Monday, August 3

कृषि

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य  लिम्बू
कृषि, समाचार, समाज

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

नेपालअखबार, इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् । दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । उनले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गरेका छन् । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आएका छन् । चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गरेका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उनको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादनसमेत दिन था...
कृषि बिमालाई  प्रभाबकारी बनाउने कार्यक्रम बनाऔंस् प्रमुख पौडेल
कृषि, समाचार

कृषि बिमालाई प्रभाबकारी बनाउने कार्यक्रम बनाऔंस् प्रमुख पौडेल

नेपालअखबार, पोखरा।   जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   नेपाल सरकारले २०६९ सालबाट कृषि बिमा कार्यक्रम संचालन गरे पनि आम कृषकहरू  पूर्ण लाभान्वित हुन नसकेको भन्दै  कृषी बिमाको प्रभाबकारिता वृद्धि  गर्न   आग्रह गरें । कमजोर सुचना प्रणालीका कारण बिमा सम्बन्धमा कतिपय  आम कृषक जानकार नरहेको तर्फ इङ्गित गर्दै प्रमुख पौडेलले क्षतिपूर्तिका लागि दाबी प्रक्रिया  झन्झटिलो, महँगो र बिलम्ब हुने गरेको जनगुनासो रहेको भन्दै बिमाका भुक्तानीका  प्रक्रिया समय सापेक्ष परिमार्जन र परिष्कृत गर्नु पर्ने उल्लेख गरें । प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “  कृषि बिमा   कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको   शनिबार  उद्घाटन गर्दै बताए । पौडेलले  सरलिकृत बिमा पहुच योग्य बनाउन सके कृषिको जोखिम न्यूनीकरण भएर कृषकहर...
मौरी चराउन चितवनका चिउरी पाखामा किसान
कृषि, समाचार, समाज

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

नेपालअखबार,चितवन । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्। यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्। चिउरीको बोटमा फूल खेल्न सुरु भएको छ। रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन्। ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ,’ उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ।’ उनले मौसमले साथ दियो भने दुई पटकसम्म मह काढ्ने बताए। चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए। ‘विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ,’ उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ।’ उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए। चरन क्षेत्रमा पनि जंगली जनावरले दुःख दिने उनक...
कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौ:  प्रमुख पौडेल
कृषि, प्रशासन, समाचार

कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौ: प्रमुख पौडेल

नेपालअखबार, पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा  लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यस विशेषमा  ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने  उल्लेख गरें । प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको   शुक्रबार उद्घाटन गर्दै बताएका हुन् । पौडेलले  सरलिकृत अनुदान रकम  बितरण प्रक्रिया  सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने र  समृद्धिका नारा निरर्थक हुने जिकिर गरें । उनले  श्रम र बजारल...
उखुको मूल्य निर्धारणप्रति किसान असहमत
कृषि, समाचार, समाज

उखुको मूल्य निर्धारणप्रति किसान असहमत

नेपालअखबार, सर्लाही। सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन्। उनीहरूले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन्। सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाा बढाएको छ। हाल उखुको मूल्य प्रतिक्विन्टलपाँच सय ६५ रुपैयाँ निर्धारण गरिएको छ। चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल सात सय ५० रुपैयाँ कायम गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए...
कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व!
कृषि, समाचार, समाज

कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व!

इस्तखार अंसारी । कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व जति ब्याख्य गरेपनि कम छैन । काठका दाउरा बालेर आएको वस्तुलाई खरानी भानिन्छ । यसमा क्षारीय गुण हुने भएकोले विभिन्न कीराहरू भगाउनका लागि प्रयोग गर्न सकिन्छ । माटोमा खरानी मिसाउनाले माटोको पानी बोक्ने क्षमता पनि बढ्न जान्छ र बालीबिरुवालाई राम्रो हुन्छ | खरानीमा १५% क्याल्सियम र २.६% पोटासियम हुने हुनालेटुप्पो कुहिने, फल फुटने समस्या कम गर्नाका साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ । प्रयोग विधि ५ के .जी. खरानीप्रतिक्विन्टल अनाजमा मिसाएर राखेमा अनाजलाई घुन लाग्नबाट बचाउन सकिन्छ । • सफा खरानी बिहान बोटबिरुवामा छार्नालेलाही कीरा, काँक्रो, फर्सीको खपटे, पात खन्ने कीराको प्रकोप हराउँछ। • त्यस्तै खरानी माटोमा छार्नालेमाटोमा बस्ने चिप्ले तथा शङ् खेकीराको प्रकोप कम हुन्छ । • २ भाग खरानीमा १ भाग चिउरीको पिना मिसाई त्यसमा १५...
ट्राइकोडर्मा : एक फाइदाजनक ढुसी
कृषि, समाचार, समाज

ट्राइकोडर्मा : एक फाइदाजनक ढुसी

इस्तखार अंसारी । ट्राइकोडर्मा  एक फाइदाजनक ढुसी  हाे  । छाेटकरीमा कुरा गर्दा ट्राइकोडर्मा एक प्रकारको ढुसी हो । यसले माटाेमा रहेर बोटबबरुवाको फेद  जराहरू कुहाउने विभिन्न  प्रकािका ढुसीहरू (जस्तै, राईजोक्टननया,स्कोलोरिसियम, पाइथियम, अल्टिनेरिया, फाइटोफथारा, फयुजारियम, स्क्लेराेसियम आदि) नियन्त्रण  गर्नका लागि प्रयाेग गर्न  सकिन्छ । यसले बोट बिरुवाको  वृद्धिविकासमा  सहयोग पुग्नाका  लागि प्रयाेग गर्न सकिन्छ जस्ता  सूक्ष्र् तत्त्वहरूलाई घुलनशील बनाई बिरुवाले सजिलै लिन सक्ने बनाउनमा  पूर्हत्त्वपूर्ण  निवार्ह गर्दछ । ट्राइकोडर्माकाे  प्रयोगविधि : १.बीउ–उपचार: बीउलाई पानीमा  भिजाउनेर सफा पानीलेधाेएर पानी तैराइसके पछि प्रति   के .जी बीउमा ४ ग्रामका दरले ट्राइकोडर्मा  पाउडर  माेलेर  ४-६ घण्टा छायाँमा सुकाई प्रयोग गर्न सकिन्छ, कम्पोस्ट वा गोबिरमलकाे उपचार : २५ के .जी. मलमा १ के .जी ट्राइ...
सङ्खुवासभामा ४० किलो अलैंचीको मूल्य ७० हजार
अर्थ, कृषि, समाचार, समाज

सङ्खुवासभामा ४० किलो अलैंचीको मूल्य ७० हजार

नेपालअखबार,  किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन स...
गोलभेंडामा लाग्ने पछौटे डढुवा रोग र यसको समाधान
कृषि, समाचार, समाज

गोलभेंडामा लाग्ने पछौटे डढुवा रोग र यसको समाधान

इस्तखार अंसारी । पछौटे डढुवा रोग गोलभेंडा, आलु, खुर्सानी, भाण्टा आदी बालीमा लाग्ने गर्दछ। यो रोगको कारक फाइटोप्थोरा इन्फेस्टेन्स नामक परजीव हो ।यो रोग युरोप तिर आलुमा आक्रमण गर्दा सन् १८४५–१८४९ सम्म भोकमरि भएको थियो जहाँ आलु मुख्य खाद्य वस्तु थियो जसले गर्दा २ मिलिएन मानिसहरु मरे र धेरै खान नपाएर अपाङ्ग र रोगी भए र धेरैले खान नपाएर दक्षिण अमेरिका तिर ब बसाईसराई नै गरे ।  रोगको लक्षण सुरु –सुरुमा तल्लो पातका किनारमा भिजेको जस्तो दाग देखा पर्छन् । जुन हल्का हरियो रंगको हुन्छ र केही दिन भित्रै यि दागहरु खैरो वा हल्का कालो रंगमा बद्लिएर जान्छन् । बिहान पख वा वादल लागेको अवस्थामा पातको तल्लो सतहमा हेरियो भने कपासका त्यान्द्रा जस्ता मसिना भुवादार ढुसीहरु आखाले सजिलै देख्न सकिन्छ । मौसम अनुकुल हुदै गएमा ढुसीको व्यापक बृद्धि हुदै जान्छ , जस्ले गर्दा डाँठहरुमा र फलमा आक्रमण गरी खैरो वा ...
‘सुन्तलाका रूखले बिजुलीको तार छुन थाले, कसरी टिप्ने?’
कृषि, समाचार, समाज

‘सुन्तलाका रूखले बिजुलीको तार छुन थाले, कसरी टिप्ने?’

नेपालअखबार, म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन्। दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन्। ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन्। ९ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नांगो तारले हाँगा छुन थालेको छ। बगैँचाभित्र पस्न विद्युत्को करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन्। ‘सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ,’ दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष पाइजाले भने, ‘तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन्। रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र ...