् : सांसद घर्ती

नेपालअखबार,काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पा जिल्लालाई छान्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । ‘म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु– गाँजा खेतीको लागि उपयुक्त हावापानी र भूगोलको हिसाबले रोल्पा एकदमै उपयोगी जिल्ला हो । यसकारण गाँजा खेतीको पाइलट प्रोजेक्टको रूपमा रोल्पा जिल्लालाई छानियोस्,’ उनले भनिन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीलाई वैधानिकता दिनेबारे कानुन बनाउने उल्लेख छ । चालु आर्थिक वर्षको बजेटमा पनि यो विषय आएको थियो ।...
धान नबिकेपछि झापाका किसान चिन्तित
कृषि, समाचार, समाज

धान नबिकेपछि झापाका किसान चिन्तित

नेपालअखबार, बनियानी (झापा) । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका-२ का किसान दुर्गाप्रसाद थापाले बताए । ‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ’, उनले भने, ‘किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।’ खेतमा धान पाकेर अलपत्र परेको उनले बताए । धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताए । किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा उनको जोड छ । गरिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल-३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष २५० मन धान उत्पादन हुने अ...
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
अर्थ, कृषि, समाचार, समाज, हाइलाइट-समाचार

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

नेपालअखबार, भोजपुर । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले बताए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उहाँले जानकारी दिनुभयो । स्थानीय बजारमा मह प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुने उनको भनाइ छ । “मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ”, उनले भने, “मौरीबाट थोरै मेहनतमा राम्...
धनुषामा आँपको उत्पादन २३ हजार मेट्रिक टन हाराहारी
कृषि, समाचार, समाज

धनुषामा आँपको उत्पादन २३ हजार मेट्रिक टन हाराहारी

नेपालअखबार, जनकपुरधाम । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पादन गत वर्षको तुलनामा अधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ । जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा गरिएको आँप खेतीबाट चालु आर्थिक वर्षमा २३ हजार १०० मेट्रिक टन आँप उत्पादन भएको एक तथ्याङ्कले जनाएको छ । विभिन्न प्रजातिका रु २३ करोड १० लाख मूल्य बराबरको आँप उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार यस जिल्लामा चार हजार हेक्टर जमिनमा आँपको रूख रहेकामा दुई हजार तीन सय हेक्टर जमिनमा उपरोक्त परिमाणमा आँप उत्पादन भएको जनाइएको छ । गत आर्थिक वर्षमा पनि किसानले सोही अनुपातमा आँपको खेती गरेको थियो । एक वर्ष आँप फल्ने र अर्को वर्ष आँप नफल्ने प्राकृतिक कारणले गत वर्ष आँपको उत्पादन अत्यन्त कम भएको थियो । त्यस कारण आँपको उत्पादन कम हुँदा ...
दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो
कृषि, समाचार, समाज

दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

नेपालअखबार, चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दुध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको  भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दुध उत्पादन हुँदै...
२४ वर्षदेखि मुढेघारमा मौरीपालन गरिरहेका किसान् भन्छन्- आधुनिक तरिका जान्न पाए राम्रो हुन्थ्यो
कृषि, समाचार, समाज

२४ वर्षदेखि मुढेघारमा मौरीपालन गरिरहेका किसान् भन्छन्- आधुनिक तरिका जान्न पाए राम्रो हुन्थ्यो

नेपालअखबार, काठमाडौँ। प्रशस्त वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त मानिन्छ। यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन्। आधुनिक मौरीपालनका बारेमा जानकारी नहुँदा किसानहरू परम्परागत रुपमा मौरीपालन गरिरहेका छन्। टेम्केमैयुङ–५ मझौलेका दिपक विष्ट विगत २४ वर्षदेखि परम्परागत रुपमा मौरीपालन गरिरहेका छन्। मुढेघारमा उनका २० घारमौरी छन्। आधुनिक प्रविधिका विषयमा जानकारी नहुँदा बाउ बाजेबाट सिकेको सीपलाई अवलम्बन गरेर मौरीपालन गरिरहेको उनले बताए। आवश्यक तालिम तथा आधुनिक सीपको अभाव हुँदामा परम्परागत मौरीपालनमा समस्या हुने गरेको उनको भनाइ छ। ‘विगत २४ वर्षदेखि मौरीपालन गरिरहेको छु। स्वदेशमा स्वरोजगार बन्ने  लक्ष्यले यो व्यवसायमा लागेको हुँ,’ विष्टले भने, ‘आधुनिक प्रविधिबाट पालन गर्नसके अझ राम्रो हुन्थ्यो। राज्यको कुनै प...
कास्कीका किसानलाई अनुदानमा ट्रयाक्टर वितरण
कृषि, समाचार, समाज

कास्कीका किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

नेपालअखबार,गण्डकी । कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो । एउटा ट्रयाक्टरको मूल्य रु ५६ हजार परेको जसमा किसानले रु २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिनुभयो । सहकारीमार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँ र लिपेयानीका किसानलाई पाँचवटा ट्रयाक्टर वितरण गरिएको थियो । “सहकारीले उत्पादन जोड दिँदै आएको छ”, अध्यक्ष बरालले भने । खाद्य उत्पादन, मौसमी तथा बेमौसमी त...
दुई कठ्ठा जमिनमा गरेका छन् धनियाँ खेती, कमाउँछन् वर्षको ८ लाख रूपैयाँ
कृषि, समाचार, समाज

दुई कठ्ठा जमिनमा गरेका छन् धनियाँ खेती, कमाउँछन् वर्षको ८ लाख रूपैयाँ

नेपालअखबार,दाङ । खेतका गह्राभरी हरियो धनियाँ छ। एउटा गह्रामा धनियाँ उखेलेर साना साना मुठा पार्दै थिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन्। धनियाँको माग बाह्रै महिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको उनले बताए। अमितका बुबा आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँ खेती गर्थे। आम्दानी राम्रो भएपछि आफूले पनि त्यसैलाई निरन्तरता दिएको उनी बताउँछन्। दुई कठ्ठा खेतमा चार किलो धनियाको बीउ दुई हजार चार सयमा खरिद गरी खेती गरेको उनले बताए। त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए। बाह्रै महिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए। उनका अनुसार सिजनमा पाँच रूपैयाँका मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० रूपैयाँ प्रतिमुठाका दरमा बिक्री हुन्छ। धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न...
हामी अत्यन्त खुशी छौ
कृषि, विचार, समाचार

हामी अत्यन्त खुशी छौ

नेपाल रिटर्ननी एशोसिएन सफलता उन्मुख अगाडि बढिरहेको छ धन्यवाद छ सरकारलाई हामीले उठाएको केही मुद्दाहरु। आगामी बजेटमा सम्बोधन गरेकोमा । हाम्रो  अभियान जारी छ विश्वास छ हाम्रै पहालम यो देशमा कृषिमा निर्भर हुँदै देश समृद्धिमा लान सक्नेछौं भन्ने थप आत्मविश्वास र ऊर्जाका साथ अगाडि बढी रहने छौ । सरकारले बजेटमा सम्बोधन गरेका बुँदाहरू: १३७. वैदेशिक रोजगारीमा गएका श्रमिकका आश्रित परिवारलाई कल्याणकारी कोषबाट प्रदान हुने लाभको दायरा विस्तार गरिनेछ । यससम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइनेछ । १३८. वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजी मार्फत उद्यमशीलता प्रवर्द्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइनेछ । वैदेशिक १३१ रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधा...